- सुशील मुडभरी
म केटाकेटी छँदा अर्थात् ०७ अगाडि पहाडको एउटा पाठशालामा पढ्न भर्ना गरिएको थिएँ । हामी छात्रहरू करिब पचासजना थियौं भने गुरुजी एकजना मात्र हुनुहुन्थ्यो । खरको छाना, बाँस र खरको भित्तालाई माटोले लिपेको दुई साना आँखीझ्याल र एउटा बाँसको ढोका भएको, एउटै कोठाको पाठशाला सानो हलझै लाग्थ्यो । छात्रहरू हार मिलाएर गुद्री–सुकुलमा लाइनमा बसाइन्थे । कक्षाको विभाजन थिएन । सबभन्दा छिटो र धेरै बुझिसकेकालाई पहिलो हारको शुरुमैं अर्थात् योग्यता अनुसार क्रमबद्ध राखिन्थ्यो । वर्णमाला अर्थात् कखरा पढ्ने अक्षर नचिनेकालाई सबभन्दा पछाडिपट्टि राखिन्थ्यो । छात्रहरूलाई अध्ययन गराउँदा गुरुजीले एक छेउबाट एक–एक गरी पढाउँदै अन्तिमतिर पुग्नुहुन्थ्यो । अगाडिका अक्षर चिनेकालाई कम समय दिनुहुन्थ्यो भने पछाडिकालाई धेरै समय दिनुहुन्थ्यो । धेरै जानेकाले गुरुजीको आदेशले कम जानेकालाई कहिलेकाहीं पढ्न पठाउनुहुन्थ्यो । र तिनलाई कखरा पहाडा आदि घोकाउनु पथ्र्यो । म ती गुरुजीकहाँ पढ्न थालेपछि सावा अक्षर चिनेर एक डेढ वर्षमा दुर्गा कवाज घोक्न थालिसकेको थिएँ । दुर्गा कवाज कण्ठ भएपछि तँलाई रुद्री कौमुदी पढाउँछु भन्नुहुन्थ्यो । म चाहिं रुद्री पढ्ने लोभले सकी नसकी दुर्गा कवाज घोक्दथें ।
हामीलाई पढाउने ती गुरुजीलाई भेट्न टाढा गाउँको अर्कै पाठशालाका एकजना गुरुजी बराबर आइरहनुहुन्थ्यो । धेरै समय बितिसकेकोले ती गुरुहरूको नाम सम्झन सकिएन तर ती गुरुजीहरू भेट हुनासाथ शास्त्रार्थ गरिरहन्थे । मलगायत अरू एक दुईजना मात्र उनका भनाइहरू बुझ्दथ्यौ र बडो चाख मानेर सुन्दथ्यौं । शास्त्रास्त्र गर्दागर्दै प्यास लाग्यो भने हामी ठूला भनिएकाहरूले पानी पिलाइदिनुपर्दथ्यो । एक दिन हाम्रा गुरुजीले भन्नुभयो दस बीसजना अरू विद्यार्थी बढाउन पाए एउटा अर्दली राख्न पाइन्थ्यो, काम गर्न र खाना बनाउन सजिलो पथ्र्यो । यो सुनेर आगन्तुक गुरु भन्न थाल्नुभयो– तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ, शिक्षाको मर्म बुझ्ने ठाउँमा आइपुग्नुभयो । पचासजना भए पनि छात्र पाउनुभयो । म पढाउने ठाउँमा त दसजनाभन्दा बढी विद्यार्थी पाउन सकिएको छैन । छोराछोरी पढ्न पठाउनोस् भनी गाउँका घरघर चहार्छु । तर अफसोच १ घरवालाहरू बच्चा पढाउनु पर्ला भनी अब त मेरो अगाडि पनि पर्दैनन् । पाठशाला स्थायी हुने छाँटकाँट छैन । तपाईं त भाग्यमानी, यत्रा विधि विद्यार्थी पाउनुभएको छ ।
यस्ता कुराकानीबाहेक ती दुई गुरुजी भेट भएपछि शास्त्रार्थ गर्दा हामी पहिलो हारमा बस्नेहरू बडो चाख मानेर सुन्दथ्यौं । हाम्रा आँखा किताबतिर भए पनि हाम्रो कान चाहिं गुरुजीको कुरातिर हुन्थ्यो । तिनीहरूले गरेको छलफल वादविवाद धेरै त बिर्सिसकियो, तर केही राम्रा कुराहरू मेरो मानसपटलमा अझ ताजै छ । आज सम्झने जमर्को गर्दैछु ।
एकदिन यिनीहरू आत्मा परमात्माको सन्दर्भमा कुरा गरिरहेका थिए । हाम्रा गुरुजीको भनाइ थियो– इन्द्रियहरूले काम गर्न नसकेपछि मानिस मर्छ, तर आत्मा मर्दैन । आत्मा शून्य आकाशमा घुमिरहन्छ र चौरासी लाख योनी वा जीवमा एकपछि अर्को प्रवेश गर्दै जान्छ । तर यो कुरालाई खण्डन गर्दै अर्का गुरुजीले भने– मानिस मरेपछि उसमा निहित आत्मा कसैमा प्रवेश गर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । मेरो सोच के छ भने मृत व्यक्तिको आत्मा अनन्त आकाशमा गएर शून्यमा बिलाउँछ । शरीरको अस्तित्व स्वत: समाप्त हुन्छ, त्यो मृत व्यक्तिले गरेको पापधर्म उसका सन्तानले भोग्छन्, राम्रो गर्नेको सन्तान उन्नतितर्फ लाग्छन् भने स्वार्थीका सन्तान खिइँदै जान्छन् ।
एक दिन गाउँमा कतै शायद जातीय विवाद भएको हुनुपर्छ म सानै भएकोले उक्त घटनाबारे चाल पाउन सकिनँ । आज ती दुई गुरुजीको शास्त्रास्त्रको विषय जातपात के हो भन्ने हुन गएको थियो । हाम्रा गुरुजीले त्यो घटनालाई व्याख्यापूर्वक भन्नुभयो– जातपातको आफ्नै महत्त्व छ, शास्त्रले नै जातजाति भनेर छुट्याइदिएपछि हल्ला गरेर हुन्छ ? चलिआएको रीतिथीति त सबैले मान्नैपर्ने हुन्छ । सानो कुलमा जन्मेर पनि ठूलो भाग खोजेर पाइन्छ र ? आदि । हाम्रा गुरुजीका यी भनाइप्रति ती आगन्तुक गुरुले असहमति जनाउनुभयो । उहाँ भन्न लाग्नुभयो– हामी माथिल्ला जात भनिएकाहरूले सबैलाई मिलाएर लान सक्नुपर्छ । धर्म, धार्मिकतामा कुनै तह हुँदैन र कोही ठूलोसानो पनि हुँदैन । समाजको कार्य विभाजन गर्दा तत्काल पढेलेखेकालाई सजिलो, माथिल्लो काम र पढ्न नसकेकाहरूलाई तल्लो र गार्हो काम सुम्पिएको हो । समयको अन्तरालमा सजिलो अर्थात् मानसिक काम गर्नेहरू माथिल्लो, गार्हो अर्थात् शारीरिक श्रम गर्नेहरू तल्लो जातमा दरिन पुगेका मात्र हुन् । आज हेर्नोस, एउटै थरमा पनि त विद्या घोक्न र धन जम्मा गर्न सक्नेहरू भलाद्मीमा गणना हुन जाने गरेका छन् र पढ्न कमजोर र धन जम्मा गर्न नसक्नेहरू भुराभुरीमा गणना हुन जाने गरेका छन् । हामीले यस्ता कुरा बुझ्नुपर्छ र साना भनिएका पिछडिएकालाई उठाउनुपर्छ । यदि त्यस्तो भएन भने ठूलो दुर्घटना हुन सक्छ र परचक्रीले फाइदा उठाउन सक्छ, हामी कसैलाई पनि फाइदा पुग्दैन । भगवान्को अस्तित्व स्वीकार गर्नु राम्रो कुरा हो, तर जात भगवान्ले बनाएको सम्झनु महाभूल हुन जानेछ । जात भनेको योग्यता अनुसारको पद मात्र हो भनी बुझ्न सक्नुपर्छ । कार्य विभाजनमा सीमित राख्न सक्नुपर्छ । भगवान्को अर्को अर्थ प्रकृति हो भन्ने पनि बुझ्नुपर्छ । आश्रयको लागि ठूलो आकाश छ, यही आकाशभित्र अनेक ग्रह नक्षत्र तारागण सौर्यमण्डल आदि छन् । त्यसभित्रका मानिसहरू कीडाफटयाङ्ग्रक हुन् । कीराफटयाङ्ग्रा तर्क गर्न सक्दैनन् तर मानव तर्क–वितर्क गर्न सक्छ । प्रकृति प्रकोपबाट बच्ने कुरा मानिसले अवलम्बन गर्न सकेको छ, तर बदल्न सकेको छैन ।
मानिस पञ्चतत्त्वबाट निर्मित हो, सानो ठूलो केही छैन, सबै बराबरीका हिस्सेदारी छन् । प्रकृतिभित्र आकाशले सबैलाई आश्रय दिने काम गरेको छ भने हावाले सबैलाई प्राण दिने काम गरेको छ । अग्नि प्रज्वलित भएर संसारको रक्षा गरेको छ भने पानीले बगेर जीवनमा ज्यान भर्ने काम गरेको छ । कतै डुबाएर सर्वनाश गरेको छ भने कतै फोहरमैला बगाएर निर्मल कञ्चन बनाएको छ । सबै आफ्नै धुरीभित्र काम–कर्तव्य गरिरहेका छन्, पक्षविपक्ष थाहा छैन, आफ्नो नियम परिधिमा सबै बाँधिएका छन् । यसैले भनिएको पनि छ मानिस यी कुराहरू महसुस गर्न सक्छ तर बदल्न सक्दैन । मानिसमा अपराध मनोवृत्ति वृद्धि हुन गएछ भने यी सबै कुरा ध्वंश गर्न सक्छ तर यस्ता कुरा निर्माण गर्न सक्दैन । निर्माणको लागि सकारात्मक गुण जरुरी हुन्छ । हामीले शान्तिपूर्वक ध्यान लगाएर अध्ययन गर्यौं भने वेदभित्र यस्ता नकारात्मक सकारात्मक कुराहरू पाउन सक्छौं, नकारात्मक कुराहरूलाई कसरी सकारात्मकतर्फ बदल्ने भन्ने कुराको भेउ पाउन सक्छौं । वेदको मर्म बिर्सेर हामी घमण्डी र अज्ञानी भएका छौं । अतिवादतर्फ ओर्लेका छौं आदि ।
यसरी दुवै गुरुजीमा शास्त्रार्थ बहस छलफल चलिरहँदा हाम्रो छुट्टिको बेला पनि भइसकेको थियो । भोकले शायद हामी अत्तालिन पनि लागिसकेका थियौं । गुरुजीले छुटी भन्नुभयो । यो आवाज सुन्नेबित्तिकै हामी किताब च्यापेर घरतिर दगुर्यौं ।
क्रमश: