- उमाशङ्कर द्विवेदी
वारणावत नगर जाने क्रममा वनको बाटो हिड्दै जाँदा पाण्डव तथा कुन्ती थकित भएर वनमैं रूखको सियाँल (छाया)मा भुइँमैं सुत्न पुगे । भीमसेन जाग्राम बसेर उनीहरूको रक्षा गर्न पहरा दिन थाले । पाण्डवहरू सुतिरहेको ठाउँ नजिक एउटा विशाल शालको रूख थियो । त्यसै रूखमाथि हिडिम्बासुर बसिरहेको थियो । ऊ अत्यन्त क्रूर, पराक्रमी तथा मांसभक्षी थियो । उसको शरीरको र· कालो, पहेंलपुरे आँखा र आकृति बडो भयानक थियो । दार्ही–जुँगा र कपालको रङ रातो थियो । लामा–लामा दार्हाका कारण उसको मुख अत्यन्त भीषण थियो । त्यस बेला ऊ भोको थियो । मान्छेको गन्ध पाएर उसले पाण्डवहरूतिर हेर्यो, अनि बहिनी हिडिम्बासित भन्यो–हेर बहिनी, धेरै दिनपछि आज मलाई आफ्नो प्रिय मान्छेको मासु पाउने सुयोग फेला परेको छ । मेरो जिब्रो रसाएर आएको छ । आज म आफ्नो दार्हा यिनीहरूको शरीरमा रोपेर ताजा ताजा तातो रगत खानेछु । तिमी गएर यी मान्छेहरूलाई मारेर ल्याऊ अनि हामी दुव यिनीहरूलाई खाई मोज गर्नेछौं ।दाइको आज्ञा मानेर त्यो राक्षसी हतार–हतार पाण्डवहरू सुतिरहेको ठाउँमा पुगी । उसले त्यहाँ गएर हेरी–कुन्ती र युधिष्ठिर आदि त सुतिरहेका छन, तर महाबली भीमसेन जाग्राम बसेर पहरा दिइरहेका छन् । भीमसेनको विशाल शरीर र परम सुन्दर रूप देखेर उसको मन बदलियो तथा ऊ मनमनै सोच्न थाली–यिनको बाहु लामा लामा छन्, वर्ण श्याम छ, सिंहझैं काँध छ, शङ्खझैं घाँटी तथा कमलझैं सुकुमार नेत्र छन् । यिनको रोम–रोमबाट देदिप्यमान आभा निस्किरहेको छ । यिनी मेरा पति हुने खालका छन् । म दाइको कपटपूर्ण कुरा मान्दिनँ, किनकि भ्रातृप्रेम भन्दा ठूलो पतिप्रेम हुन्छ । यदि यिनलाई मारेर खाइयो भने केही बेरका लागि हामी दुवैजना तृप्त हुन सक्छौं, तर यिनलाई जीवित राखेर त म धेरै वर्षसम्म सुखभोग गर्न सक्नेछु । यति कुरा सोचेर हिडिम्बा मानुषी रूप धारण गरेर विस्तारै भीमसेनको छेउमा गई । दिव्याभूषण तथा वस्त्रहरूले भूषित सुन्दरी हिडिम्बाले अलिक सड्ढोचका साथ मुस्काउँदै सोधी–पुरुषशिरोमणि, तपाईं को हुनुहुन्छ, कहाँबाट आउनुभएछ कुन्नि ? यी सुतिरहेका मान्छेहरू को हुन् तथा यी बूढी आइमाइ को हुन् ? यिनीहरू यस घोर ज·लमा यसरी निश्शड्ढ भएर किन सुतिरहेका होलान् ? के यिनीहरूलाई थाहा छैन, यस ज·लमा भयानक–भयानक राक्षसहरूको वास छ ? अझ हिडिम्बासुर राक्षस त यहीं नजिकै बस्दछ । म उसकी बहिनी हिडिम्बा हुँ तथा उसैले तपाईहरूलाई मारेर ल्याउन अर्हाएकोले म यहाँ आएकी छु । यहाँ आएर तपाईंको देवोपम सौन्दर्य देखेर म तपाईंमाथि मोहित हुन पुगेकी छु तथा शपथपूर्वक सत्य भनिरहेकी छु कि अब उप्रान्त तपाईं बाहेक अन्य कुनै पुरुषलाई आफ्नो पति बनाउने छैन । । तपाईं धर्मज्ञ हुनुहुन्छ, जे उचित मान्नुहुन्छ त्यस्तै गर्नुहोस् । म तपाईंको प्रेममा परिहालें, तपाईं पनि मलाई प्रेम गर्नुहोस् । म यस नरभक्षी राक्षसबाट तपाईंको रक्षा गर्नेछु र हामी दुवैजना सुखपूर्वक पर्वतहरूको गुफामा निवास गर्नेछौं । म स्वेच्छया आकाशमा विचरण गर्न सक्दछु । तपाईं मसित अतुलनीय आनन्दको भोग गर्नुहोस् ।
भीमसेनले भने–हरे राक्षसी, मेरी आमा, दाइ तथा भाइहरू यहाँ सुखपूर्वक सुतिरहेका छन् । यिनीहरूलाई मैले राक्षसहरूको आहारको रूपमा छाडेर तिमीसित कामक्रीडामा रमाउन जाउँ ? यस्तो कदापि हुन सक्दैन । हिडिम्बाले भनी–तपाईं जसरी प्रसन्न रहनुहुनेछ म त्यस्तै गर्नेछु । तपाईं यिनीहरूलाई ब्युँझाउनुस्, म
राक्षसबाट यिनीहरूलाई जोगाउने छु । भीमसेनले भने–वाह, क्या बात, म आफ्ना सुखसित सुतिरहेका दाइभाइ तथा आमालाई राक्षसको भयको कारण ब्युँझाऊँ ? संसारका कोही पनि मान्छे, राक्षस वा गन्धर्व मेरो सामना गर्न सक्दैन । सुन्दरी, तिमी बस वा जाउ मलाई कुनै परवाह छैन ।
उता राक्षसराज हिडिम्ब मनमनै विचार गर्न थाल्यो–बहिनी गएकी त धेरै बेर भयो, के भएको होला ? गएर त हेरूँ । ऊ रूखबाट ओर्लिएर पाण्डवहरू भएको ठाउँतिर लाग्यो । त्यस भयड्ढर राक्षसलाई आइरहेको देखेर हिडिम्बाले भीमसेनसित भनी–हेर्नुस्, त्यो राक्षस क्रोधित भएर यतैतिर आउन लागेको छ । तपाईंले मेरो कुरा मान्नुहोस् । म स्वेच्छानुसार हिंड्न सक्दछु । ममा राक्षस बल पनि छ । म तपाईं जम्मैजनालाई बोकेर आकाशमार्गबाट उड्न सक्दछु । भीमसेनले भने–सुन्दरी, तिमी न डराऊ, म हुन्जेल कसैले पनि यिनीहरूको केही बिगार गर्न सक्दैन । हेर, मेरा बाहु र तिघ्रा, म तिम्रा सामु उसलाई मारिदिनेछु । मलाई साधारण मान्छे ठानेर तिमी मेरो तिरस्कार नगर । दुवैजनाबीच कुराकानी भइरहेकै बेला हिडिम्बासुर त्यहाँ आइपुग्यो । उसले हेर्यो–उसकी बहिनी त मान्छेझैं सुन्दर रूप धारण गरेर भीमसेनलाई पति पो बनाउन खोजिरहेकी छे । क्रोधले उसको आँखा तिर्मिरायो र आँखा च्यातेर कराउन थाल्यो–हरे हिडिम्बा, मैले त यसको मासु खान चाहिरहेको छु र तिमी यसमा विघ्न पो हाल्न खोजिरहेकी छयौ । धिक्कार छ तिमीलाई, तिमीले हाम्रो कुलमा कलड्ढको टीको लगाउन खोज्दैछयौ । जसको बलले तिमीले यस प्रकारको आँट गर्न सक्यौ हेर म तिम्रा साथै उसलाई अहिले मारेर खाइदिन्छु । यति भनेर उ, दार्हा धस्दै बहिनी र पाण्डवहरूमाथि जाइलाग्यो ।
भीमसेन तथा हिडिम्बासुर परस्परमा ठूलो कोलाहल गर्दै एकअर्कामाथि आक्रमण गर्न थाले । ठूलो खैलाबैला र भीषण गर्जनाको आवाजले आत्तिएर कुन्ती र पाण्डवहरूको निद्रा खुल्यो । उनीहरूले आँखा खोलेपछि सामुन्ने परमसुन्दरी हिडिम्बालाई उभिइरहेको पाए । उसको रूप–सौन्दर्यले विस्मित भएर कुन्तीले सोधिन्–सुन्दरस् तिमी को हौ ? यहाँ किन आएकी छयौ ? हिडिम्बाले भनी–यो जुन काल ज·ल छ, यही मेरा दाइ तथा मेरो निवासस्थल हो । दाइले तपाईंहरूलाई मार्न मलाइ पठाएका थिए । । यहाँ आएर तपाईंका परम सुन्दर पुत्रलाई देखेर मोहित हुन पुगें । मैले मनमनै उनलाई पति स्वीकार गरेर यहाँबाट लान खोजें तर उनी विचलित भएनन् । मलाई अबेर गरेको देखेर दाइ आफैं यहाँ आइपुगे । उनी र तपाईंका पुत्र लडिरहेका छन् । मेरा दाईलाई घिसार्दै तपाईंका पुत्रले टाढा लगेका छन्, उ हेर्नुस् त्यहाँ दुईजनाबीच भयड्ढर युद्ध हुँदैछ । भीमसेन क्रोधित भएर आँधीझैं आएर हिडिम्बासुरलाई समातेर हावामा चक्रझैं एक सयचोटि फन्फन्ती घुमााएर भुइँमा पछारिदिए । जसको कारणले हिडिम्बासुर रगतको बान्ता गर्न थाल्यो र उसको प्राणपखेरु उडयो ।