प्रस, निजगढ, १४ असार/
सामाजिक कार्य गर्न कुनै राजनीतक दलका नेताको पिछलग्गु नै बन्नुपर्छ भन्ने जरुरी छैन भन्ने गतिलो उदारहण दिएका छन्–बारा रतनपुरी–८ लालका ७६ वर्षीय वीरबहादुर जिम्वाले ।
गाउँमा स्थायी सिंचाइ गर्ने सपना बोकेर गाविसको कार्यालय, जिल्लादेखि मन्त्रालय, विभाग सम्म निरन्तर धाउँदा–धाउँदा ४ वर्षको प्रयासपछि गाउँमा राष्ट्रिय योजना पार्न सफल भएका छन् वीरबहादुर ।
उनकैं दौडधुपका कारण गाउँमा राष्ट्रिय योजनाको बजेटबाट तीन दिनदेखि डिप बोरिङ धसाउने कार्य शुरु भएपछि वीरबहादुर र गाउँलेहरू खुशी भएका छन् ।
एक डेढ वर्षअघि गाउँमा आउने योजना राजनीतिक दलका मन्त्रीले अन्तै लगेपछि दु:खी भएका वीरबहादुर पुन: सिंचाइ मन्त्रालय, विभाग र सम्बन्धित निकायमा धाएपछि यसपालि सो योजना आएको बताए ।
एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेला उनका राजनीतिक सल्लाहकार निजगढ निवासी पुरुषोत्तम पौडेलले समेत सो कामलाई महत्त्व दिएपछि मन्त्रालय, विभागमा काम कारबाईले गति लिएको समाजसेवी वीरबहादुर सम्झन्छन् ।
काठमाडौं र सम्बन्धित निकायमा धाउँदा निजी पैसा खर्च हुँदा घरबाट समेत बेलाबखत भनाइ खानुपरेको सम्झँदै योजना आई काम शुरु भएपछि घर परिवार र छोराबुहारी समेत खुशी भएका उनले बताए ।
सो योजनाका लागि भूमीगत जलस्रोत विकास समितिको बैंक खातामा नीजि पैसा धरौटी राखेको सुनाउदै मेहनत गरे गाह्रो कामपनि हुन्छ भन्ने विश्वासका साथ निरन्तर लागि परेको भन्दै तर् काम जाली हुनु हुदैन् सत्य हुनुपर्छ (उनले भने ।
बुवाको त्यो उमेरको निरन्तरण दौडधुपका कारण नैं यो योजना गाूउमा आएको पहिला ठुलो सरकारी कामपछि गाूउमा आउूछर भन्थ्यौं तर् आयो(बुवाको मेहनतबाट खुशी हुदै दुधबहादुर जिम्बाले भने ।
उनले आफ्नै निजी कित्ता नं. २४ मा बोरिङ धसाउन मन्जुरी दिएपछि उनको छाती फराकिलो रहेको उजागर भएको छ ।
यो सिंचाइ योजना सम्पन्न भएपछि रतनपुरी–८ र ९ लालका झन्डै १ सय हेक्टर जमिन सिंचित हुने आशा छ । वीरबहादुरको मेहनतकै कारण यो काम सम्पन्न हुन सकेको स्थानीय मानबहादुर जिम्वा र माधव अधिकारीले बताए ।