- शीतल महतो
विश्वकै बृहत् प्रजातान्त्रिक छिमेकी मुलुक भारत र साम्यवादी सिद्धान्त अँगालेको अर्को छिमेकी मुलुक चीनको आर्थिक प्रगति विश्वकै लागि उदाहरणीय छ । तर, यी दुई ठूला र समृद्ध छिमेकी मुलुकको बीचमा रहेर पनि प्राकृतिक स्रोत र साधनमा अत्यन्त धनी मुलुक नेपाल झन्झन् गरीब बन्दै गएको छ । यसको एउटै कारण छ, त्यो हो– नेपालले बजार सुधार र गाउँमुखी पर्यटन उन्मुख आर्थिक क्रान्तिको जगलाई बलियो बनाउन नसक्नु । विश्वमा राजनीतिक क्रान्तिसँगै सामाजिक तथा आर्थिक क्रान्ति पनि हुने गरेका छन् । नेपालमा पनि थुप्रै राजनीतिक क्रान्तिहरू त भए तर त्यो सँगसँगै ग्रामीणमुखी आर्थिक र सामाजिक क्रान्ति हुन सकेन । फलस्वरूप मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकेन । विश्व अर्थतन्त्रको सबैभन्दा सशक्त र ठूलो योगदानकर्ताको रूपमा आज पर्यटन व्यवसाय अगाडि आएको छ । यस व्यवसायको विकास र विस्तारका लागि यस क्षेत्रमा पर्यटकीय बजारीकरणका नवीन सूत्रहरू अ·िकार गरिंदै छन् । पर्यटन प्रवद्र्धनको माध्यमबाट मानव जीवनशैलीमा परिवर्तन ल्याउन र समाज एवं राष्ट्रलाई आर्थिकरूपले समृद्ध बनाउन सकिन्छ भन्ने यथार्थलाई आज सबै वर्ग र क्षेत्रले स्वीकार गरिसकेको छ ।
आर्थिक क्रान्तिको नेतृत्व पर्यटन उद्योगले लिन सक्छ भन्ने उदाहरण विश्वमा थुप्रै छन् । प्रत्येक वर्ष झन्डै १० देखि १२ करोड पर्यटक भित्र्याउने हङकङ अहिले विश्वकै लागि उदाहरण बनेको छ । पर्यटनको विकास र विस्तारबाट नै आर्थिक रूपान्तरण गर्न सफल भएको छिमेकी मुलुक भारतको दार्जलिङ, गोवा र सिक्किमबाट पनि हामीले धेरै सिक्न सक्छौं । त्यस्तै भुटान, तिब्बत र थाइल्यान्डले गरेको पर्यटकीय आर्थिक क्रान्ति नै हाम्रा लागि उदाहरण हुन सक्छ । पर्यटन उद्योगको विकासका लागि नेपालको सबैभन्दा ठूलो बजार हाम्रा दुवै छिमेकी मुलुक भारत र चीन हुन सक्छ । आर्थिक प्रगतिमा विश्वकै लागि उदाहरणीय बनिरहेको भारत र चीनबाट विदेश भ्रमणमा निस्कने पर्यटकहरूमध्ये एक प्रतिशतलाई मात्रै नेपाल भित्र्याउन सकिए नेपालमा रोजगारीका थुप्रै सम्भावनाहरू सृजना हुन्छन् र यसले नेपालको आर्थिक सम्पन्नतालाई सबल बनाउँछ । त्यति गर्न नसके पनि भारतीय पर्यटकहरूलाई मात्र नेपाल भित्र्याउन सकियो भने नेपाललाई आर्थिक समृद्धि हासिल गर्नमा कसैले रोक्न सक्दैन । किनभने तेस्रो मुलुकका पर्यटकभन्दा भारतीय पर्यटक नै बढी पैसा खर्च गर्ने सूचीमा रहेको तथ्याड्ढ हामीसँग छ । एक तथ्याड्ढ अनुसार नेपाल भित्रिने विदेशी पर्यटकहरूमध्ये ७० प्रतिशतभन्दा बढी ग्रामीण हावापानीमा बस्न रुचाउँछन् तर यसका लागि आवश्यक भौतिक पूर्वाधारलगायत सुविधा आवश्यक पर्छ । त्यस्तै आन्तरिक पर्यटकको आवागमनमा समेत उल्लेखनीय वृद्धि भइरहेकोले उनीहरूका लागि सहज आवागमनको वातावरण बनाउन सक्नुपर्दछ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण मध्य तराईका बारा, पर्सा र रौतहटमा पर्यटकीय विकासका प्रशस्त सम्भावनाहरू हुँदाहुँदै पनि पर्यटकीय सम्भावनाहरूको उचित पहिचान, त्यसको समयानुकूल उचित संरक्षण र व्यवस्थापन तथा प्रचारप्रसार गर्न नसक्नुका कारण नै यी क्षेत्रहरू पर्यटकहरूका लागि प्रमुख आकर्षणका केन्द्र हुन सकेका छैनन् । मध्य तराईका बारा, पर्सा र रौतहटको दिगो आर्थिक विकासका लागि पाँच वर्ष अगाडि तयार पारिएको ‘एकीकृत पर्यटन विकास गुरुयोजना’ कार्यान्वयन नहुँदा यी क्षेत्रहरूको विकास निर्माण कार्य प्रभावित भएका छन् । चुरिया पहाड, भावर वन क्षेत्र र तराईका हरिया फाँटहरूमा पाइने अनुपम प्राकृतिक सौन्दर्य, जीवजन्तु र वनस्पतिलगायत पर्यावरणीय विविधताले भरिपूर्ण यी क्षेत्रहरूको दिगो आर्थिक विकासका लागि पर्यटनलाई मुख्य आधार मानेर तराई पर्यटन विकास समितिले ‘एकीकृत पर्यटन विकास गुरुयोजना’ तयार गरी कार्यान्वयनका लागि वि.सं. २०६५ मा तीनवटै जिल्लाका जिल्ला विकास समिति, नगरपालिका र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य सङ्घहरूलाई हस्तान्तरणसमेत गरिसकेको छ । हस्तान्तरणका समयमा ती सबै सरोकारवाला निकायका प्रमुखले यो गुरुयोजनाको कार्यान्वयन पक्षलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेका थिए । तर हालसम्म यसको कार्यान्वयन हुन नसकेकोमा पर्यटनविद् र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
पर्यटनविद् र सरोकारवालाहरूले बृहत् छलफल गरी तीनवटै जिल्लालाई समेटेर तयार पारिएको उक्त गुरुयोजनामा तीनवटै जिल्लामा रहेका सम्भावित पर्यटकीयस्थलको पहिचान र त्यसको विकास एवं प्रवद्र्धनका लागि निर्माण गर्नुपर्ने पूर्वाधारहरूलाई समेटेका छन् । ठूलो लगानीमा निर्माण गरिने यस्ता गुरुयोजनाहरूलाई त्यत्तिकै थन्काएर राख्ने हो भने योजना बनाउनुको कुनै औचित्य हुँदैन । त्यसैले तराईको समृद्धिका लागि यस्ता योजनाको कार्यान्वयनमा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनैपर्दछ । गुरुयोजनाले प्राकृतिक सम्पदामा पर्सा वन्यजन्तु आरक्ष, रामभौरीभाठा र हलखोरिया दहलगायत क्षेत्रलाई राखेको छ भने ऐतिहासिक र पुरातात्त्विक महत्त्वको सिम्रौनगढ, गढीमाई, विन्ध्यवासिनी र सहजनाथजस्ता दर्जनौं मठमन्दिरलाई धार्मिक पर्यटकस्थलको रूपमा पहिचान गराएको छ । यो क्षेत्र भोजपुरी संस्कृतिको केन्द्र त छँदैछ । पूर्व–पश्चिम राजमार्गको आधाभारदेखि पश्चिम चुरिया पहाडको करिब ३० किमि लामो भूभाग ओगटेको र ४९९ वर्ग किमिमा फैलिएको पर्सा वन्यजन्तु आरक्षमा पाइने ज·ली रैथाने हात्ती, पाटेबाघ, चितुवा, गौरीगाई, ज·ली कुकुर, दुम्सी र साम्बरलगायत वन्यजन्तु र चराचुरु·ीले पनि यो क्षेत्र पर्यटकहरूका लागि थप आकर्षकको केन्द्र बन्न सक्छ ।
यस आरक्षमा ६ प्रकारका वनज·ल, ३३३ प्रकारका वनस्पति, ४०० प्रजातिका चराचुरु·ी, १६ प्रजातिका घस्रने वन्यजन्तु, ८ प्रकारका माछा, ३१ प्रजातिका पुतली र ३२ प्रजातिका स्तनधारी वन्यजन्तुहरू पाइन्छन् । त्यति मात्र होइन, यो आरक्ष रैथाने हात्तीका लागि पनि प्रख्यात छ । नेपालभरिमा हात्तीका लागि चारवटा बसोवासस्थल छ । तर, यस आरक्षमा पाइने हात्ती मात्र रैथाने हुन् । सन् १९९२ मा २० देखि २५ वटा हात्ती रहेको यस आरक्षमा अहिले ४० देखि ५० वटासम्म हात्ती देखिएका छन् । यस आरक्षको उचित व्यवस्थापन हुन सके यहाँ थुप्रै पर्यटकहरूलाई भित्र्याउन सकिन्छ । आरक्षको उत्तरी क्षेत्रमा अवस्थित पर्साको रामभोरीभाठा क्षेत्र प्राकृतिक सौन्दर्य, मनमोहक वनस्पति र जैविक विविधताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । पानीको पर्याप्त उपलब्धताका कारण यो क्षेत्र वन्यजन्तु र चराचुरु·ीको प्रमुख बासस्थानको रूपमा प्रचलित छ । विशेषत: चराचुरु·ीहरूका लागि प्रसिद्ध यो क्षेत्रमा साइबेरियालगायत ठाउँहरूबाट प्रत्येक वर्ष चराचुरु·ीहरू आई जाडो महिनामा यहाँ बसोवास गर्ने र अन्डा पारी बच्चा हुर्काई पुन: फर्किने दाबी पर्यटनविद्हरूले गरेका छन् ।
यसैगरी वर्षभरि पानी रहने बाराको हलखोरिया दहलाई पक्षी विहार, जलक्रीडा र नौका विहारको रूपमा विकसित गर्ने सम्भावना छ । त्यसले चराचुरु·ी हेर्न चाहने व्यक्तिका साथै यसबारे अध्ययन अनुसन्धान गर्नेहरूका लागि उपयुक्त स्थल बन्न सक्दछ । प्राकृतिक दृश्यावलोकन गर्न मन पराउने पर्यटकहरूका लागि गढीमाई, सिम्रौनगढ, बौद्ध भिस्वा विहार, विन्ध्यवासिनी मन्दिर, पारसनाथ मठ, शड्ढराचार्य द्वार, सुख्खा बन्दरगाह र चुरियामाईजस्ता थुप्रै ऐतिहासिक, पुरातात्त्विक र धार्मिक स्थलहरू छन् । त्यसैले यस क्षेत्रमा धार्मिक पर्यटकहरूलाई पनि उत्तिकै आकर्षित गराउन सकिन्छ । मात्र आवश्यक छ– उचित वातावरण, पथ प्रदर्शक, पर्यटन सूचना केन्द्र, प्राकृतिक र सांस्कृतिक सङ्ग्रहालयको उचित र व्यवस्थित प्रबन्धको ।
वीरगंजस्थित नारायणी र·शालालाई आधुनिक प्रविधियुक्त बनाउने हो भने खेल पर्यटकलाई पनि भित्र्याउन सकिन्छ । शिक्षा र कृषि पर्यटनको सम्भावना पनि यहाँ उत्तिकै छ । अन्य उद्योगको तुलनामा पर्यटनले बढी रोजगारी सृजना गर्न सक्छ । विश्व पर्यटक स·ठनका अनुसार एउटा पर्यटकले १२ जनालाई काम दिन्छ । नेपाललाई उच्चकोटिको समृद्ध राष्ट्र बनाउनका लागि यो योजना प्रस्तुत गरिएको हो । मुलुकलाई समृद्ध बनाउने हो भने पर्यटनलाई आर्थिक क्रान्तिको आधारको रूपमा विकास गर्नै पर्दछ । पर्यटकहरूलाई तराईमा आकर्षित गर्नका लागि आवश्यक छ– सेवा, सुविधा र सुरक्षा । अनि खाँचो छ– स्वस्थ प्रवद्र्धन र बजारीकरणको, स्पष्ट दृष्टिकोण, सही प्रतिबद्धता, नीति र नियमको प्रभावकारी कार्यान्वयनको, मेरोभन्दा पनि हाम्रो देशको र हाम्रोभन्दा पनि राम्रो पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा पैसावाला पर्यटकभन्दा पनि स्तरीय पर्यटकको ।
पर्यटन विकासका लागि योजना बनाइ सकिएको छ । त्यसैले अब कार्यान्वयनमा अघि बढ्नुपर्दछ र तराईका गाउँगाउँमा पर्यटक पुर्याउनुपर्दछ । तर, यसका लागि व्यवहारमा शान्ति, कानुनी राज्य र पर्यटकीय पूर्वाधारको निर्माणमा जुट्नुपर्दछ । अनि मात्र हामी सबैले कल्पना गरेको सुन्दर, शान्त र समृद्ध नेपालको विकास हुन सक्दछ ।
कजष्तबmिबजबतय२नmबष्।िअयm