प्रस, वीरगंज, ११ साउन/
मारवाडी सेवा ट्रस्ट राणीसती अतिथि सदनले आज एक कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा रक्तसञ्चार केन्द्रलाई एक थान फ्रिज हस्तरान्तरण गरेको छ ।
मारवाडी सेवा ट्रस्ट एक सामाजिक संस्थाको रूपमा स्थापित भएकोले विभिन्न सामाजिक क्षेत्रलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष हीरालाल केडियाले बताए ।
फ्रिज हस्तान्तरण कार्यक्रममा केडियाले प्राप्त जानकारीको आधारमा आवश्यकता भएको क्षेत्रको विकासका लागि सहयोग गर्ने गरेको बताए ।
संस्थाका उपाध्यक्ष बाबूलाल अग्रवालले यस संस्थाले शिक्षा स्वास्थ्य लगायत धार्मिक कार्यक्रम गर्दै आएको बताए ।
सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस संस्थाले आवश्यक परेको बेला सामाजिक क्षेत्रमा अझै पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
संस्थाले उपलब्ध गराएको एक थान फ्रिजबाट रक्तसञ्चार केन्द्रलाई निकै सहगोग पुग्ने नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष फुलमहम्मद मियाँले बताए । रक्तदान कार्यक्रममा धेरै मात्रामा रक्रदान हुँदा रगत राख्न समस्या भइरहेको बेला नेपाल रेडक्रस सोसाइटीले फ्रिजको लागि सहयोग मागेको अध्यक्ष मियाँले बताए । सहयोग दिएकोमा मियाँले मारवाडी सेवा ट्रस्टप्रति आभार प्रकट गरेका थिए ।