प्रश्न: कुटपिट र अ·भ·को अपराध कस्तो कार्यलाई मानिन्छ ? कुटपिट र अ·भ· अपराधका पीडितलाई न्यायिक उपचारको व्यवस्था के छ ?
– नरेश साह, जगरनाथपुर
उत्तर: कुटपिटको महल अनुसार कसैले कसैलाई हातहतियार उठाई वा अरू कुनै प्रकारले रगतपच्छे वा चोट पारेमा वा जीउमा अरू पीडा नोक्सान हुने काम गरेमा कुटपिटको अपराध गरेको मानिन्छ भने कसैले कसैको आँखाको हेर्ने शक्ति क्षतिग्रस्त पारी वा आँखा फोडी अन्धो गरिदिएमा, नाकको सुँघ्ने शक्ति हरण गरिदिएमा, कानको सुन्ने शक्ति हरण गरिदिएमा, जिब्रोको बोल्ने शक्ति हरण गरिदिएमा, स्वास्नी मानिसको स्तन काटी बेकम्मा पारीदिएमा, नलफलमा क्षति पुर्याई पुरुषत्व शक्तिहीन गरी नपुसंक गरिदिएमा तथा मेरुदण्ड, डँडाल्नो, हातखुट्टा वा जोर्नी भाँची, फोडी, फुकाली बेकम्मा पारिदिएको अपराधलाई अ·भ·को अपराध मानिन्छ ।
कुटपिट व्यक्तिवादी फौजदारी अपराध भएकोले घटनालगत्तै अस्पताल जाँच गराई केस फारम गराई सम्बन्धित जिल्ला अदालतमा कुटपिट मुद्दा ३५ दिनभित्र दर्ता गर्नुपर्नेछ भने अ·भ·को अपराध सरकारवादी फौजदारी अपराध अन्तर्गत पर्ने भएकोले घटनाको लगत्तै सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा जाहेरी दर्ता गर्ने अधिकार प्राप्त प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गर्नुपर्छ ।
प्रश्न: जाली नोट सम्बन्धी कारोबार कुन अपराध हो ? यस्तो अपराध गर्ने प्रमाणित भएमा कति सजाय हुन्छ ?
– लखन राउत
उत्तर: जाली नोट सम्बन्धी कारोबार खोटा चलन सम्बन्धित अपराध हो । यो अपराध सरकारवादी फौजदारी अपराध हो । यस्तो अपराध गरेको पुष्टि भएमा प्रत्येकलाई बिगो बमोजिम जरिवाना गरी पाँच वर्षसम्म कैद गर्नुपर्छ भन्ने कानुनी प्रावधान मुलुकी ऐन खोटा चलनको महलमा छ ।
प्रश्न: कस्तो कार्यलाई यौन दुव्र्यवहार गरेको मानिन्छ र यौन दुव्र्यवहार गरेमा के सजायको प्रावधान छ ?
उत्तर: कसैले कुनै महिलाको मन्जुरीबिना निजको संवेदनशील अ· छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभाविकरूपमा एकान्त ठाउँमा लगेमा, आफ्नो यौना· निजलाई छुन, समाउन लगाएमा वा अश्लील वा अन्य त्यस्तै शब्द, सड्ढेत गरेमा वा चित्र, तस्बिर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग कुनै किसिमले अस्वाभाविक व्यवहार गरेमा, वा करणीको आशयले समातेमा आशय करणीको महल अनुसार यौन दुव्र्यवहार गरेको मानिन्छ । यस्तो कसुर गर्नेलाई १ वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

- अधिवक्ता वीरेन्द्रप्रसाद यादव