प्रस, वीरगंज, १३ साउन/
नेपाली काङ्ग्रेस निकट युवा विद्यार्थीहरूले शैक्षिक संस्था एवं शिक्षा सम्बद्ध निकायहरूमा भइरहेको विकृतिविरुद्ध आज वीरगंजमा जुलुस प्रदर्शनका साथै सडक अवरोध गरे।
नेपाल विद्यार्थी सङ्घ ठाकुरराम बहुमुखी क्याम्पसको अगुवाइमा क्याम्पस परिसरबाट शुरु भएको जुलुस नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै माईस्थान चोकमा आएर कोणसभामा परिणत भएको थियो। सो अवसरमा प्रदर्शनकारी युवा विद्यार्थीहरूले आधा घण्टा सडक अवरुद्ध पारेका थिए।
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले शैक्षिक संस्था र जिल्ला शिक्षा कार्यालयमा समेत अनियमितता र भ्रष्टाचार व्याप्त रहेको दाबी गर्दै शैक्षिक क्षेत्र सुधारका लागि सम्पूर्ण अभिभावक, युवा, विद्यार्थी एवं बुजुर्गहरूलाई आन्दोलनमा उत्रन आह्वान गरे । बितेको असार २६ गते जिल्ला प्रशासन र जिल्ला शिक्षा कार्यालयमा बुझाएको १० सूत्रीय माग सम्बन्धमा कुनै कारबाई नभएको भन्दै युवा विद्यार्थीहरूले कारबाई सम्बन्धमा कानुनी निकाय पंगु भएको हो भने कारबाईका लागि युवा विद्यार्थी आफै सक्षम रहेको कुरा साबित गरेर देखाइदिने चेतावनी दिए।
भविष्यका कर्णधार निर्माण हुने शैक्षिक क्षेत्रमा जिम्मेवार एकाइको गैरजिम्मेवारीपन समाजको लागि घातक हुने भएकोले अब युवा विद्यार्थी चुप लागेर नबस्ने वक्ताहरूले उद्घोष गरे।
निजी विद्यालयहरूले कम्तिमा १० प्रतिशत विद्यार्थीलाई समावेशिताको आधारमा छात्रवृत्ति दिनुपर्ने, विभिन्न बहानामा विद्यार्थी तथा अभिभावकसँग चर्को शुल्क असुल्न नपाउने, सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई कानुनसम्मत तरिकाले जिशिकाले स्वीकृति प्रदान गर्नुपर्नेलगायत माग लिएर युवा विद्यार्थीले चरणबद्ध आन्दोलन थालेका छन्।
विरोधसभालाई नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन सिंह, विद्यार्थी नेता सुधीर पटेल, बद्री तिवारी र विश्वास द्विवेदीले सम्बोधन गरेका थिए।