- प्रकाश उपाध्याय
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री अर्थात् काङ्ग्रेसजनका प्रेरणा मात्र नभएर हालसम्म पनि ऊर्जाका स्रोत विपी कोइरालाले कुनै बेला आफ्नो अपिलमा भन्नुभएको थियो–“आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता र व्यक्तिवादी मनोवृत्तिका कारण विदेशप्रति आमुख हुने प्रवृत्ति बढेको छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ ।” विपीको यो चिन्ता आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक यस अर्थमा छ कि सत्ताका लागि ‘विदेशी प्रभु’ को अगाडि लम्पसार पर्ने राजनीतिक नेतृत्वको प्रवृत्तिका कारण राष्ट्रियता सड्ढटमा छ । राष्ट्रियता, सार्वभौमिकता प्रजातन्त्र/लोकतन्त्रका लागि पटक–पटक भएका राजनीतिक परिवर्तनको सार जनताले अनुभूत गर्न पाएको छैन । नेपाली राजनीतिमा विद्यमान दास प्रवृत्ति नै राष्ट्रियताको बाधक हो । यसमा द्विविधा छैन । लोकतान्त्रिक गणतन्त्रको संस्थापनको मार्गमा उत्पन्न अवरोध पनि यसैको परिणाम हो ।
नेपाली राजनीतिक इतिहासमा लोकतन्त्रका लागि विगत सात दशकयता हरेक कालखण्डमा शहादतपूर्ण आन्दोलनहरू भएका छन् । यसमा जनताले बलिदान दिएको छ । तथापि राष्ट्रियता बलियो हुनुको साटो सड्ढटतिर उन्मुख भइरहेको छ । राज्य सञ्चालकहरूमा आपसी सहकार्य र समझारीको साटो कटाक्ष र अविश्वासका कारण हरेक कालखण्डमा विदेशी रुचिले खेल्ने मौका पाएको इतिहास साक्षी छ । वर्तमान राजनीतिसमेत त्यसबाट अलग छैन । दलहरू दलीय स्वार्थमा मात्र नभएर कुनै परिस्थितिमा व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दा राष्ट्रियतामा वैदेशिक चासो हाबी भएको छ । अझ स्पष्ट भन्दा हस्तक्षेप बढेको छ । यो सबै राजनीतिक नालायकीको परिणाम हो ।
तत्कालीन पञ्चायती शासकहरूले लगाएका ७ वटा राजकाज सम्बन्धी मुद्दामा सम्भावित मृत्युदण्डसम्मको सजायको परवाह नगरी देश सड्ढटमा रहेको आकलन गरेर २०३३ साल पुस १६ गते विपी मेलमिलापको आह्वान गरी स्वदेश फर्किनु साहसिक कदम मात्र थिएन, दूरगामी राजनीतिक निर्णय पनि थियो । यो प्रसङ्ग यहाँ यस अर्थमा पनि उल्लेख गरिएको हो कि यति बेला पनि राष्ट्रियता नै सड्ढटमा छ । राष्ट्रियता कमजोर भएकै कारण लोकतन्त्र व्यवस्थित हुन नसकेको हो । समाधानका लागि मेलमिलापको विकल्प छैन । यसैले नेपाली राष्ट्रियताका सवालमा विपीको चिन्तन र मेलमिलाप नीति समसामयिक राजनीतिका लागि उत्तिकै सान्दर्भिक र मार्गदर्शकको रूपमा रहेको छ ।
नेपालको राजनीति सत्ता र शक्तिको स्वार्थमा रुमलिएको कारण सङ्क्रमणबाट माथि उठ्न सकेको छैन । जसका कारण राष्ट्रियता र प्रजातन्त्र नै धरापमा पर्ने खतरा निकट देखिएको छ । राष्ट्रियता र प्रजातन्त्रमा सम्झौता गरेर प्राप्त हुने सत्ता र शक्तिको केही अर्थ रहन्न । राष्ट्रियता सामूहिक भावना हो । राष्ट्रियता भनेको कुनै दल विशेषको होइन । हामी सबैको हो । जनता र राष्ट्रियता बलियो भए मात्र राष्ट्र बलियो हुन्छ । राजनीतिमा निर्धाले कहिल्यै पनि राष्ट्रियताको पक्षमा निर्णय गर्न सक्दैन । सकारात्मक वैचारिक सङ्घर्ष, वादविवाद र मतभिन्नताले राष्ट्रियता बलियो हुन्छ । यसको विपरीत दलहरूबाट स्वार्थका लागि सतहमैं प्रकट देखिएको लालच र त्यसको पूर्तिका लागि अपनाइएको मार्गका कारण यतिबेला राष्ट्रियता हलुका र कमजोर भएको छ ।
राष्ट्रियताबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राष्ट्रियता सँगसँगै अगाडि बढ्न सक्दैन । तराई–पहाड–हिमालका बासिन्दामा राष्ट्रियताको भावना विद्यमान छ । नेपालीले यस भावनाकै कारण प्रजातन्त्र र राष्ट्रिय स्वाभिमानका निम्ति ज्यानको समेत परवाह नगरी बलिदानपूर्ण परिवर्तन ल्याएका हुन् । ज्यान खतरामा हालेर यसको अस्तित्वको रक्षामा उत्रेका पनि छन् । तर राज्य सञ्चालनको तहमा मौलाएको स्वार्थका कारण उपलब्धिमा पटक–पटक ग्रहण लागेको छ । यस भावनालाई प्रजातान्त्रिक अभ्यासद्वारा सुदृढ गर्ने जिम्मेवारी दलहरूको हुनुपर्ने हो । तर दलीय स्वार्थका अगाडि राष्ट्रिय स्वार्थ टुहुरो भएको मात्र छैन, कुपोषणबाट थलिएको छ । राष्ट्रियतामाथि सड्ढट आएका बेला विवाद र मतभिन्नतालाई बिर्सेर एकताको सूत्रमा बाँधिनुको विकल्प छैन । राष्ट्र नै नरहे, न राजनीति रहन्छ न स्वार्थ नै । राष्ट्रियताको रक्षामा एकमत हुनु अनिवार्य आवश्यकता हो । सड्ढटको घडीमा राष्ट्रिय स्वाभिमानको रक्षा सबैको जिम्मेवारी हो ।
सङ्क्रमणकालीन नेपाली राजनीतिमा सहमति र सहकार्य नै रामवाण हुनेछ । नेपाली राजनीतिमा राष्ट्रप्रतिको गहिरो चिन्तन सम्भवत: आजसम्म कसैको भनाइ र गराइमा प्रकट हुन सकेको छैन । राष्ट्रियताका सवालमा वामपन्थी कोणबाट कोशी र गण्डकी सम्झौताको विरोधका स्वर आए । १९५० को सन्धिको समीक्षा हुनुपर्दछ भन्ने मत सतहमा पोखिए । टनकपुरदेखि लक्ष्मणपुर बाँधसम्ममा चिन्ता प्रकट भए । भारतको विरोधमा भएका कार्यक्रममा चर्का मसालेदार भाषण ठोकिए । केवल विरोधका लागि विरोधको राजनीति स्वरूपमात्र देखियो । उत्तर फर्केर दक्षिणलाई गाली गर्ने र दक्षिण फर्केर उत्तरलाई तथानाम भन्दैमा राष्ट्रवादी भइने होइन । यसबाट राष्ट्रियता बलियो हुन्न । हामीले नेपाली राष्ट्रियतालाई स्वदेशकै मौलिकतामा खोज्नुपर्दछ । नेपालीपनमैं नेपाली राष्ट्रियताको व्याख्या हुनुपर्दछ । विशाल दुई छिमकीहरूसँग समान व्यवहार गर्नुपर्दछ । यद्यपि भौगोलिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट हामी भारतको नजिक भए तापनि चीनसँग अर्घेलो गरेर अघि बढ्न सहज हुन्न । सस्तो लोकप्रियताका लागि आफूलाई भारतविरोधी देखाएर सत्ताका लागि दिल्ली दौडाहामा लाग्ने प्रवृत्ति र नेताहरूको चाकडी संस्कृतिले नेपाली राष्ट्रियता बलियो हुने होइन । राष्ट्रियताको जग कमजोर मात्र होइन भत्किने खतरा उत्तिकै निकट हुँदैछ ।
आफ्नो घर झगडा आफैं मिलाउन नसक्ने अनि दिल्ली वा बेइजिङमा पानी पर्दा नेपालमा छाता ओढ्ने प्रवृत्तिले देशमा विदेशी चलखेल बढेको छ । राष्ट्रिय स्वार्थभन्दा पनि दलगत वा व्यक्तिगत अस्तित्व स्थापित गर्न त्वम् शरणम् हुने मानसिकताका कारण सङ्क्रमणकाल लम्बिएको हो । सङ्क्रमणको अन्त्यका लागि मङ्सिरमा संविधानसभा–२ को चुनाव गर्ने त भनिएको छ, तर अन्योल विद्यमान छ । दलहरू आफैंमा एकमत नहुँदासम्म यस उद्देश्यमा पनि विदेशी स्वार्थले खेल्ने नै भयो । नेपाली राष्ट्रियताका सवालमा विपीका उद्गारमा खाँदिएको राष्ट्रियताको भावना आज सबैका लागि एकपटक मननयोग्य छ । निर्णयमा द्विविधा भए एक मुठी माटो समाती अन्तर्मनलाई सोध्नु र राष्ट्रियताको सवालमा त्यही निर्णयलाई लिएर अघि बढ्नु भन्ने विपीको अर्तिलाई आत्मसात गरेमा नेपाल र नेपाली राष्ट्रियताको अस्तित्वमाथि मडारिएको सड्ढट टार्न सकिन्छ । अझै समय छ । कम्तिमा विपीका अनुयायी त गम्भीर होऊन् ।