सत्ताका लागि विश्वमा धेरैपटक युद्ध भएको छ, युद्धमा नरसंहार हुनु स्वाभाविक कुरा हो । तर आजको मानव समाज तटस्थ भएर नरसंहारको साक्षी बन्नु चाहिं उदेकलाग्दो कुरा हो । सिरियामा जारी गृहयुद्धमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने हालै इजिप्टमा शुरु भएको सत्ता सङ्घर्षमा सैकडौंको मृत्यु भएको छ । भइसकेको मृत्युको कसैले भर्पाई गर्न सक्दैन तर यी युद्ध नरोकिने हो भने अझ लाखौंको ज्यान जान सक्ने अवस्था देखिएको छ । आज विश्वव्यापीकरणको युगमा, एउटा भूगोलमा भइरहेको नरसंहारमा विश्व समाज तटस्थ बसिरहन्छ भने त्यसलाई मानवतामाथि कलड्ढ नै भन्न सकिन्छ । यद्यपि यस्ता कुरामा हस्तक्षेप कसले गर्ने भन्ने कुरा विवादको विषय रहिआएको छ । अफगानिस्तान वा इराकमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गर्यो, त्यसको आलोचना भइरहेको छ, विश्व संस्था–संयुक्त राष्ट्र सङ्घ स्वयं त्यति सबल छैन कि उसले आफैं हस्तक्षेप गर्न सकोस् । संयुक्त राष्ट्र सङ्घको आफ्नो सिमाना र अधिकार छ । उसको सामथ्र्य भनेको सदस्य राष्ट्रहरू हुन्, जो यस्ता घटनाबाट आफ्नो कूटनीतिक प्रभाव बढाउन चाहन्छन् ।
सिरियामा वर्तमान शासकको राजीनामाको मागबाट आजभन्दा तीन वर्षपहिले शुरु भएको सङ्घर्ष गृहयुद्धमा परिणत भइसकेको छ । सामान्य नागरिक हक माग गर्दा जब एक पक्ष–सरकारबाट, हतियार प्रयोग गरिन्छ अनि अर्को पक्षले पनि हतियार उठाउनुपर्ने बाध्यता आइलाग्छ । दुवैथरीबाट हतियार प्रयोग हुँदा असीमित मानिसको ज्यान जान्छ । सिरियामा त्यही भइरहेको छ । तानाशाह शासकको राजीनामा माग गर्दै सङ्घर्षमा ओर्लेको जनतामाथि बशर–अल–असदका सैनिकले जब गोली प्रहार गर्न थाल्यो सङ्घर्षरत जनताले पनि आफ्नो सुरक्षाका लागि हतियार उठायो । इजिप्टमा पनि संविधानसभा निर्वाचनबाट स्थापित राष्ट्रपतिलाई सेनाले पदच्युत गर्यो, मोर्सी समर्थक नागरिक विरोधका लागि सडकमा उत्रे र इजिप्टेली सेनाको गोली खाए । मोहम्मद मोर्सी यद्यपि निर्वाचित भएर राष्ट्रपति बनेका थिए तर
राष्ट्रका लागि संविधान बनाउन राष्ट्रपति भएका उनले आफ्नै हितमा संविधान मस्यौदा तयार गर्न लगाएको भनेर पहिले विपक्षीहरूले उनको राजीनामाको माग गर्दै सडक सङ्घर्ष थाले । सडक सङ्घर्षमा थुप्रैको ज्यान गएपछि सेनाले हस्तक्षेप गरेर मोर्सीलाई हिरासतमा लिएर प्रधानन्यायाधीशको नेतृत्वमा कामचलाउ सरकार नियुक्त गर्यो जसको विरोधमा मोर्सी समर्थक उत्र्यो र १०० जनाले सेनाको गोली खाए ।
यो दु:खदायी अवस्था हो । यस कारणले मात्र होइन कि मानिस मरिरहेका छन्, जो जीवित छन् उनको पनि बिचल्ली भइरहेको छ । युद्ध–विक्षिप्त जनता भागेर छिमेकी देश पुगिरहेको छ, जसको आवास र जीवनयापन दोस्रो सरकारको लागि अनावश्यक भार बन्न पुगेको छ । लामो गृहयुद्धले गर्दा करोडौं मानिसको शिाक्षा, स्वास्थ्य प्रभावित भइरहेको छ । यस विषयमा हस्तक्षेप गर्ने संरासङ्घलाई अब पुनर्गठित गरी विश्व सरकारको अवधारणाबाट सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भइरहेको छ । अहिलेको अवस्थामा पाँच स्थायी सदस्यमध्ये कसैले निषेध मत प्रयोग गर्दा संयुक्त राष्ट्र सङ्घको सबै कोशिश बेकाम हुन्छ । र भनिरहनुपर्दैन, पाँच ठूला स्थायी सदस्य राष्ट्रहरूको आआफ्नो स्वार्थ छ । कसैको राष्ट्रिय स्वार्थको बलिबेदीमा किन लाखौं मानिसले आहुति दिने ? किन विश्व समाजले प्रभावकारी हस्तक्षेप नगर्ने, कहिलेसम्म नरसंहारको तटस्थ साक्षी बनिरहने ?