काठमाडौं, १२ साउन
वीरगंज उद्योग वाणिज्य सङ्घ र माइन्ड्स नेपालको संयुक्त आयोजनामा आगामी पुस ३ देखि १३ गतेसम्म वीरगंजमा ‘नेपाल–भारत व्यापार मेला २०१३’ सञ्चालन हुने भएको छ । शनिवार एक कार्यक्रमका बीच वीउवासङ्घका अध्यक्ष अशोककुमार बैद्य तथा माइन्ड्स नेपालका अध्यक्ष मदन लम्सालले समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष ओमप्रकाश शर्मा, प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायतको उपस्थिति थियो ।
नेपालको प्रमुख आर्थिक केन्द्र वीरगंजलगायत वरिपरिका उद्योग, व्यापार, पारवहन, पर्यटनलगायत क्षेत्रको प्रवद्र्धन गर्न व्यापार मेलाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने वीउवासङ्घका अध्यक्ष बैद्यले बताए । मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई वीरगंज क्षेत्रका बारेमा बढीभन्दा बढी जानकारी दिने उनले बताए ।
त्यस्तै, मेलामा वीरगंज क्षेत्रको व्यावसायिक सम्भावना तथा चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरूबीच अन्तत्र्रिmया गरिने माइन्ड्स नेपालका अध्यक्ष लम्सालले बताए । “अहिलेसम्म नेपालमा आयोजना गरिंदै आएका मेला तथा महोत्सवहरूमा मनोरञ्जनलाई प्राथमिकता दिंदै आइएको छ । तर, यो मेलाले सीप तथा प्रविधि हस्तान्तरण र व्यावसायिक सम्भावनाको खोजीलाई केन्द्रमा राखेको छ,” अध्यक्ष लम्सालले भने । नेपालको कुल व्यापारमा भारतस“गको हिस्सा दुई तिहाइभन्दा बढी भएकोले भारतको सीप तथा प्रविधिलाई नेपाल भिœयाउने दिशामा पनि यो मेला केन्द्रित रहने उनको दाबी थियो ।