प्रस, वीरगंज, १४ साउन/
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीले वार्ता कमिटी गठन गरेर वार्ता नगर्नु अध्यक्ष वैद्यको अवैध कार्य भएको बताएका छन् ।
देशव्यापीरूपमा प्रशिक्षण शिविर चलाउँदै आउने क्रममा आज वीरगंज आएका अध्यक्ष थापाले नेकपा–माओवादीका अध्यक्ष वैद्यले चुनाव बिथोल्न खोज्नु गलत भएको बताए । उनले जनताको मत दिने अधिकारलाई कुण्ठित पार्ने गरी गरिने भौतिक आक्रमण गलत भएको दाबी गरे । उनले नेकपा–माओवादीविरुद्ध एमाओवादीको वाईसीएल परिचालन गर्ने धम्की पनि गैरकानुनी भएको बताए । अध्यक्ष थापाले धम्कीको भाषाबाट आगामी संविधानसभा चुनाव हिंसात्मक हुनसक्ने बताए । उनले चार दल र त्यसमा पनि एमाओवादी चुनावप्रति इमानदार नभएको आरोप लगाए । चुनाव बहिष्कार गर्ने दलहरूलाई वार्ताको माध्यमबाट चुनावमा सहभागी गराउनुपर्नेमा सेना र वाईसीएल परिचालन गर्ने धम्की दिनु सरासर गलत भएको उनको ठम्याइ थियो ।
अध्यक्ष थापाले चार दलीय संयन्त्रको कारणले अन्य दलहरू चुनावमा सहज सहभागी हुने अवसरबाट वञ्चित भइरहेकाले अवैधानिक चार दलीय संयन्त्रको खारेजीको माग गरे । उनले चार दलीय संयन्त्रबाट गरिने गोलमेच सम्मेलनबाट पनि निकास ननिस्कने हुँदा राष्ट्रपति वा सरकार प्रमुखबाट गोलमेच सम्मेलनको आयोजना हुनुपर्ने बताए । अध्यक्ष थापाले आफ्नो दलले विगत तीन वर्षदेखि निर्वाचनको माग गर्दै आएको हुँदा असहज परिस्थितिका बावजुद पनि चुनावमा जाने बताए । उनले आगामी चुनावलाई राप्रपाले ऐतिहासिक अवसरको रूपमा लिएको र सबैखाले सड्ढटको चक्रब्यूहबाट निस्कने एकमात्र बाटो भएको हुनाले चुनावको तयारीमा युद्धस्तरमा लागिपरेको पनि बताए ।
अध्यक्ष थापाले विगत ७ वर्षदेखि नेपालमा गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता असफल साबित भएको र त्यसैलाई डोर्याउने कार्यमा चार दल लागिपरे पनि राप्रपा नेपालले लिएको धर्म सापेक्षता, राजासहितको प्रजातन्त्र र राष्ट्रियताको सवालमा जनाकर्षण बढेको हुनाले २०४६ सालको आन्दोलनपछि जनमत पाएको काङ्ग्रेस, २०६३ को आन्दोलनपछि जनमत पाएको एमाओवादीपछि आगामी संविधानसभा चुनावमा राप्रपा नेपालले जनमत हासिल गर्ने दाबी गरे । उनले राप्रपा नेपाल परिवर्तनकारी शक्तिको रूपमा देखापरेकोले एक तिहाइ सिट हासिल गर्ने दाबी पनि गरे ।
उनले राप्रपा नेपालले देशव्यापीरूपमा प्रशिक्षण सञ्चालन गरेको र वीरगंजपछि पूर्वाञ्चलमा प्रशिक्षण सञ्चालन हुने बताए । गोरखाबाट राष्ट्रिय एकीकरण अभियान पृथ्वीनारायण शाहले सञ्चालन गरेकाले सोही भूमिबाट चुनावको अवसरमा एकीकरणको सन्देश दिन भदौ २६ गतेदेखि राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने र ७५ जिल्ला पुग्ने अध्यक्ष थापाले बताए ।
त्यस्तै कात्तिक ४ देखि ११ गतेसम्म हिन्दू राष्ट्रको लागि देशव्यापीरूपमा साताव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने पनि उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष राजीव पराजुली, केन्द्रीय सदस्य शम्भुप्रसाद चौरसिया, जिल्ला अध्यक्ष रामचन्द्र चतुर्वेदीलगायतको उपस्थिति थियो ।