$type=ticker$count=12$cols=4$cate=0

अध्यात्म रामायण– नेपाली र भोजपुरी रूप

SHARE:

उमाशङकर द्विवेदी
    भगवान् रामचन्द्रको परम पवित्र गाथा साक्षात् भगवान् शङकरले आफ्नी प्रेयषी आदिशक्ति पार्वतीलाई सुनाएका थिए। यो आख्यान ब्रह्माण्डपुराणको उत्तरखण्ड अन्तर्गत आएको छ। यसमा परम रसायन रामचरित्रको वर्णन गर्ने क्रममा विभिन्नथरीका प्रसङग प्रस्तुत गरेर भक्ति, ज्ञान, उपासना, नीति र सदाचारसम्बन्धी दिव्य उपदेश दिइएको छ। विविध विषयहरूको विवरण रहेपनि यसमा प्रधानता अध्यात्म तत्त्वको विवेचन रहेको हुनाले नै यसलाई ‘अध्यात्म रामायण’ भनिएको छ। अध्यात्म रामायण मूलत: संस्कृत भाषामा रहेको भएपनि विभिन्न कालक्रममा यो विभिन्न लोकभाषाहरूमा पनि भावानुवाद, शब्दानुवाद, छायानुवाद जस्ता अनुवादहरू गरिएका पाइन्छन्। यहाँ भानुभक्त आचार्यद्वारा अध्यात्म रामायणको नेपाली भावानुवाद तथा मुकुन्द आचार्यद्वारा भानुभक्तीय अध्यात्म रामायणको भोजपुरी भाषामा शब्दानुवादको चर्चा गर्ने प्रयास गरिएको छ।
    अयोध्याकाण्डको एउटा प्रसङगको मूल अध्यात्म रामायणको संस्कृतका श्लोकहरू निम्न छन्–
    इत्युक्त्वा बहुशो नत्वा स्वानन्दाश्रुपरिप्लुत:।
    उवाच वचनं राम ब्रह्मणा नोदितोऽस्म्यहम्।।
    रावणस्य वधार्थाय जातोऽसि रघुसत्तम ।
    इदानीं राज्यरक्षार्थं पिता त्वामभिषेक्ष्यति।।
    यदि राज्याभिसंसक्तो रावणं न हनिष्यसि।
    प्रतिज्ञा ते कृता राम भूभारहरणाय वै।। (अ.रा., अ.कां. प्रथम सर्ग ३२/३३/३४) अर्थात् नारदजीले आनन्दाश्रुपुरित आँखा लिएर भन्नुभयो– हे रघुश्रेष्ठ, मलाई ब्रह्माजीले पठाउनुभएको छ। तपाईंको अवतार रावणको वधका निम्ति भएको थियो। तर, अब पिता दशरथले तपाईंलाई राज्यशासनको लागि अभिषिक्त गर्न लाग्नुभएको छ। अत: हे राम, यदि राज्यभोगमा आशक्त भएर तपाईंले रावणलाई मार्नुभएन भने पृथ्वीको भार हरण गर्ने तपाईंले जुन प्रतिज्ञा गर्नुभएको थियो त्यसको के हुने हो ? यसै प्रसङगलाई भानुभक्त आचार्यले निम्नानुसार अनुवाद गरेका छन्–
    बिन्ति गर्नु कुरो थियो मन विषे बिन्ती गर्‍या त्यो पनी।
    ब्रह्माको बिन्ति लिई हजुरमा आइ रहयाँछू भनी।।
    भूको भार म दुष्ट मारि हरुँला जान्छु अयोध्या महाँ।
    भन्न्या येति वचन् गरी कन हजुर पाल्नू भयेथ्यो यहाँ।।
    यस्तो हो तर गादि दीन दशरथ राजाजिका मन भयो।
    ख्वामित्लेअब राज्यमा भुलिदिया भार हर्नु काम ता रहयो।।
    यसै प्रसङगलाई मुकुन्द आचार्यले भोजपुरी भाषामा निम्नानुसार शब्दानुवाद गर्नुभएको छ–
    हे परमेश्वर, अपने हइं, सबके अन्तरयामी ।
    तहियो राउर आज्ञा से, ब्रह्माजी के संदेश कहतानी ।।
    भूभार के हरे खातिर, भगवान् अपने एतहाँ अइनी।
    मानुस रूप धरके अपने, सुन्दर लीला कइनी।।
    अयोध्या में रउआ अउरी, ना भूलेके परल।
    पृथ्वी लोक के राक्षस सब से, खाली करे के परल।।
    एउटै प्रसङग तीन भाषामा प्रस्तुत गरेर काव्यको वानगी प्रस्तुत गर्ने प्रयास गरिएको छ। वेदव्यासद्वारा रचित मूल अध्यात्म रामायणको भाषा, रस, वर्णनचातुर्य निर्विवाद अतक्र्य रहेको सर्वविदित नै छ। भानुभक्तको रामायणका पदहरू साहित्यिक अनुशासनको सीमाभित्र छन्, जसको कारणले नेपाली जनमानसमा गेयरूपमा अति लोकप्रिय तथा परम धार्मिक कृतिको रूपमा रहेको छ। यसको रचनाको कारणले नै भानुभक्त आचार्यलाई नेपाली साहित्यको आदिकविको गरिमामय पगरी प्राप्त भएको छ। मुकुन्द आचार्यको भोजपुरी अनुवादको संस्करणको अनुवादक ‘के कथनी’ शीर्षक अन्तर्गत भनिएको छ– छन्द के ज्ञान हमरा ओतना ना भइला से हम खाली अन्त्यानुप्रास मिला के भावानुवाद कइले बानी। छन्दको ज्ञान नभएको स्वीकारोक्ति अनुवादकको नम्रताको परिचायक रहेपनि साहित्यमा काव्य रचनाको क्रममा केवल अन्त्यानुप्रास मिलाएर मात्रै साहित्यिक अनुशासनको पालना गरिएको तथ्य मान्य हुन सक्दैन किनकि शब्दानुशासन, काव्यानुशासन साहित्यमा भएन भने पदलालित्य आउन सक्दैन तथा
पदलालित्य भएन भन्ने साहित्यमा रस प्रवाहित हुन सक्दैन र काव्यमा रस नै भएन भने आदि आचार्यहरूका मतानुसार त्यो काव्य नै हुन सक्दैन। आचार्य विश्वनाथका अनुसार– वाक्यं रसात्मकं काव्यम् अर्थात् रसपूर्ण वाक्यहरू रहेको कृतिलाई मात्र काव्य भन्न सकिन्छ।
    मुकुन्द आचार्यको रामायणको अनुवाद साहित्यिक दृष्टिकोणले जस्तोसुकै भएपनि धार्मिक दृष्टिकोणले भने स्तुत्य काम नै मान्नुपर्ने हुन्छ किनभने मरा, मरा भनेर पनि रामको प्रभावले रत्नाकर नामक डाँकु पनि महाकवि वाल्मीकिको रूपले विख्यात भएको उदाहरण जनमानससामु विद्यमान छ। भोजपुरी साहित्यको लागि मुकुन्द आचार्यले रामकाज गर्नुभएकोले उहाँको प्रयासलाई सराहनीय मान्नुपर्छ। भोजपुरी साहित्यको सुरुआतको समयमा यस प्रकारको काम हुनुको प्रयास भविष्यमा कोसेढुङगा साबित हुनेछ भन्ने आशा गर्न सकिन्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अध्यात्म रामायण– नेपाली र भोजपुरी रूप
अध्यात्म रामायण– नेपाली र भोजपुरी रूप
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiUCGL5S6MVCeIFxssL-isp9z2Zsaxws93mNcdSK8ogZkrf4nDfQ5zPfNCs1jP1ztdw7fH-EdC2ZjZn5sQWCCYg5LpIfSYhHvNMaGmJiK61dd3k4bCLBSIpaipKZ4pe4tOzw18vTlHX4Mlb/s171/umashankar+dwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiUCGL5S6MVCeIFxssL-isp9z2Zsaxws93mNcdSK8ogZkrf4nDfQ5zPfNCs1jP1ztdw7fH-EdC2ZjZn5sQWCCYg5LpIfSYhHvNMaGmJiK61dd3k4bCLBSIpaipKZ4pe4tOzw18vTlHX4Mlb/s72-c/umashankar+dwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/06/blog-post_5000.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/06/blog-post_5000.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy