- उमाशङ्कर द्विवेदी
भगवान् रामचन्द्रको परम पवित्र गाथा साक्षात् भगवान् शड्ढरले आफ्नी प्रेयषी आदिशक्ति पार्वतीलाई सुनाएका थिए । यो आख्यान ब्रह्माण्डपुराणको उत्तरखण्ड अन्तर्गत आएको छ । यसमा परम रसायन रामचरित्रको वर्णन गर्ने क्रममा विभिन्नथरीका प्रस· प्रस्तुत गरेर भक्ति, ज्ञान, उपासना, नीति र सदाचारसम्बन्धी दिव्य उपदेश दिइएको छ । विविध विषयहरूको विवरण रहेपनि यसमा प्रधानता अध्यात्म तत्त्वको विवेचन रहेको हुनाले नै यसलाई ‘अध्यात्म रामायण’ भनिएको छ । अध्यात्म रामायण मूलत: संस्कृत भाषामा रहेको भएपनि विभिन्न कालक्रममा यो विभिन्न लोकभाषाहरूमा पनि भावानुवाद, शब्दानुवाद, छायानुवाद जस्ता अनुवादहरू गरिएका पाइन्छन् । यहाँ भानुभक्त आचार्यद्वारा अध्यात्म रामायणको नेपाली भावानुवाद तथा मुकुन्द आचार्यद्वारा भानुभक्तीय अध्यात्म रामायणको भोजपुरी भाषामा शब्दानुवादको चर्चा गर्ने प्रयास गरिएको छ ।
अयोध्याकाण्डको एउटा प्रस·को मूल अध्यात्म रामायणको संस्कृतका श्लोकहरू निम्न छन्–
इत्युक्त्वा बहुशो नत्वा स्वानन्दाश्रुपरिप्लुत: ।
उवाच वचनं राम ब्रह्मणा नोदितोऽस्म्यहम् ।।
रावणस्य वधार्थाय जातोऽसि रघुसत्तम ।
इदानीं राज्यरक्षार्थं पिता त्वामभिषेक्ष्यति ।।
यदि राज्याभिसंसक्तो रावणं न हनिष्यसि ।
प्रतिज्ञा ते कृता राम भूभारहरणाय वै ।। (अ.रा., अ.कां. प्रथम सर्ग ३२/३३/३४) अर्थात् नारदजीले आनन्दाश्रुपुरित आँखा लिएर भन्नुभयो– हे रघुश्रेष्ठ, मलाई ब्रह्माजीले पठाउनुभएको छ । तपाईंको अवतार रावणको वधका निम्ति भएको थियो । तर, अब पिता दशरथले तपाईंलाई राज्यशासनको लागि अभिषिक्त गर्न लाग्नुभएको छ । अत: हे राम, यदि राज्यभोगमा आशक्त भएर तपाईंले रावणलाई मार्नुभएन भने पृथ्वीको भार हरण गर्ने तपाईंले जुन प्रतिज्ञा गर्नुभएको थियो त्यसको के हुने हो ? यसै प्रस·लाई भानुभक्त आचार्यले निम्नानुसार अनुवाद गरेका छन्–
बिन्ति गर्नु कुरो थियो मन विषे बिन्ती गर्या त्यो पनी ।
ब्रह्माको बिन्ति लिई हजुरमा आइ रहयाँछू भनी ।।
भूको भार म दुष्ट मारि हरुँला जान्छु अयोध्या महाँ ।
भन्न्या येति वचन् गरी कन हजुर पाल्नू भयेथ्यो यहाँ ।।
यस्तो हो तर गादि दीन दशरथ राजाजिका मन भयो ।
ख्वामित्लेअब राज्यमा भुलिदिया भार हर्नु काम ता रहयो ।।
यसै प्रस·लाई मुकुन्द आचार्यले भोजपुरी भाषामा निम्नानुसार शब्दानुवाद गर्नुभएको छ–
हे परमेश्वर, अपने हइं, सबके अन्तरयामी ।
तहियो राउर आज्ञा से, ब्रह्माजी के संदेश कहतानी ।।
भूभार के हरे खातिर, भगवान् अपने एतहाँ अइनी ।
मानुस रूप धरके अपने, सुन्दर लीला कइनी ।।
अयोध्या में रउआ अउरी, ना भूलेके परल ।
पृथ्वी लोक के राक्षस सब से, खाली करे के परल ।।
एउटै प्रस· तीन भाषामा प्रस्तुत गरेर काव्यको वानगी प्रस्तुत गर्ने प्रयास गरिएको छ । वेदव्यासद्वारा रचित मूल अध्यात्म रामायणको भाषा, रस, वर्णनचातुर्य निर्विवाद अतक्र्य रहेको सर्वविदित नै छ । भानुभक्तको रामायणका पदहरू साहित्यिक अनुशासनको सीमाभित्र छन्, जसको कारणले नेपाली जनमानसमा गेयरूपमा अति लोकप्रिय तथा परम धार्मिक कृतिको रूपमा रहेको छ । यसको रचनाको कारणले नै भानुभक्त आचार्यलाई नेपाली साहित्यको आदिकविको गरिमामय पगरी प्राप्त भएको छ । मुकुन्द आचार्यको भोजपुरी अनुवादको संस्करणको अनुवादक ‘के कथनी’ शीर्षक अन्तर्गत भनिएको छ– छन्द के ज्ञान हमरा ओतना ना भइला से हम खाली अन्त्यानुप्रास मिला के भावानुवाद कइले बानी । छन्दको ज्ञान नभएको स्वीकारोक्ति अनुवादकको नम्रताको परिचायक रहेपनि साहित्यमा काव्य रचनाको क्रममा केवल अन्त्यानुप्रास मिलाएर मात्रै साहित्यिक अनुशासनको पालना गरिएको तथ्य मान्य हुन सक्दैन किनकि शब्दानुशासन, काव्यानुशासन साहित्यमा भएन भने पदलालित्य आउन सक्दैन तथा पदलालित्य भएन भन्ने साहित्यमा रस प्रवाहित हुन सक्दैन र काव्यमा रस नै भएन भने आदि आचार्यहरूका मतानुसार त्यो काव्य नै हुन सक्दैन । आचार्य विश्वनाथका अनुसार– वाक्यं रसात्मकं काव्यम् अर्थात् रसपूर्ण वाक्यहरू रहेको कृतिलाई मात्र काव्य भन्न सकिन्छ ।
मुकुन्द आचार्यको रामायणको अनुवाद साहित्यिक दृष्टिकोणले जस्तोसुकै भएपनि धार्मिक दृष्टिकोणले भने स्तुत्य काम नै मान्नुपर्ने हुन्छ किनभने मरा, मरा भनेर पनि रामको प्रभावले रत्नाकर नामक डाँकु पनि महाकवि वाल्मीकिको रूपले विख्यात भएको उदाहरण जनमानससामु विद्यमान छ । भोजपुरी साहित्यको लागि मुकुन्द आचार्यले रामकाज गर्नुभएकोले उहाँको प्रयासलाई सराहनीय मान्नुपर्छ । भोजपुरी साहित्यको सुरुआतको समयमा यस प्रकारको काम हुनुको प्रयास भविष्यमा कोसेढु·ा साबित हुनेछ भन्ने आशा गर्न सकिन्छ ।