वन विनाशले कस्तो विभीषिका ल्याउँछ भन्ने कुरा वीरगंजमा सञ्चालित एउटा कार्यक्रममा वातावरणविदहरूले प्रस्तुत गरेको तथ्याड्ढबाट प्रस्ट हुन्छ । उक्त कार्यक्रममा हामीले दैनिक उपभोगबाट उत्सर्जन गरेको कार्बनडाइआक्साइड आफ्नो स्वाभाविक मात्राबाट झन्डै १०० पिपिएम बढेको बताइएको छ । यो वृद्धि यसै मात्रामा भइरहने हो र कार्बन डाइआक्साइड शोषण गर्ने हरियाली दिन प्रतिदिन नाश भइरहने हो भने ८० वर्षपछि वातावरणमा पिपिएमको मात्रा सात सयदेखि आठ सयसम्म बढ्ने छ र त्यसको परिणामस्वरूप अहिले अचाक्ली गर्मी हुँदा ४२० सेल्सियस पुग्ने वीरगंजको तापमान ८७० सेल्सियस पुग्नेछ । अर्थात् आजको अधिकतम तापमानको ठीक दोब्बर । अहिले सामान्य अवस्थामा वीरगंजको तापक्रम ३६० सेल्सियस र असामान्य अवस्थामा ४२० पुग्ने गर्दछ । ६ डिग्री तापमान बढ्दा वीरगंजबाट लामखुट्टे गायब हुन्छ, हामी घरबाहिर निस्कन हच्किन्छौं । बजार सुनसान हुन्छ । यो तापमान ८७० पुग्यो भने हालत कस्तो होला अनुमान लगाउन गार्हो छैन । विडम्बना के छ भने तापमानमा वृद्धिको कारण हामीले वातावरणमा उत्सर्जन गर्ने कार्बनडाइआक्साइड हो ।
हामीले स्वेच्छाले साँस फेर्दादेखि एसी चलाउँदासम्म, भोजन पकाउँदादेखि सवारी साधन चलाउँदासम्म, कलकारखाना सञ्चालनदेखि नचाहेर हुने आगलागीजस्ता घटनाबाट कार्बनडाइआक्साइड उत्पन्न हुन्छ । अर्थात् हामी कार्बनडाइ आक्साइडको उत्पादन रोक्न सक्दैनौं । वीरगंज वा नेपालको आजको अवस्थामा कार्बनडाइआक्साइडको उत्पादन त्यति मात्रामा भइरहेको छैन, जति अन्य विकसित देश र शहरहरूले गर्दछन् । भनाइको तात्पर्य के हो भने यो शहर, यो देश जति विकसित हुँदै जान्छ, जीवनयापनमा जति धेरै सुविधा, सम्पन्नता थपिंदै जान्छ, त्यही मात्रामा यहाँको तापक्रम पनि बढ्दै जान्छ । हामी सभ्य हुनबाट पछि हट्न सक्दैनौं । अनि के हामी अत्यधिक तापक्रममा भुटभुटिएर मर्छौं त ? हुन सक्दछ त्यस्तै होस्, यदि हामीले वन जोगाएनौं, हरियाली नाश गरेर धन कमाउने लोभ छाड्न सकेनौं भने । वन जोगाउनुको अर्थ चारकोसे झाडी जोगाउनु मात्र होइन, आफ्नो घर, शहरलाई पनि हरियो बनाउनु हो । शहरमा प्रशस्त मात्रामा खाली जग्गाहरूमा हरियो रूख रोपेर, राष्ट्रिय वनको संरक्षण गरेर, साझेदारी–निजी वनको अवधारणालाई हृदय·म गरेर यो लक्ष्य प्राप्त गर्न सकिन्छ ।
हरियो वन कार्यक्रमले गाविस तथा जिविसलाई जलवायु परिवर्तनका कारण हुने सड्ढट मूल्याड्ढन तथा सहभागितामूलक अनुगमन सिकाउन वीरगंजमा दुई दिने तालिम शुरु गरेको छ । तालिम त नेपालमा हरेक घण्टा भइरहेको छ, प्रतिफल भने त्यही बालुवामा पानी हाले सरह । किनभने तालिम अनुसार आचरण भइरहेको छ कि छैन भन्ने कुराको अनुगमन कसैले गर्दैन । विदेशले पैसा दिन्छ, पैसा खर्च गरिदिनुपर्छ, कार्यक्रमको आयोजना गर्यो, केही मानिसलाई सिकायो, सिद्धियो । प्रत्येक गाविसमा खाली ठाउँमा कम्तिमा ५०० रूख लगाई हुर्काउने जिम्मा दिइयोस् र त्यसको कडाइका साथ अनुगमन गरियोस् भने केही कारण छैन, दस वर्षमा पिपिएमको मात्रा कम गर्न नसकियोस् । विडम्बना त के छ भने जसले बढी वन विनाश गर्छ ऊ शक्तिशाली राजनीतिक पार्टीको मन परेको कार्यकर्ता बन्छ । र गाउँघर, शहरमा बोली बिक्ने राजनीतिक कार्यकर्ताहरूको हो । अनि कसरी वन जोगिन्छ, वन लगाउने कुरा त पछिको हो ।