प्रस, जीतपुर, १५ असार/
तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सबै मधेसवादी दललाई एकीकरण गर्ने प्रयास भइरहेको बताएका छन्।
पछिल्लो संविधानसभाको निर्वाचनमा मधेसी दलहरूले बहुमत नपाएकै कारण संविधान नबनेकोले एकीकरण गरी चुनावमा जाने पहल शुरू गरिएको अध्यक्ष ठाकुरले बताए।
बारा क्षेत्र नं. ४ को प्रथम क्षेत्रीय अधिवेशनमा प्रमुख अतिथि अध्यक्ष ठाकुरले ठूला दलहरूले मधेस प्रेमबारे गरेको टिप्पणीबाट आफूलाई दु:ख लागेको बताए । उनले आगामी संविधानसभा चुनावमा पार्टीलाई बहुमत दिलाउन नेता तथा कार्यकर्ताहरूलाई भरमग्दुर प्रयास गर्न आग्रह गरे।
सो अवसरमा तमलोपाका सहमहामन्त्री जीतेन्द्र सोनलले आगामी संविधानसभाको चुनावमा गैरमधेसी दललाई मधेसमा धूलो चटाउने बताए। उनले मधेसमा माओवादी, काङ्ग्रेस र एमालेको जमानत जफत गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
क्षेत्रीय अधिवेशनले पुन: सीतारामप्रसाद गुप्ताको अध्यक्षतामा २५ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मतिबाट चयन गरेको छ । नवगठित क्षेत्रीय समितिको उपाध्यक्ष फिरोज अन्सारी, अच्छेलाल यादव, अनिल राम र अशोक मण्डल, कोषाध्यक्ष उर्मिला देवी, सचिव जवाहरप्रसाद महतो र सहसचिवमा योगेश चौधरी छन्। क्षेत्रीय प्रवक्तामा रमेश सर्राफ चयन भएका छन् ।
क्षेत्रीय अध्यक्ष सीतारामप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला अध्यक्ष नवलकिशोर सिंह, जिल्ला उपाध्यक्ष रामचन्द्र सिंह, सुरेश मण्डल, डा. शिवशङकर यादव, किशोर पटेल, जीतेन्द्र सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए।
जवाहिर महतोको सहजीकरणमा सम्पन्न अधिवेशनमा बारा उद्योग वाणिज्य सङ्घ जीतपुरका अध्यक्ष घनश्याम गिरी, नेपाली काङ्ग्रेसका राजेन्द्रप्रसाद कलवारलगायत विभिन्न पार्टी परित्याग गरी तमलोपा प्रवेश गरेका ७० जनालाई अध्यक्ष महन्थ ठाकुरले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।