प्रश्न: ससाना झैगडा विवादमा प्राय सार्वजनिक अपराधको मुद्दा चलाएको
सुनिन्छ । वास्तवमा सार्वजनिक अपराध भनेको के हो ? कस्तो कार्य गरेमा
सार्वजनिक अपराध अन्तर्गतको मुद्दा खेप्नुपर्छ र सार्वजनिक अपराध मुद्दाको
सुनवाई कुन निकायमा हुन्छ ?
–श्रीकान्त
उत्तर: केही सार्वजनिक (अपराध नियन्त्रण)ऐन,२०२७ले सार्वजनिक अपराधको परिभाषा गरेको छ । सो कानुन अनुसार कुटपिट वा हुलहुज्जत गरी वा अरू कुनै किसिमबाट राष्ट्रसेवकलाई ओहदाको कर्तव्यपालन गर्न बाधा पुर्याउने, सार्वजनिक स्थानमा हुल हुज्जत वा कुटपिट गरी शान्ति भ· गर्ने, सार्वजनिक स्थलमा अश्लील बोली वचन, इशारा प्रयोग गरी शान्ति भ· गर्ने सार्वजनिक स्वास्थ्य वा स्वास्थ्य विज्ञानको लागिबाहेक अश्लील भाषा वा अश्लील भाव आउने शब्द वा चित्रद्वारा अश्लील कुरा छाप्ने वा प्रकाशन गर्ने, प्रदर्शन वा बिक्री वितरण गर्ने, हुलाक सञ्चार, यातायात, विद्युत् र यस्तै सामाजिक सेवा सञ्चालनमा अनुचित बाधा पुर्याउने, सरकारी वा गैरसरकारी कार्यालय वा कसैको घर–जग्गाभित्र हुलहुज्जत गरी अनधिकृत प्रवेश गर्ने वा बस्ने, सार्वजनिक वा निजी सम्पत्तिमा हुलहुज्जत ढु·ामुढा गरी क्षति पुर्याउने, सार्वजनिक स्थानमा महिलावर्गलाई हातपात गरी बेइज्जत गर्ने, सार्वजनिक स्थानमा जथाभावी व्यवहार गर्ने, कसैलाई हैरानी वा सताउने हेतुले कहीं बसिरहेको अवस्थामा वा बाटोघाटोमा हिंडिरहेको वा कुनै सवारीबाट गइरहेको अवस्थामा कुनै प्रकारले बाधा, विरोध वा छेकथुन घेराउ गर्ने, वा हुलहुज्जत, हातपात, कुटपिट, बिजाइँ, उपद्रयाइँ गर्ने वा त्यस्तो व्यक्तिको साथमा भएको कुनै सम्पत्ति खोसिलिने वा नोक्सान गर्ने वा सवारी साधनमा नोक्सान पुर्याउने, कसैलाई डर–त्रास वा दु:ख दिने, अपमान वा बेइज्जत गर्ने वा हैरानी गर्ने हेतुले टेलिफोन, चिठ्ठीपत्र वा अन्य कुनै साधन वा माध्यमद्वारा धम्की वा गाली दिने, जिस्क्याउने वा अन्य कुनै अनुचित काम कुरा गर्ने, सभा–जुलुसमा घुसी वा नघुसी शान्ति भ· हुनेगरी जनसधारणमा त्रास–आतड्ढ फैलाउने वा हतियार प्रदर्शन गर्ने कार्य सार्वजनिक अपराध हो । सार्वजनिक अपराध मुद्दाको सुनवाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुन्छ ।
प्रश्न: मेरो घर अगाडि करिब ८ धुर खाली मेरो नम्बरी जग्गा थियो । मेरो छिमेकीको पनि मेरो जग्गासँग टांसिएको खाली जग्गा छ । आठ दश दिन पहिलादेखि छिमेकीले आफ्नो जग्गामा घर बनाइरहेको छ । घर बनाउने क्रममा मेरो करिब २ धुर जग्गा च्यापेर घर बनाइरहेछ । उसलाई जति मनाही गरे पनि मानिरहेको छैन । घरको करिब जग करिब निकालिसकेको छ । त्यो जग्गा निकास्न के गर्नुपर्छ ? कुन निकायमा कहिले मुद्दा दिनुपर्छ ।
–किसन राउत
उत्तर: कसैको जग्गा अरू कसैले खिचौला गरी घर बनाउन वा कुनै किसिमले अनकिृत भोग गर्न पाउँदैन । त्यस्तो कोही बल–जबरजस्ती खिचौला गरेको छ भने त्यस जग्गालाई छोडाउन खिचौला छोडाई चलनसमेत चलाइपाउन अदालतमा मुद्दा दिनुपर्छ । तपाईंको चार धुर जग्गा खिचौला गरेको छ भने सम्बन्धित जिल्ला अदालतमा मुद्दा दिन सक्नुहुन्छ । मुद्दा दिएपछि अदालतले घर निर्माण पनि रोक्का गर्न सक्छ । जग्गा मिची घर निर्माण गरेकोमा घर तयार भएको मितिले एक वर्षभित्र मुद्दा दिने हद म्यादको प्रावधान छ ।
प्रश्न: अभियुक्त र अपराधी एउटै हो कि फरक–फरक हो ? –नीरज कुमार
उत्तर: कुनै अपराध गरेको आशड्ढा लागी अनुसन्धानको सिलसिलामा पक्राउ भएको व्यक्तिलाई अपराधी तबसम्म भन्न मिल्दैन जबसम्म उसले अपराध गरेको कुरा न्यायिक निकायबाट प्रमाणित हुँदैन । अनुसन्धानको लागि पक्राउ परेको व्यक्तिउपर मुद्दा चलाउँदा फैसला दोषी साबित नहुन्जेल अभियुक्त हुन्छ भने फैसलाबाट दोषी साबित भई सकेपश्चात् अपराधी हुन्छ । अभियुक्त र अपराधीबीच फरकको कुरा गर्दा अभियुक्त दोषी नहुन सक्छ तर अपराधी दोषी नै मान्नुपर्छ । अपराधीलाई सजाय तोकिन्छ भने अभियुक्तलाई सजाय तोकिएको हुँदैन ।
प्रश्न: आर्थिकरूपले विपन्न व्यक्तिको तर्फबाट निश्शुल्क मुद्दा लडिदिने कुनै निकाय छ ? छ भने कहाँ छ ? निश्शुल्क मुद्दा लड्न के गर्नुपर्छ ? –नीरज कुमार
उत्तर : आर्थिकरूपले कमजोर गरिब पीडित व्यक्तिको तर्फबाट मुद्दा लेख्न, प्रतिरक्षा गर्नको लागि नेपालको हरेक अदालतमा वैतनिक वकिलको व्यवस्था रहेको हुन्छ । कुनै–कुनै जिल्लामा कानुनी सहायता समितिको पनि व्यवस्था छ । प्रतिरक्षाको निम्ति आर्थिक भार वहन गर्न नसक्ने पक्षको तर्फबाट निश्शुल्क सेवा प्रदान गरिन्छ । वैतनिक वकिलबाट निश्शुल्क कानुनी सेवा पाउन अदालतमा निवेदन दिनुपर्छ र कानुनी सहायता समितिबाट सेवा पाउन सिफारिस साथ निवेदन दिंदा सहयोग पाइन्छ । बारा, पर्सा दुवै जिल्लामा सो सेवा उपलब्ध छ ।

- अधिवक्ता वीरेन्द्रप्रसाद यादव