मेन्टेनेन्स नापी कार्यालय पर्साका एक नापी अधिकृतलाई सेवाग्राहीले कार्यकक्षमैं थुनिदिएपछि प्रहरीले उद्धार गर्यो । साबिक बिटोरीको जग्गा नयाँ नापीपछि हालसाबिक गर्न नापी कार्यालय धाइरहेका सेवाग्राही जग्गाधनीलाई यो मिलेन र त्यो मिलेन भन्दै लामो समयदेखि नापीका अधिकृतहरूले दु:ख दिइरहेका थिए । साबिक जग्गामा नापी गोश्वाराले पुन: नापी गरेपछि हाल साबिक गर्नुपर्छ । पुरानो पद्धति अनुसार सा·लो वा फित्ता–इन्च–टेपले नापेर नक्सा बनाएका जग्गाहरूलाई नापीको आधुनिक प्रणाली अन्तर्गत ट्रिगोनमिटर सिस्टमद्वारा पुन: नापी गर्ने र नयाँ नक्सा बनाउने कार्य मुलुकभर नै भइरहेको छ । यस प्रणालीमा सबै खाले जग्गाको नाप स्केल फरकफरक नभई समान हुन्छ, अर्थात् मुलुकको जुनसुकै स्थानको जग्गा भए पनि वर्गमिटरमा रूपान्तरण गरिन्छ । पुरानो नापनक्सा स्केलमा रहेका र पुरानो अवस्थामा जुनसुकै तरिकाले कागज प्रमाण बनेको भए तापनि जग्गाहरूको हकभोग,नापनक्सा र कागज पुर्जा एकापसमा नबाझिनेगरी नयाँ प्रणालीमा ढाल्नु नै हाल साबिक हो । पुरानो लालपुर्जा भएको जग्गा, ऐलानी हकभोग, स्ववासी, बिटौरी सबै किसिमका जग्गाहरूको हालसाबिक गर्ने काम मेन्टेनेन्स नापी कार्यालयको हो ।
हाल साबिक गर्दा पुरानो कागजपत्रमा उल्लेख भए अनुसारको क्षेत्रफल र हाल नापी गर्दा निस्कने क्षेत्रफलको बेमेल नै नापीका अधिकारीहरूले सेवाग्राहीलाई ठग्ने आधार बनाउने गरेका छन् । लाल पुर्जा वा भोगचलन कागजमा उल्लेख गरेभन्दा हालको हकभोग जग्गा क्षेत्रफल बढी देखिएका सेवाग्राहीहरू नापी कार्यालयका अधिकृतहरूका लागि दुहुनो गाई हुन् । त्यसो भएन भने आसपासका छिमेकी संधियारहरूको दाबी विरोधको बहाना बनाएर पनि सेवाग्राहीलाई दु:ख दिने गर्छन् । त्यति मात्रै होइन नापीले एकपटक हालसाबिक गरेर पुर्जा दिइसकेको जग्गामा अर्को कुनै व्यक्तिले ‘यसमा त मेरो अधिकार लाग्छ’ भनेर प्रमाणबिनाकै उजुरी दिए पनि लालपुर्जाधारी व्यक्तिलाई पत्राचार गरेर दु:ख दिने गरिन्छ । एउटा कार्यालय प्रमुखले दिएको पुर्जालाई अर्कोले औंलो देखाउने र एउटा अधिकृतले गरेको कामलाई अर्कोले कुदृष्टिले हेरेर सेवाग्राहीलाई दु:ख दिने काम नापी कार्यालयको रोग नै बनेको छ ।
यसरी दु:ख पाइरहेका सेवाग्राहीहरू पर्सा नापी कार्यालयमा दिनहुँ प्रशस्तै भेटिन्छन् । जिल्लाका दूरदराज गाउँबाट आउने सेवाग्राहीको सोझोपना, सीधापना र पहुँचविहीन अवस्थाबाट कर्मचारीहरूले फाइदा उठाइरहेका छन् । हालसाबिक गरी जग्गाधनी पुर्जा नपाए भोलि अर्को समस्या आउने तथा जग्गा असुरक्षित हुन सक्ने भयले जग्गाधनीहरू जतिसुकै दु:ख, कष्ट एवं आर्थिक नोक्सानी पनि सहेर हालसाबिक गराउन लाग्छन् । नियम कानुन अनुसार आफूले पाउनुपर्ने अधिकारको खोजीतर्फ नलागेर उनीहरू कर्मचारीको जीहजुरीतर्फ लाग्न बाध्य हुन्छन् । आफ्नो पर्याप्त प्रमाणको आधारमा आफ्नो जग्गा आफ्नै नाममा हालसाबिक गर्न पनि यत्रो झन्झट बेहोर्नुपर्दा झोंक नचल्ने सेवाग्राही शायद नै होला, तर उनीहरूले त्यसलाई दबाएर राखेका हुन्छन् । नगर क्षेत्रका एक सचेत सेवाग्राहीले दु:ख दिने अधिकारीलाई कार्यकक्षमा थुनेर आफ्नो झोंक तथा आक्रोश प्रकट गरेका छन् । उनको यो आक्रोश पीडित सेवाग्राहीको भावनाको प्रतिबिम्ब हो । तर उनले असन्तुष्टि जनाएको शैली सभ्यपरक भने कदापि मान्न सकिन्न ।