–प्रताप श्रेष्ठ
तीनवटा जिल्ला पर्सा, बारा र मकवानपुरको लागि प्रशस्तै सम्भावना बोकेको पर्सा वन्यजन्तु आरक्षप्रति सम्बन्धित र सरोकारवाला दुवै पक्षको ध्यान गएको पाइँदैन।
स्थापनाको तीन दशक बितिसक्दा पनि पर्सा वन्यजन्तु आरक्षको अवस्था जस्तोको त्यस्तै छ। संरक्षणको क्षेत्रमा भएका केही स्वाभाविक र सकारात्मक उपलब्धिबाहेक थप प्रयासहरू हुन सकेका छैनन्।
कुल ४९९ वर्ग किमि संरक्षित क्षेत्र रहेको आरक्ष आसपासको २९६.१७ वर्ग किमि क्षेत्रलाई समेटेर २०६२ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो। मध्यवर्ती क्षेत्र घोषणाले आरक्ष र आरक्ष आसपासका बासिन्दालाई वन तथा वन्यजन्तु संरक्षणका लागि एकताबद्ध गराउने उद्देश्य रहेको भए तापनि उद्देश्यअनुरूपको लक्ष्य प्राप्ति भई नसकेको पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत नीलाम्बर मिश्र बताउँछन्।
संरक्षित क्षेत्रभित्र अव्यवस्थित मानवबस्ती रामभौरीभाथालाई स्थानान्तरण गरी आरक्षबाहिर लाने काम भएको छ। संरक्षणको क्षेत्रमा यो एउटा महत्त्वपूर्ण काम हो।
बस्ती स्थानान्तरण गरिएपछि रामभौरीभाथा अहिले घाँसे मैदानमा परिणत भएको छ। सोही प्रभावका कारण अहिले सो क्षेत्रमा जङगली जनावरहरूको बाक्लो उपस्थिति देखिन थालेको छ।
चित्तल, हरिण, जरायो, बँदेल, खरायो, नीलगाईलगायतका जनावरहरूको सङ्ख्या बस्ती स्थानान्तरणपछि ह्वात्तै वृद्धि भएकोले आरक्षको क्षेत्रमा अब बाघको सङ्ख्या पनि वृद्धि हुने प्रमुख संरक्षण अधिकृत मिश्रको अनुमान छ। हाल आरक्षमा पाटेबाघको सङ्ख्या पहिलेको तुलनामा केही वृद्धि भएको अनुमान छ। छिमेकी चितवन राष्ट्रिय निकुञ्ज र भारतीय वाल्मीकि टाइगर रिजर्भबाट अस्थायी विचरणका लागि आउने बाघहरूको सङ्ख्या एक वर्षयता वृद्धि भएको छ। “बाघहरू स्थायीरूपमा बस्न सक्ने वातावरण तयार भइरहेको छ,” आरक्षका कर्मचारीहरूले बताए ।
रैथाने हात्तीको बासस्थानको रूपमा प्रख्यात पर्सा वन्यजन्तु आरक्षमा ३२ प्रजातिका स्तनधारी, ३७० प्रजातिका चराचुरुङगी, ३१ किसिमका पुतली, १० प्रजातिका सरिसृप साथै जङगली हात्ती, गौरीगाई, पाटेबाघ, गैंडालगायतका वन्यजन्तुहरू पाइन्छन्।
यद्यपि यस आरक्षको पर्याप्त प्रचारप्रसार र पर्या पर्यटनको पूर्वाधार विकास भने सन्तोषजनकरूपमा हुन सकेको छैन। यसको मुख्य कारण यसतर्फ ध्यान दिने सम्बन्धित सरोकारवाला पक्षहरूको दूरदृष्टि नपुग्नु नै हो।
प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास भएमा पर्सा वन्यजन्तु आरक्ष सबैखाले पर्यटकको लागि गन्तव्यस्थल बन्न सक्नेमा द्विविधा छैन। तथापि यसतर्फ चासो दिनेहरूको भने अभाव खटकिएको छ।
धार्मिक पर्यटकका लागि दुग्धेश्वर महादेव–भाथा, घोडामचान बाबा, लौकिक दह, हलखोरिया दह, काँटघाट बाबा, सुकिभारमाई, जीराभवानीमाई, बागमोर्चामाई, लाटोमाई, चुरियामाई, आमोदेहीलगायतका धेरैवटा ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थलहरू छन्। आरक्ष आसपासका क्षेत्र गढीमाई, विन्ध्यवासिनीमाईलगायतलाई एउटै प्याकेजमा जोड्न सके अझ राम्रो हुने देखिन्छ।
त्यसैगरी ऐतिहासिक थारूबस्ती, शिकारीबास, गुरुङबस्ती–रामनगर, मगर समाज–सुन्दर टोल, लामा, तामाङ, नेवारबस्ती, चेपाङ र भोटे बस्तीहरूको माझमा अव्यवस्थित आरक्ष सांस्कृतिक पर्यटकका लागि पनि मुलुकका अन्य निकुञ्ज, आरक्षभन्दा महत्त्वपूर्ण स्थलको रूपमा विकास गर्न सकिन्छ।
आरक्षस्थित कामिनी दह र अमलेखगंजको ऐतिहासिक धाराको महत्त्व पनि कम छैन। यसलाई उजागर गर्दै संरक्षण र संवद्र्धन गर्न जरुरी छ।
आरक्षनजिकै वीरगंज–पथलैया औद्योगिक क्षेत्र, श्रीसिया सुख्खा बन्दरगाह, सिमरा हवाई अड्डा, भारतीय बजार रक्सौल, रेलवे जक्सन, भिखनाठोरी रेलवे स्टेशनलगायतका महत्त्वपूर्ण स्थलहरू नजिक पर्ने भएकोले स्वदेशी तथा विदेशी औद्योगिक तथा आर्थिक पर्यटक एवं खोज अनुसन्धानकर्ताहरूका लागि पर्सा वन्यजन्तु आरक्षलाई गन्तव्यस्थल बनाउन सहज छ।
आरक्षलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके आसपासका जिल्लाहरू पर्सा, बारा, मकवानपुरका बासिन्दाहरूका लागि स्वरोजगारका ढोकाहरू प्रशस्तै खुल्नेछन्। पर्यटकबाट स्वदेशी तथा विदेशी मुद्रा आर्जन हुने भएकोले यस क्षेत्र समुन्नतिको बाटोमा उक्लन समय लाग्दैन।
यसको योजनाबद्ध विकासतर्फ राजनीतिक दल, सामाजिक सङ्घसंस्था, स्थानीय निकाय र जिल्लाबासीको समेत ध्यान गएको पाइँदैन।
हुनत निकुञ्ज वा आरक्ष क्षेत्रलाई मानव चहलपहल हुने स्थानको रूपमा विकसित नगर्नु नै वन तथा वन्यजन्तु संरक्षणको लागि उचित हुने विज्ञहरूको सुझाव बेलाबखतमा आउने गरेको छ। यसको ठीकविपरीत पछिल्लो समयमा संरक्षणको विकासलाई हेर्ने हो भने विश्वका ठूल्ठूला संरक्षित क्षेत्रहरू मानव र वन्यजन्तुमैत्री बन्दै गइरहेका छन्। जसले गर्दा मानव र वन्यजन्तुबीच मैत्रीपूर्ण भावनाको विकास भइरहेको पाइन्छ। यसो हुँदा वन्यजन्तुहरू मानव देख्दा भाग्न वा बिच्किन छाडेका छन्। आसपास क्षेत्रका बासिन्दाहरूलाई आरक्षको संरक्षणप्रति चेतनशील र सरकारी सुरक्षा प्रणालीलाई चुस्त बनाउन सके चोरी तस्करी स्वत: नियन्त्रण हुन्छ र संरक्षित क्षेत्रप्रति प्रभावित क्षेत्रका बासिन्दाहरूको झुकाव बढ्नेछ। सोही भावनाअनुरूप हाम्रो मुलुकमा मध्यवर्ती क्षेत्रको अवधारणा लागू भएको हो। पर्सा वन्यजन्तु आरक्ष पनि मध्यवर्ती क्षेत्र घोषणा भएको ८ वर्ष बितिसकेको छ।
मध्यवर्ती क्षेत्रको अवधारणा तथा मर्म प्रभावित क्षेत्रका बासिन्दाहरूमा संरक्षणप्रति सकारात्मक भावको विकास गर्नु, संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु तथा संरक्षित क्षेत्र र प्रभावित क्षेत्रबीचको द्वन्द्व न्यूनीकरण गर्नु हो। वन तथा वन्यजन्तु प्रभावित बासिन्दालाई स्थानीय विकास निर्माणसाथै स्वरोजगारको वातावरण बनाइदिन सके मात्र संरक्षण क्षेत्रसँगको द्वन्द्व कम गर्न सम्भव छ।
पर्यटन क्षेत्रको विकासबाट स्थानीय विकास र स्वरोजगार दुवै दिन सकिन्छ । “वन र वन्यजन्तुका कारण पर्यटन विकास भएको हो र पर्यटकको कारण हामी स्वरोजगार छौं” भन्ने भावनाको विकास आरक्ष प्रभावित क्षेत्रका बासिन्दाहरूमा महसुस गराउन सकेमा संरक्षणप्रति उनीहरूको भावनात्मक लगाव बढ्नेछ।
पर्सा वन्यजन्तु आरक्ष आसपासका क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको भए तापनि यसको क्षेत्रमा पर्यटन विकास नहुँदा आरक्ष तथा मध्यवर्ती क्षेत्रप्रति नै सर्वसाधारणको वितृष्णा जाग्न सक्ने खतरा बढ्दो छ।
पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र स्थापनाको मुख्य उद्देश्य धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण, जनसहभागितात्मक संरक्षण तथा व्यवस्थापन र पर्या पर्यटन विकास गरी स्थानीयस्तरमा आयआर्जन बढाउने हो। यससँगै रैथाने जङगली हात्ती तथा तिनको बासस्थान संरक्षण गर्ने, चारकोसे झाडी एवं भावर क्षेत्रको संरक्षण र व्यवस्थापन गर्ने एवं चुरिया क्षेत्रको संरक्षण गरी तराई–मधेसको खेतीयोग्य उर्बरा भूमिलाई जोगाइराख्नु पनि हो।
उद्देश्य बृहत् भएपनि योजना कार्यक्रम र लगानी भने बृहत् हुन सकेको छैन। मध्यवर्ती क्षेत्र घोषणा भएपछि प्रशासनिक, प्राविधिक र व्यावहारिकरूपले पनि आरक्षले हेर्नुपर्ने क्षेत्र वृद्धि भएको छ। तर आरक्षमा जनशक्ति भने थप भएको छैन। मौजुदा दरबन्दीका कर्मचारीहरूले नै संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्र हेर्नुपर्दा समस्या सृजना भइरहेको आरक्षका कर्मचारीहरू बताउँछन्।
पर्सा वन्यजन्तु आरक्षको संरक्षणमा खटिएका सेनालाई अति आवश्यक पिउने पानीको व्यवस्थासमेत छैन। चारभैया र महादेव खोला पोस्टका सेना एवं आरक्ष कर्मचारीहरूले पिउने पानी ओसार्न दिनहुँ पाँच घण्टाभन्दा बढी समय खर्चिनुपरेको छ। उनीहरूलाई आवश्यक आवासको व्यवस्था हुन सकेको छैन।
पूँजीबिना ज्ञान, सीप र श्रमले मात्र पर्यटन विकास सम्भव छैन
जङगली जनावरहरूलाई पिउने पानीको स्रोत छैन। वन्यजन्तुबाट भौतिक, मानवीय तथा बालीनालीको क्षति बेहोरिरहेका आसपासका बासिन्दाहरूलाई आरक्षको तर्फबाट उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सकिएको छैन।
यी सबै व्यवस्थाका लागि लगानीको आवश्यकता पर्छ। आरक्षमा पर्यटन विकास नभइसकेकोले मध्यवर्ती क्षेत्र विकास परिषद्सँग बजेट छैन। आरक्ष तथा निकुञ्ज विभागले एकैपटक ठूलो रकम खर्च गर्न सक्दैन। अन्य निकाय भने ‘आरक्षमा हामीले किन लगानी गर्ने’ भन्दै मुन्टो बटार्छन्।
प्रशस्त लगानी हुने हो भने आरक्षको कायापलट गर्नसक्ने योजनाहरू धेरै छन्। जसले आरक्ष तथा आरक्ष प्रभावित क्षेत्रलाई वरदान साबित हुनेछ।
जस्तै कामिनी दह कृत्रिम दह हो, त्यहाँ टाढाबाट सानो पाइपमा पानी ल्याएर खसालिएको छ। पानी पिउनका लागि कामिनी दहमा कुनै बेला त जङगली जनावरहरूको भीड नै लाग्ने गर्दथ्यो।
त्यसैगरी विस्थापित बस्ती रामभौरीभाथा क्षेत्रमा ताल कार्यक्रम अन्तर्गत थोरै लगानीमा केही कामहरू भएका छन्। बस्तीका बासिन्दाहरूले खनेको पोखरीलाई संरक्षण गरी टयाङकरमा पानी ओसारेर हालियो। उक्त पोखरीमा गोही ल्याएर छोड्ने योजना छ। पोखरीमा माछाको भुरा छोड्ने र खाली जमीनमा जनावरले मन पराउने किसिमका भुइँ घाँसको बीउ छर्न सके जनावर आपैंm आकर्षित भई आउँछन्।
आरक्ष आसपासको ग्रामीण क्षेत्रसम्म सहजै आवतजावत गर्नसक्ने बाटोको व्यवस्था, स्वास्थ्य, सञ्चार, सवारीको व्यवस्था भएमा पर्यटक आकर्षित हुनेछन्। नजिकका गाउँहरूमा होमस्टेको अवधारणा अनुरूप सुवर्णपुर गाविसका केही टोलहरूमा होमस्टेको सुरुआत पनि हामीले गरेका छौं। लगानीबिना जनश्रम र जानेका सीपबाट सम्भव भएका कामहरू हामीले गरिरहेका छौं तर जहाँ लगानीको कुरा आउँछ, त्यहाँ हामीले हात उठाउनुको विकल्प छैन।
पर्यटन विकासमा अझ महत्त्वपूर्ण कुरा सञ्चार हो। हामीले पहिला सञ्चारलाई आरक्ष चिनाउन सक्नुपर्यो। अनि सञ्चारकर्मीले आरक्षबारेमा सबैलाई चिनाउने
छन् भन्ने मेरो मान्यता हो। सञ्चारलाई लक्षित गरी गर्नसक्ने परिकल्पनाहरू हामीसँग धेरै छन्, तर संचारलाई लक्षित गरि योजना तथा कार्यक्रमहरू आरक्षमा आएको जस्तोमलाई लाग्दैन।”
“पर्यटन पूर्वाधार निर्माणको अभावमा पर्यटक आगमन न्यून छ। मकवानपुर क्षेत्रमा आरक्ष कर्मचारी तथा सुरक्षा पोस्टहरू कम छन्। आरक्षभित्र गस्ती एवं अवलोकनका लागि सडकहरू छैनन्। आधाभारदेखि निर्मलबस्तीको पानीटङकी पोस्टसम्मको फायरलाइन र महादेव पोस्टदेखि भाथासम्मको सडक मात्र काम लाग्ने खालको छ। तीनवटा जिल्ला पर्सा, बारा र मकवानपुरको लागि प्रशस्तै सम्भावना बोकेको पर्सा वन्यजन्तु आरक्षप्रति सम्बन्धित र सरोकारवाला दुवै पक्षको ध्यान गएको पाइँदैन।