- विनोद गुप्ता
छैठौ गणतन्त्र दिवसको अवसरमा ‘सत्याग्रह’ले समन्वय गरेको पारोमिता बोहराद्वारा निर्देशित हिन्दी वृत्तचित्र ‘एक मनोहर कहानी’को प्रदर्शन माउन्ट एडमन्ड स्कूलमा आयोजना गरिएको थियो । वृत्तचित्रको कथा भारतको मेरठ शहरमा केन्द्रित छ, जहाँ स्वतन्त्रता र प्रेमको चाहना राख्ने, युवाले केही समयसँगै बिताउन खोज्ने एकमात्र स्थल गाँधीपार्कमा उनीहरू प्रहरी बर्बरताको शिकार हुनु परेको छ । तर अनुसन्धानको क्रममा पछि यो सम्पूर्ण घटना निहित उद्देश्य प्राप्तिका लागि प्रायोजित भन्ने तथ्यसमेत उजागर हुन्छ ।
वृत्तचित्रलाई समग्रमा हेरेर विश्लेषण गर्दा यसले दुईवटा महत्त्वपूर्ण सन्देश दिएको मेरो बुझाइ हो । पहिलो हो युवाहरूको चाहना । किन युवाहरू पारिवारिक प्रेमको परिवेशबाट असन्तुष्ट भएर बाहिर जान खोज्छन् ? मनुष्यको जीवनमा दुईवटा वृत्तहरूको अत्यन्त महत्त्व हुन्छ । पहिलो हो –पारिवारिक वृत्त र दोस्रो मित्रमण्डली।
बच्चा जन्मेदेखि स्कूल जीवनमा रहँदा पारिवारिक वृत्तको महत्त्व अत्यन्त बढी हुन्छ र उसैका निर्णयहरू बच्चाहरूको लागि निर्णायक हुने गर्दछ । तर स्कूल जीवनको समाप्तिपछि जब बच्चाहरू यौवनावस्थामा प्रवेश गर्दै कलेजस्तरमा पुग्दछन् त्यहाँबाट उनीहरूको जीवनशैली र निर्णयहरूमा मित्रमण्डलको समेत प्रभाव पर्न थाल्दछ र यो नै उनीहरूको जीवनमा परिवर्तनको कोण बन्न पुग्दछ । परिवारसँग बिताएको स्कूले जीवनको उनीहरूको भोगाइ र सन्तुष्टि एवं असन्तुष्टिहरूले यौवनावस्थामा उनीहरूको मित्रमण्डलीमा निर्भरता निर्धारण गर्दछ ।
मनुष्यको जीवन चारथरीको दर्शनमा आधारित हुनसक्छ ।
१) म ठीक, तिमी बेठीक
२) म बेठीक, तिमी ठीक
३) म बेठीक, तिमी पनि बेठीक
४) म ठीक, तिमी पनि ठीक । पहिलो जीवन दर्शनमा आधारित परिवारका बच्चाहरू स्वभावत: जिद्दी र भनेको कुरा हुनुपर्ने अडान राखेर अगाडि बढ्ने खालका हुन्छन् । यसका लागि उनीहरू जुनसुकै बाटो अख्तियार गर्न तयार हुन्छन् भने दोस्रो श्रेणीमा त्यस्ता बच्चाहरू पर्दछन् जसलाई बाल्यकालमा मायाप्रेमको सट्टा दुव्र्यवहार सहनुपरेको हुन्छ । लगातारको दुव्र्यवहार भोगाइबाट यिनको आत्मविश्वास कमजोर भइसकेको हुन्छ र यिनीहरू आफू केही गर्न सक्दिनँ भन्ने मानसिकता लिएर हुर्केका हुन्छन् । तेस्रो श्रेणीमा परिवारबाट बेवास्ता गरिएकाहरू पर्दछन् जसको परिवारसँगको भावनात्मक सम्बन्ध पूर्णतया भ· भएको हुन्छ । यिनीहरू कि विक्षिप्त वा मनोरोगी भएर बस्दछन् कि दुव्र्यसनी भएर जीवन निर्वाह गर्दछन् । चौथो जीवनशैली उत्कृष्ट हो । यो आप भला तो जग भलाको श्रेणीमा पर्दछ । यस परिवेशमा हुर्केका बच्चाहरू अनुशासित, संयमित र असल हुन्छन् । बच्चाहरू कुन परिवेशमा हुर्कने हो यो परिवारको वातावरणमा भर पर्ने भएकोले युवाहरूले स्वच्छन्दताको चाहना र प्रेमको खोजीलाई असल बाटोमा डोर्याउन पहिले मातापिताले नै आफूले बच्चालाई माथिको चारवटा जीवनदर्शनमध्ये कसमा हुर्काउँदैछु भन्ने स्वयं मूल्याड्ढन गरेमा धेरै समस्याको समाधान हुन सक्छ । तर यी कुराहरू भनेजति सजिलो भने छैन । सजिलो नभए तापनि ‘म ठीक, तिमी पनि ठीक’ जीवनशैलीमा हुर्कनेहरू खुला मन र मस्तिष्कका हुन्छन् र पारिवारिक वृत्तबाट मित्रमण्डलीको प्रभावमा प्रवेश गर्दा सजग भएर मातापिताको अभिभावकत्वमा नै स·ीसाथीको खोजी गरेर मित्रमण्डल निर्माण गर्दछन् जसमा उनीहरूले गर्ने क्रियाकलाप सामाजिक मर्यादाभित्र नै पर्ने भएकोले विवाद, कुण्ठा र लुक्ने–लुकाउने अवसर रहँदैन । त्यसैले केटाकेटी, युवाहरूलाई मात्र दोष दिनुको सट्टा मातापिताले पनि उनीहरूलाई समय दिएर आफूले कुन जीवन दर्शनमा अगाडि बढाइँदैछ भन्ने आत्ममूल्याड्ढन गर्ने हो भने यस्तो समस्याको समाधान ननिस्कने भन्ने होइन ।
दोस्रो महत्त्वपूर्ण कुरा छ मिडिया र प्रहरीबीच साँठगाँठ । पहिले मिडियाको कुरा गरौं । व्यावसायिकताको नाउँमा मर्यादा पालन नगरेको दृश्य र समाचार पनि बराबर देख्न पाइएको छ । आत्मदाह गर्ने व्यक्ति जलिरहेको दृश्यलाई ब्रेकिङ न्युजमा प्रसारण गर्न लागिपरेका संवाददाता वा क्यामेराम्यानमा जलिरहेको व्यक्तिलाई जोगाउने दायित्व छ कि छैन ? यो कसले निर्धारण गर्ने ? त्यस्तो व्यक्तिलाई जोगाउने दायित्व प्रहरी–प्रशासनको मात्रै हो भने मानवता के हो ? भारतमा महाराष्ट्र सरकारले डान्सबारमा रोक लगायो तर सर्वोच्च अदालतले त्यसलाई फुकाइदियो । अब असामाजिक र नग्नताको परिभाषा के हुने ? महाराष्ट्र सरकारले असामाजिक र नग्न गतिविधि समाजविरोधी भएको भन्दै रोक लगाएको थियो भने सर्वोच्च अदालतले रोजीरोटीको स्वतन्त्रताको आधार देखाएर यसलाई खुला गरिदियो । समाजमा यस्ता विरोधाभासपूर्ण काम भइरहन्छ । यो नै द्वन्द्व हो । यस्तै द्वन्द्वबाट जीवनको लागि ऊर्जा प्राप्त हुन्छ । अब जहाँसम्म प्रहरी र प्रशासनको कुरा छ त्यो शासन र शासकहरूको जीवन दर्शन अनुसार नै चल्ने भयो । यो किन यसरी चल्छ भने हामी नै नातागोता, इष्टमित्र, जातपात, रुपियाँ–पैसा र पदको प्रलोभनमा परेर अयोग्यलाई आफ्नो प्रतिनिधिको रूपमा छानेर पठाउँछौं र सुशासनको आशा गर्दछौं । यही मृगतृष्णाले जीवनमा हामीलाई कष्ट दिएको छ र हामी नसप्रेसम्म दिइरहने छ ।
हामी आपैंm नसप्रेसम्म यस्ता वृत्तचित्र हेरेर हामी रमाइरहन र वादविवाद मात्र गरिरहन सक्छौं समाधान गर्न
सक्दैनौं ।