प्रस, वीरगंज, १५ असार/
वीरगंजमा आजदेखि सञ्चालित दुई दिने राष्ट्रव्यापी खुल्ला कुश्ती छनोट प्रतियोगिता शुरू भएको छ । कबर्ड हल वीरगंजमा आयोजित कार्यक्रममा एमाओवादीका केन्द्रीय सल्लाहकार दिनेशचन्द्र गिरीले छनोट प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा पर्साका प्रजिअ कैलाशकुमार बजिमय, नेपाल कुश्ती सङ्घका केन्द्रीय उपाध्यक्ष समीम मियाँ अन्सारी, जिप्रका पर्साका प्रनाउ मुकेशकुमार सिंह, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सुरेश गिरी, सङ्घका महासचिव मुमताज अलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सङ्घका उपाध्यक्ष समीम मियाँ अन्सारीले खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि सरकारले वैदेशिक तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सबै जिल्लाका खेल प्रशिक्षकहरूलाई नियुक्ति दिनुपर्ने, खेललाई गाविसस्तरबाट शुरू गर्नुपर्ने नीतिनियम बनाउनुपर्ने, खेलाडीहरूको सम्मान गर्नुपर्नेलगायतका विषयमा चर्चा गरेका थिए ।
खुल्ला कुश्ती छनोट प्रतियोगितामा १४ जिल्लाका ८५ जना खेलाडी र ११ जना प्रशिक्षक सहभागी छन् । आज पहिलो दिनको छनोट प्रतियोगितामा ५५ किलो तौल समूहमा पर्साका नरेश यादव, जयम·ल यादव र जवाहरलाल सहनी विजयी भएका थिए ।
त्यस्तै ६० किलो तौल समूहमा नवलपरासीका बैधनाथ यादव, बाराका सुभाष यादव विजयी भएका थिए । ६६ किलो तौल समूहमा पर्साका कृष्णकुमार यादव र बाराका मुख्तार आलम विजयी भए । ७४ किलो तौल समूहमा बाराका मुनिरलाल राउत अहिर विजयी भए भने ८४ किलो तौल समूहमा पर्साका मुकेश ठाकुर विजयी भए ।
यसैगरी ९६ किलो तौल समूहमा बाराका सुनोज यादव र नवलपरासीका प्रह्लाद यादव तथा १२० किलो तौल समूहमा बाराका सतेन्द्रप्रसाद यादव विजयी भएका थिए ।