- साबिर अन्सारी
रमजान इस्लामी क्यालेन्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमुख आधारमध्ये तेस्रो अनिवार्य–उपासना (रोजा) अर्थात् उपवास हो ।
रोजा के हो ?
जुन पाठलाई नमाजले प्रतिदिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पूरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान महिना लागेपछि बिहान सूर्योदय भन्दा पहिलेदेखि बेलुकासम्म खानपिन बन्द हुन्छ । सेहरी (बिहान खाने समय) खाइरहेको बेला एक्कासि अजानको आवाज सुनिए तुरुन्त खान छोड्नुपर्छ । त्यसपछि जति मीठो खाना भए पनि, खाने इच्छा जतिसुकै भए पनि साँझसम्म कदापि खानुहुँदैन । मान्छेले देख्नेगरी नखाने मात्र नभई लुकेर वा कसैले नदेख्नेगरी एक थोपा पानी वा एक दाना अन्न पनि खानु हुँदैन । अनि यस्तो प्रतिबन्ध एक निश्चित समयसम्म मात्र हुन्छ ।
मगरिबको अजान हुनासाथ इफ्तार गर्नुपर्छ ।
विचार गरौं यो के गरेको हो ?
यस कामको पछाडि अल्लाहको डरको हात छ । उनी सर्वव्यापी र सर्वज्ञाता हुन् भन्ने उपवासकर्तामा पूर्ण विश्वास छ, आखिरत (प्रलय)को जीवन र अल्लाहको अदालतमा विश्वास छ, कुरआनको आदेशहरू र सन्देष्टा
(पैगम्बर) को पूर्ण आज्ञापालन, कर्तव्यको पूर्ण अनुभूति, धैर्य र स·टसित सङ्घर्षको अभ्यास र अल्लाहलाई प्रसन्न गराउनका निम्ति मनको इच्छा रोक्ने र वशमा गराउने शक्ति लुकिरहेको छ । प्रत्येक वर्ष पूरा तीस दिन राखिएका ती रोजाहरूले मुस्लिमलाई प्रशिक्षित गर्न र तिनमा पूरा र पक्का मुसलमान बन्ने गुण उत्पन्न गर्न रमजानको महिना आउने गर्छ । साथै यी गुणले मुसलमानलाई पूर्ण उपासक बनाउँछ, जुन एउटा मुसलमानले आफ्नो जीवनमा हरेक समय गर्नुपर्छ । रमजान वास्तवमैं आत्माशुद्धिको एक विशेष प्रतीक हो । अर्कोतर्फ अल्लाहले सम्पूर्ण मुसलमानहरूका निम्ति बेग्लाबेग्लै नभई सबैका निम्ति सामूहिकरूपमा एकैचोटि, एकैसाथ एउटै विशेष महिनामा रोजा अनिवार्य घोषित गरेका छन् । इस्लामी समाजमा पूरा एक महिना पवित्रताको महिना हुन्छ । सम्पूर्ण वातावरणमा इमान छाएको हुन्छ । सम्पूर्ण समाजलाई ईशभय तथा नैतिक पवित्रता र आचरणको सौन्दर्यले ढाकेको हुन्छ । फलस्वरूप यस्तो वातावरणमा नराम्रो काम हँुदैहुँदैन । बरु असल काम मात्र हुन्छ । असल मानिसहरू असल काममा एक अर्कालाई सहयोग गर्छन् र अल्लाहको बाटोमा धन खर्च गर्छन् । त्यस बेला सम्पूर्ण मुसलमानहरू समान अवस्थामा हुन्छन् । समान अवस्थामा हुँदा सबैले एकै जमात वा समुदायमा भएको अनुभव गर्छन् । यो उनीहरूबीच बन्धुत्व, सहानुभूति तथा पारस्परिक सुसम्बन्ध कायम गर्ने एउटा प्रभावकारी उपाय हो ।
रोजा नराखे के हुन्छ ?
रमजानको महिनामा अठोट गरिने कठोर उपवासले भोक कस्तो हुन्छ भन्ने कुराको अनुभव गराउँछ । उपवासबाट उपवासकलाई लाभैलाभ हुन्छ । उपासक भोकै बस्दा अल्लाहलाई कुनै लाभ हुँदैन । अल्लाहले त उपासकको भलो होस् भनेर रमजानको रोजा अनिवार्य गरेका हुन् । कुनै उचित कारणबिना कसैले रोजा राख्दैन भने उसले आफैंमाथि अत्याचार गरेको हुन्छ । रमजानमा खुल्लमखुला कसैले खान्छ वा पिउँछ भने त्योभन्दा लाजमर्दो कुरा अरू के हुन सक्छ ? यस्तो गर्नेलाई इस्लामको आदेशसँग कुनै सरोकार छैन । उनीहरूले जसलाई अल्लाह भनी मान्छन् तिनको आज्ञाको खुल्लमखुला उल्लङ्घन गरी आफ्नो उद्दण्डता प्रदर्शन गर्दछन् । तसर्थ आफ्नो सम्प्रदायलाई चटक्क त्याग्न सक्ने, आफ्नो सृष्टिकर्तासित विद्रोह गर्न सक्ने मानिसहरूबाट वफादारी, सदाचार र विश्वसनीयता तथा कर्तव्यपरायणताको आशा गर्न सकिंदैन ।
रोजा कसका निम्ति ?
रमजान महिनामा प्रत्येक बालिग
(वयस्क) मानिस, मानसिक र शारीरिक सन्तुलन ठीक भएका सम्पूर्ण पुरुष र महिलाहरूमाथि रोजा अनिवार्य ठहर्याइएको छ । तर महिनावारी भएका महिलाहरू, बिरामी, अशक्त वा अन्य कुनै समस्या भएकाहरूमाथि यो लागू हुँदैन । यसैगरी राति ईशाको नमाज पछि २० रकआत एक विशेष नमाज जसलाई तराबिह भनिन्छ, त्यो पनि अनिवार्य पढ्नुपर्छ । रमजान महिनाका इस्लामिक कानुन र विधिहरूमध्ये एक यो पनि हो कि जस कसैले पनि जानीजानी रोजा तोड्छ उसले ठूलो पापको भागीदार हुनुपर्छ र पछि त्यसको कजा (प्रायश्चित्त) पूर्ण कार्यान्वयन गनुपर्छ, यसो नगरे ऊ पापी ठहरिन्छ । बिहान सूर्योदयभन्दा करिब एक डेढ घण्टा अगावै खानपिउन बन्द गरिदिनुपर्छ र यो कार्य सूर्यास्तसम्म रहन्छ । यस अवधिभर कुनै पनि वस्तु, धूवाँ, खान पिउन, शारीरिक सम्पर्क (यौन सम्पर्क) वर्जित छ । त्यसैगरी झैंझगडा, फाल्तु बहस पनि प्रतिबन्धित हुन्छ ।
३० दिनको आफ्नै महत्त्व
रोजा नाम हो उपासना र उपवासको । रोजाको शुरुको १० रात अति नै महत्त्वपूर्ण हुन्छ । यी १० रातलाई ‘रहमत’ विशेष कृपाको रात भनी उल्लेख गरिएको छ । बीचमा १० रातलाई ‘मग्फीरत’ विशेष माफीको रात भनी उल्लेख गरिएको छ । यी बीस दिनमा ठूलोभन्दा ठूलो पाप गर्नेलाई पनि अल्लाहले माफ गरिदिन्छन् भन्ने कुरा ग्रन्थ र इस्लामिक किताबहरूमा पर्याप्त आधारका साथ वर्णन गरिएका छन् ।
त्यसैगरी अन्तिमका १० रातहरू पनि अति नै महत्त्वपूर्ण छन् । ती रातहरूबारे भनिएको छ कि यी दश दिनमा
धेरैभन्दा धेरै मानव जातिलाई नर्कबाट मुक्ति प्राप्त हुन्छ । अल्लाहले क्षमा गरिदिन्छन् र स्वर्गमा प्रवेश
गराउँछन् । तसर्थ सम्पूर्ण मुस्लिम समुदायले रोजालाई अत्यन्तै महत्त्व दिनु उनीहरूको मौलिक हक हो । रोजाको समाप्तिसँगै अल्लाहले इदउल फित्र (ईद) को रूपमा खुशी प्रदान गरेका छन् । रमजानको अन्तिम दश रातमा अन्तिम सन्देष्टा (पैगम्बर) हजरत मुहम्मद विशेष ध्यान ‘एककाफु’ मा बस्नुहुन्थ्यो र ईदउल फित्रको चन्द्रमा देखिने बित्तिकै बाहिरिनुहुन्थ्यो । ईदको प्रारम्भसँगै रोजाको समापन हुन्छ ।
कबmmष्कबदष्च२नmबष्।िअयm