–कुमार रुपाखेती
मलाई त कहिलेकाहीं प्रचण्डको तुलना कालीदाससँग गर्न मन लाग्छ, जसले आफू बसेको रूखको हाँगा छप्काउँदै थिए । कुन्नि उनले रामायण पनि पढेका छन् कि छैनन् । जीवनस·िनी सीतालाई सि·ापुरमा छोडेर खोई के पुरस्कार पाउने लोभमा उनी हतार–हतार नेपाल आए–गए । दशरथपुत्र रामले आफ्नी सीतालाई ज·लमा के यसो छोडेका थिए, रावणले छल गरेर हरण गरिहाल्यो । तै प्रचण्डपत्नी सीता बिरामी र बूढी रहिछन् । कुरा के रहेछ भने भारतबाट सलमान खुर्शीद भन्ने सेतै कपाल फुलेका, जर्जर शरीरका, थरथर हात काम्ने नेता राजधानी छिरेका रहेछन् । दर्शन भेट गरेछन् । कसैकसैले प्रचण्डलाई ‘क्रान्ति नायक’ भन्दा रहेछन् । हो त नि, बिचरा हजारौं मारेर, मरवाएर, सशस्त्र क्रान्ति गरेर सत्तामा आएका रहेछन् । यो बेग्लै कुरा हो कि ज·ली कन्दमूल खाएर सङ्घर्ष गरेका उनी अहिले नेपाली नेताहरूमा सबैभन्दा धनी छन् । नसिब अपना–अपना भनेकै यही हो । बदनसीब बिचरा मोहन वैद्य हुन् । तर सेतै कपाल फुलेका सलमान खुर्शीदको दर्शनभेट गर्न उनी त्यति टाढाबाट नेपाल आएको मलाई पटक्कै चित्त बुझेन ।
प्रचण्ड ‘क्रान्तिनायक’ हुन् उनको दोस्ती सलमान खुर्शीदजस्ता सेतै कपाल फुलेकाहरूसँग मेल खाँदैन, बरु भारतीय हिरो सलमान खानसँग प्रचण्डको लगनगाँठो एकदम मजबुत हुन्छ । प्रचण्डले शायद सलमानको सिनेमा हेरेकै छैनन् । विपक्षीउपर सलमानले हानेको फाइट, किक, बम वार्डि·, गोली फायर तथा सलमानको गठिलो, जीम गरेको शरीरको तागत प्रचण्डलाई थाहै छैन । के ठेकान भोलि फेरि बन्दूक बोक्नुपर्यो भने सलमान खुर्शीद होइन सलमान खान नै तगडा दोस्त साबित हुनेछन् ।
मैले पनि बिर्सिराख्या, अहिले जनयुद्ध काल होइन, त्यसैले सलमान खानको काम छैन, अहिले त सत्ता–युद्धकाल भएकोले सलमान खुर्शीदजस्ता बूढाहरूकै सेवा उपयुक्त ठहरिन्छ ।
भनिन्छ खुर्शीद खुश भए– नाना, चाचा, पापा सबैथोक एकमुस्ठ पाउने सम्भावना छ रे । नेपालीमा नाना भनेको लुगा, चाचा भनेको गहना र पापा भनेको खानेकुरा हो, जसको हिन्दी अर्थ बेग्लै हुन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने वर्तमान शान्ति सम्झौताको अवस्थामा पनि सलमान खानसँग दोस्ती प्रचण्डका खातिर घाटाको होइन, नाफाकै व्यापार हो ।
नायक खानलाई चाहने लाखौं युवा नेपालमा छन्, जो भविष्यमा प्रचण्डको कामको चिज साबित हुन सक्छ । एकछिन रेखा थापासँग आन्दोलनमा छमछमी नाच्दा त प्रचण्ड तरोताजा देखिएका थिए । झन् सलमान खानका फैनहरूसँग सामूहिक डान्स गर्न पाए उनमा अझै ऊर्जा थपिने मेरो विश्वास छ ।
तर आरोप लगाउनेहरू भन्छन्– हिरो सलमान खानले सिनेमामा दिलेरीले शत्रु सफाया गरेको नाटकीय दृश्यझै प्रचण्डको ‘जनयुद्ध’ पनि नाटक नै थियो रे । तर म पत्याउँदिनँ, किनकि शूटिङमा सलमानले चलाएको नक्कली पेस्तोलको गोलीले कुनै कलाकार मरेको छैन तर प्रचण्डको जनमिलिसिया र लालसेनाको गोलीबाट बस्तीका बस्ती सफाया भएको इतिहास नै छ ।
अर्को कुरा नेपालमा भारतीय नेताहरूलाई मन नपराउनेहरूको सङ्ख्या धेरै छ, भने सलमान खानजस्तो हैन्डसम हिरो मनपराउनेहरू थुप्रै छन् । हुनत कोसँग दोस्ती गर्ने–नगर्ने भन्ने प्रचण्डको नितान्त निजी मामिला हो, हामीले त हितैषीको नाताले सल्लाह, सुझाव मात्र दिएको हो । लगे रहो मुन्नाभाइ १
अब हेर्नुस्, नेपालका भूतपूर्व र भावी प्रधानमन्त्रीहरूले ज्यानै छाडेर खुर्शीदलाई ढोगभेट गरेकोमा द· पर्दै खुर्शीदले आफ्ना मित्रहरूलाई दिल्लीमा यसो भनेछन्– “हमारा इज्जत, मान, मर्यादा और शान यहाँ (भारत में नहीं) नेपाल में है ।”
हुन पनि हो नि, त्यहाँको आफ्नै प्रधानमन्त्री मनमोहन सिंहका अगाडि लुते झाम्रे देखिने खुर्शीदलाई मनमोहनकै समकक्षी आधा दर्जन जतिले दामै राखेर ढोग भेट गरे भने पनि भयो ।
कुनै देशका झन्डै झन्डै सबै जीवित प्रधानमन्त्रीहरू लस्करसहित भेटमा गएका यिनी भारतका पहिलो विदेशमन्त्री परे ।
मैले शुरुमैं ‘प्रचण्डको तुलना कालीदाससँग गर्न मन लाग्छ’ भनी लेखेको छु । जसको अर्थ हो आजकाल प्रचण्डसमेत नीति र सिद्धान्तसँग कुर्सी र पद साट्न थालेका छन् । नेपालीमा एउटा गीत छ–
मेरी आमा सार्है नै बाठी छिन्चामलसँग पीठो पो साटी छिन् ।
प्रचण्डको चर्तिकला ‘मेरी आमा’ झैं छ । आम नेपाली भावना बुझेर राजनीति अगाडि बढाइरहेका छौं भनी दाबी गर्ने नेताहरूलाई हाम्रो आग्रह के छ भने – तपाईंहरू आफ्नो नीति र सिद्धान्त जतासुकै बन्धक राख्नुस्, गुलामी गर्नुस् तर मुलुक र जनतालाई कतै बन्धक राख्ने र गुलाम बनाउने दिवास्वप्न नदेख्नुस् ।
अन्त्यमा म प्रचण्डजस्ताहरूसँग फेरि प्रश्न गर्छु– सलमान खान कि सलमान खुर्शीद ? नेता कि अभिनेता ?
‘एक अनार सौ बिमार’ भएपछि–‘क्या करे प्रचण्ड बेचारा’