एकाङ्की
दृश्य : काठमाडौं वीर अस्पतालको चोक ।
(पैदलयात्रीलगायत अस्पताल आउने जानेहरूको आवतजावत क्रमश: बढ्दै गइरहेको छ । अस्पतालको मूलगेटदेखि नजिकै सडकपेटीमा एउटी अधबैँशे महिला कसैलाई खोजेजस्तो चारैतिर पल्याकपुलुक हेरिरहेकी छिन् । यतिकैमा अस्पताल छिर्ने गेटैमा उसको एकजना परिचित महिलासित भेट हुन्छ । दुवै प्रसन्न मुद्रामा एकार्काको हात समातेर भलाकुसारीसँगै वार्तालाप शुरू गर्छन् । )
महिला १ : अपुई १ रूपा तँ कता ?
महिला २ : तेरो बाजे, म काठमाडौंमा नै छु नि । बरु तँ चाहिँ कता आइस् नि, भन ?
महिला १ : मेरो बूढो सरुवा भएर त्रिभुवन विमानस्थल आउनु भा’छ । यसैले म बेलाबेलामा काठमाडौं आउने जाने गर्छु ।
महिला २ : (मुख महिला १ को कानैमा लगेर सुस्तरी) भिनाज्युले बोलाउनुहुन्छ कि आपैंm आउने गर्या छस् ?
महिला १ : चुप लाग । तेरो ठट्टा गर्ने बानी अझै गएन है ? ( महिला २ खित्का छाडेर हाँस्छे) अनि तेरो के छ त हाल खबर ? भाइ के गर्दैछ ? छोराछोरी कत्रा कत्रा भए ? कतिमा पढ्दैछन् ?
महिला २ : ए १ उसको त कुरै नगरे हुन्छ । कहिले मलेसिया, कहिले हङकङ यसपालि चाहिँ सि·ापुर पुग्नु भा’छ । एक छोरा, एक छोरी त हो नि । दुवै लिभरपुलमा पढ्दैछन् ।
महिला १ : (महिला २ को कुरा सुनेर द· पर्दै) मोरी, त्यसो त टन्न कमाएछौ नि त, काठमाडौं आएर । हाम्रो त जागिरे मान्छे सधैंको उस्तै । एउटा छोरालाई काठमाडौं राखेर पढाउन पनि सकिने हो कि होइन ।
महिला २ : आम्मै १ एयरपोर्टको जागिरेको स्वास्नीले पनि यस्तो कुरा गर्ने हो ? एयरपोर्ट, भन्सार, राजस्व, शिक्षा मन्त्रालयका कर्मचारीहरूको काठमाडौंमा घर देखिस् भने तँ द· पर्छेस् मोरी ।
महिला १ : होला, तर सबैजना कहाँ एकै हुन्छन् त । हाम्रो त अलिकति पनि दायाँ बायाँ हुनुहुदैन भन्नुहुन्छ । अनि घर चाहिँ कता बनाइस् नि ?
महिला २ : घ....घर ? घर बनाको छैन । घडेरी चाहिँ दुई ठाँउमा लिइराखेकी छु ।
महिला १ : (महिला २ लाई शिरदेखि पाउसम्म राम्ररी नियालेर) मोरी, भन्ने बेलामा टन्न सम्पत्ति कमाएकी छु पनि भन्छेस् । न त गलामा एउटा सिक्री लगाएकी छेस्, न म·लसूत्र । कानमा समेत चार आनाको टप लगाएकी छैनस् । छि १ यसरी किन बुच्चै हिंडेकी ?
महिला २ : कुमारी तँलाई यो काठमाडौं शहरको बारेमा के थाहा । यहाँ त दिउँसै गलाको सिक्री, हार, म·लसूत्र थुतेर लग्छ । कानको लोती नै चुडाउने गरी झुम्का, टप लुछेर लग्छ । यसैले त म बाहिर हिंड्दा बुच्चै हिंड्ने गर्छु । मैले त सिक्री, हार, बाला सबै बैंकको लकरमा राखेर ढुक्क बसेकी छु ।
महिला १ : (महिला २ को कुरा सुनेपछि डरले पल्याकपुलुक हेरेर गलाको सिक्री दोपट्टाले छोप्ने प्रयास गर्दै) अपुई १ हो र ? मलाई त के थाहा । छोपेर पो हिंड्न पर्छ कि क्या हो है रूपा ? अँ मलाई तेरो मोबाइल नम्बर दिइराख त । अर्काेपल्ट केही दिन बस्ने गरी आउँदा तँसँग भेट्न सजिलो हुन्छ ।
महिला २ : (केही क्षण असमञ्जसमा पर्छे । तत्काल केही बोल्न सक्दिन । तर उसले तुरुन्त एउटा निहँु पार्दै) नम्बर त दिनुहुन्थ्यो तर हेर्न मेरो मोबाइल देवघाट नुहाउन जाँदा कता खस्यो खस्यो । नयाँ नम्बर लिनुपर्ने भ्याएकी छैन । आ.........यो काठमाडौं कत्रो नै छ र । यसरी नै कतै न कतै भेट भइहालिन्छ नि ।
महिला १ : (अनायसै के के सम्झे भैंm) अहो १ गफैगफमा समय बितेको पनि थाहा नै भएन । अँ म त मामालाई वीर अस्पतालमा भर्ना गरेको छ भनेको सुनेर हेर्न आएकी । रूपा अहिले म जान्छु है । (अस्पतालतिर प्रस्थान गर्छे ।)
महिला २ : ल ल जा पछि भेटौंला ।
(महिला १ तिर एकोहोरो हेरेपछि स्वयम्सित) सम्पत्ति कमाएको रहेछस् त भनिस् तर कुमारी मेरो वास्तविकता तलाई के थाहा । लोग्ने मुर्दाले कान्छी स्वास्नी टिपेर बेपत्ता भएको पनि यो माघमा ठयाक्कै नौ वर्ष हुन्छ । म एक्ली आइमाईले काठमाडौं जस्तो ठाउँमा बसेर
दुई/दुई वटा छोराछोरी कसरी हुर्काएँ होला मलाई नै थाहा छ । (मोबाइलको घण्टी बज्छ । पर्सबाट मोबाइल झिकेर पहिले नम्बर पढ्छे अनि ) अँ रोजी भन । भात पकाइस् ? के चामल छैन अरे ? पसलबाट एक किलो जति उधारो ल्याएर पकाउन सकिनस् ? के उधारो दिन्न भन्यो रे ? तपाईंको बाँकी ममीले दुई/तीन दिनमा दिनुहुन्छ भन्न । ल ल त्यसो भए पल्लो कोठाको माया आन्टीसित पैंचो मागेर पका । के माया आन्टी कोठामा छैन अरे ? कता मरिछ त्यो माया भन्ने आइमाई ? के घरभेटीले मलाई खोज्दैथ्यो रे ? खोज्न दे । महिना मरेको तीन दिन हुन पाउँदैन पिछा लागिहाल्छ नकचरो बूढो । अँ तँसित पनि त सय/डेढ सय रुपैयाँ देखेकी थिएँ । त्यसैबाट किनेर पकाए पनि त हुन्छ । म चाहिने बेलामा त दिइहाल्ने थिए नि । के मोबाइल रिर्चाज गरिस् अरे ? त्यसो भए दिदीभाइ त्यही मोबाइल आलोपालो चाट्दै बस्नु । अँ धेरै कुरा नगर राख । (मोबाइल पर्समा राख्दै) खानलाई घरमा दालचामल होस् कि नहोस् मोबाइल बोक्नै पर्ने । अब यहाँ पनि कतिञ्जेल बस्नु । आज खोई कसको अनुहार हेरिएछ नि । अहिलेसम्म एक गिलास चिया खुवाउने मुर्गासमेत भेटेको छैन । आफूलाई भने भोक लागिसक्यो । (यति नै बेला यात्रु जस्तो देखिने यस्तै पैसठ्ठी/सत्तरी वर्षको बूढोले महिला २ लाई पछिल्तिरबाट बोलाउँछ ।)
वृद्ध मानिस : ए नानी १ ए छोरी १ यता सुन सुन ।
महिला २ : छोरी भनेर बोलाउने फेरि को ? (फर्केर हेर्दा उसले एकजना वृद्ध मानिसलाई आफूपछाडि झोला हातमा लिएर उभिएको देख्छ । महिलाले वृद्धलाई राम्ररी नियाल्छ र रहस्यमय मुस्कान छर्दै) ए, काका दर्शन १
वृद्ध मानिस : काका १ तर मैले त तिमीलाई चिनिनँ नी नानी ?
महिला २ : काका पनि....... । नचिन्नु भएको भए त्यति माया गरेर नानी छोरी पक्कै भन्नुहुन्नथ्यो होला । काका घरतिर काकी, भाइबहिनीहरू सबैलाई सञ्चै छ होइन त ?
वृद्ध मानिस : (स्वयम्सित) काका भन्छे । घरतिरको हालखबर पनि सोध्छे । होइन, यो केटी को हो ? मैले त ठम्याउनै सकिनँ बा ।
महिला २ : कहाँ बाटोमा बस्नुभएको । उ पर चिया दोकानमा हिंड्नोस् । बूढो मान्छे यतिञ्जेल एक गिलास चियासमेत खान पाउनुभएको छैन होला ।
(नजिकैको टुल तानेर) ल, बस्नोस् । ए, साहुनी बहिनी दुइटा चिया यता पनि है । ल अब भन्नोस् कति कामले काठमाडौं छिर्नु भो त ?
वृद्ध मानिस : म आज बिहानै ओर्लेको नानी । कलड्ढी ओराली देऊ है बाबू भनेको खोई कता हो नयाँ बसपार्कतिर लगेर झारिदियो । मलाई छोरा भेट्न चाबेल पुग्नुपर्ने । गाडी रत्नपार्कबाट पाइन्छ भन्थ्यो कता हो रत्नपार्क मेलो नपाएकोले तिमीलाई सोधौं कि भनेर बोलाएको ।
महिला २ : ल, चिया पनि आयो पहिला चिया पिउनोस् । हाम्रो शहरको चिया यस्तै हो । एकातिर चियाको दाम बढेको बढेकै छ भने अर्कातिर चियाको गिलासको आकार घटेको घटेकै छ ।
वृद्ध मानिस : त्यही त नानी, यति चियाले हामी गाउँलेको त गला पनि रसाउँदैन । अनि नानीको घर चाहिँ कता ?
महिला २ : म पनि चाबेलै जाने हो । सँगै जाउँला । छोराको घर देख्नु भा’छ ?
वृद्ध मानिस : छैन छैन । म त एकचोटि महेन्द्र सरकारको पालोमा काठमाडौं आएको मान्छे । ऊ बेला काठमाडौं शहर कहाँ यस्तो थियो र १ हरे शिव १ अहिले त बाटो नै काट्न नसकिने रहेछ । मेरो लाटो छोरा कसरी यस्तो कोलाहल, भीडभाडमा बसेको होला ।
महिला २ : त्यसो भए चाबेल पुगेर भाइको घर खोज्नुपर्ने भयो होइन त ? उताबाट आउने बेलामा छोरालाई काठमाडौं आउँदैछु भनेर फोन
खबर त गरेर आउनुभएको होला
नि ।
वृद्ध मानिस : कहाँ गर्न पाउनु । हतारमा हिंडेको । अब चाबेलै पुगेर खोज्नुपर्ला । ‘ बा नयाँ घर बना’को छु । अलिकता ऋण लागेको छ । ‘ भनेकोले
छोराको नयाँ घर पनि हेरौं र जग्गा बेचेको अलिकति पैसा थियो त्यो
पनि पुर्याइ दिनुपर्यो भनेर आ’को
नानी ।
महिला २ : (बूढाको कुरा सुनेर क्षणभर घोत्लिन्छे । बूढासित पचास/साठी हजार रुपैयाँ भएको अनुमान लगाउँछे) काका, छोरालाई ऋण लाग्यो भनेर पैसा बोकेर त आउनुभएछ तर नोट जचाउनुभएको छ कि छैन ?
वृद्ध मानिस : मैले नानीको कुरा बुझिनँ । के जचाउने कुरा गरेको ?
महिला २ : तपाईंसित भएको पैसा जचाउनुभएको छ भनेर सोधेको ? आजभोलि काठमाडौंमा हजारको नेपाली नक्कली नोट छयाप्छयाप्ती भेटिन थालेको छ । यसैले आफूसित भएको नोट जचाएर मात्र प्रयोगमा ल्याउँदा सुरक्षित भइन्छ के काका । कतै काकासित भएको नोट पनि नक्कली पो छ कि ।
वृद्ध मानिस : हरे शिव १ यो कलियुगमा के के पनि सुन्न परेको होला । अब यो नोट जाँच्न फेरि कहाँ जाने ? आ.......मेरो त सबै रुपैयाँ सक्कली नै हुनुपर्छ ।
महिला २ : त्यसो भनेर ढुक्क हुने अवस्था छैन । अस्ति मात्र तराईतिरबाट घडेरीको बैना दिन आउने मान्छेसित प्रहरीले पचास हजार रुपैयाँ नक्कली हजारको नोट फेला पार्यो । त्यो मान्छे अहिले जेलमा छ । भरे नक्कली नोट रहेछ र फेला पर्यो भने बिचरा भाइले नयाँ घरमा त होइन हनुमान ढोकाको चिसो भुइँमा चाहिँ बाँकी जीवन बिताउन पर्ला नि । सोच्नुहोस् है काका ।
वृद्ध मानिस : शिव शिव, ए, छोरी तिमी त्यस्तो अशुभ शब्द नबोल न हौं । अँ, यो नोट जाँच्ने अफिस चाहिँ कहाँ छ त नानी ? मलाई बताइदेऊ त ।
महिला २ : खोई, अब तपाईंलाई कहाँ भन्ने । वरपर जाँच्नुहुन्छ भने हजारको ठयाक्कै पचास रुपैयाँ लिन्छ काका ।
वृद्ध मानिस : (जिब्रो टोकेर तर्सेभैंm भावभ·िमा) आम्मै १ एउटा हजारको पचास रुपैयाँ १
महिला २ : मैले सस्तोमा जाँच्ने एकजना मान्छे चिनेको छु । जाने हो काका ? तर अलिकति ठाडो उकालो हिंड्नुपर्छ ।
वृद्ध मानिस : ठाडो उकालो ? अलिकता उकालो हिंड्यो भने श्वास फुल्छ नानी । नजिकै कतै भइदिए हुन्थ्यो ।
महिला २ : काकासित कति रुपैयाँ छ ?
वृद्ध मानिस : यस्तै साठी हजार जति छ । साठी हजारको पचास रुपैयाँले कति भेट्छ नानी ?
महिला २ : सबै हजारको नोट होइन त काका ?
वृद्ध मानिस : हो हो, नानी ।
महिला २ : आम्मै १ थुप्रै परिहाल्यो नि । ठयाक्कै तीन हजार भेट्छ काका । जचाउने हो त ?
वृद्ध मानिस : खोई, के गर्ने गर्ने ।
महिला २ : अघि खाएको चियाले धितै मरेन । फेरि एकचोटि चिया खाऊ है काका । ए बहिनी, अरू दुई गिलास चिया देऊ त । काका, मैले भने नि वरपर महँगो पर्छ । फेरि धेरै पैसा देख्यो भने पिछा पनि गर्छ । बरु तपाईंलाई हिंड्न गाह्रो हुन्छ भने म जचाएर ल्याइदिउँला नि त १ तपाईं चिया खाएर भित्र अस्पतालको बेन्चमा बस्दै गर्नाेस् । म तुरुन्त जचाएर ल्याइदिन्छु । अनि सँगै चाबेल जाउँला हुन्न त काका ?
वृद्ध मानिस : त्यसै पो गरौं कि
क्या हो । अब म नोट जचाउन कता भौंतारिरहनु । (कोटको भित्री
खल्तीबाट हजारको नोटको बन्डल
झिकेर महिलालाई दिन्छ । महिलाले हतारहतार नोटको बन्डल थापेर
आफ्नो बैगमा लुकाउँछे र कसैले
पो देख्यो कि भनेर चारैतिर सरसर्ती हेर्छे ।)
महिला २ : (उठेर हिंड्ने तरखर गर्दै) ए साहुनी बहिनी, चियाको पैसा काकाले दिनुहुन्छ है । ल काका म गएँ ।
यताउता नगई भित्रै बस्नु है ।
(दुई/चार पाइला हिंडेपछि रोकिन्छ र फर्केर वृद्धनजिक आएर) काका तपाईंसित भाइको फोन नम्बर छ ? छ भने म भाइलाई बुबा काठमाडौं आउनुभएको छ भनेर फोन गरिदिन्छु ।
वृद्ध मानिस : ए साँच्चै, नातिनीले काकाको फोन नम्बर भनेर टिपेर दिएकी त थिइन् । (खल्ती छामछाम छुमछुम गर्दै) कता परेछ । भेटाए भेटाए ।
(सानो कागजको टुक्रा महिलालाई दिंदै) यही हो छोराको फोन नम्बर ।
फोनमा कुरा भयो भने त छोरा लिन आइपुगिहाल्छ नि । (महिलाले कागजको टुक्रा समातेर वृद्धतिर रहस्यमय
दृष्टिले हेरेपछि केही पाइला अगाडि
गएर कागजको टुक्रा च्यातेर फाली
वृद्ध मानिसको दृष्टिबाट ओझेल
हुन्छे ।) समाप्त

–समीर पाख्रिन