- विश्वराज अधिकारी
दक्षिणपूर्वी एसियाको आर्थिक महाशक्तिको रूपमा उदाउन थालेको राष्ट्र इन्डोनेसियाले यस्तो मिश्रित अर्थव्यवस्था अँगालेको छ, जस अन्तर्गत राष्ट्रिय अर्थतन्त्रमा जति महत्त्वपूर्ण भूमिका निजी क्षेत्रले खेलेको छ, उत्तिकै सरकारले पनि खेलेको छ । यसरी इन्डोनेसियाको अर्थव्यवस्था मिश्रित अनि खास किसिमको हुन पुगेको छ, यस्तो भन्नेहरू धेरै छन् । केहीको मतमा भने, इन्डोनेसियाले पूँजीवादी अर्थव्यवस्था अँगालेको छ । इन्डोनेसियाले पूँजीवादी अर्थव्यवस्था अँगालेको छ भन्नेहरूको तर्क अनुसार यो मुलुकले सोहार्तोको शासन समाप्तिपछि सन् १९९८ देखि नै पूँजीवादी बजार अर्थव्यवस्था ९ऋबउष्तबष्कित :बचपभत भ्अयलयmथ० अँगालेको हो । अन्य मुलुकहरूसँग प्रतिस्पर्धा गर्न बजार अर्थव्यवस्थामा प्रवेश गरेको हो । यो समयपछि दु्रतगतिमा यो मुलुकले आर्थिक विकास गर्न शुरू गरेको हो ।
इन्डोनेसियाको अर्थव्यवस्थाका विशेषताहरूलाई केलाउँदा, यो मुलुकले निजी क्षेत्रलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको देख्दा र खासरूपमा यो मुलुकले निर्यात क्षेत्रमा उल्लेखनीय किसिमले प्रगति गरी छोटो समयमा नै धेरै ठूलो आर्थिक उपलब्धि हासिल गरेको तथ्यलाई विचार गर्दा इन्डोनेसियाले पूँजीवादी अर्थव्यवस्था अँगालेको प्रस्ट हुन आउँछ । यथार्थमा, जनसङ्ख्याको हिसाबले विश्वको चौथो ठूलो राष्ट्र
(सन् २०१३ को जनसङ्ख्या २५ करोड ११ लाख ६० हजार १२४०) इन्डोनेसियाले उदार वा पूँजीवादी अर्थव्यवस्था अँगालेर नै यति बढी आर्थिक प्रगति गर्न सकेको हो । पूर्वराष्ट्रपति सुकार्नोको अति राष्ट्रवादी अर्थव्यवस्थाले निरन्तरता पाएको भए यस किसिमको आर्थिक उपलब्धि यो मुलुकले कुनै पनि हालतमा हासिल गर्न सक्थेन । पूँजीवादी अर्थव्यवस्था अँगालेर नै इन्डोनेसियाले यसरी द्रुतगतिमा आर्थिक प्रगति गर्न सकेको हो । गरिबी पनि क्रमिकरूपमा कम पार्न सफल भएको हो ।
इन्डोनेसियाको जनसङ्ख्या ठूलो हुनु पनि आर्थिक विकासका लागि निकै सहायक सिद्ध हुन पुगेको छ । अनि राष्ट्रिर्य अर्थव्यवस्थालाई प्रतिस्पर्धामा अगाडि राख्न देशको ठूलो जनसङ्ख्याले ठोस योगदान पुर्याएको छ । देशको जनसङ्ख्या ठूलो हुनु अभिशाप होइन, उचित किसिमले प्रयोग गर्ने हो भने वरदान हो भन्ने उक्तिलाई इन्डोनेसियाको आर्थिक प्रगतिले सत्य प्रमाणित गरेको छ ।
दक्षिणपूर्वी एसियाको सर्वाधिक ठूलो अर्थतन्त्र इन्डोनेसिया जी–ट्वेन्टी ९न्(द्दण्०को सदस्य पनि हो । आउने दशकमा यो देश विश्वको दश ठूला अर्थतन्त्रमध्ये एक हुने अनुमान गरिंदैछ । र, यस्तो अनुमानका ठोस आधारहरू पनि छन् । ती आधारहरूमध्ये केही हुन्– ठूलो जनसङ्ख्या भएकोले श्रम लागत कम भएर अन्य राष्ट्रहरूका तुलनामा सस्तोमा उत्पादन गर्न सक्नु, देशमा विभिन्न किसिमका स्रोत र साधनहरूको प्रचुरता हुनु आदि । हुन पनि इन्डोनेसियाले ठूलो परिमाणमा तेल, ग्यास, विद्युतीय सामग्री, टेक्सटाइल, प्लाइउड आदि निर्यात गर्दछ । १७,५०८ जति टापूहरू मिलेर बनेको यो देश प्राकृतिक स्रोतका लागि निकै धनी मानिन्छ । यो कारणले होला डचहरूले यहाँ आएर उपनिवेश खडा गरेका थिए । दुई सय वर्षभन्दा बढी समयसम्म उपनिवेश खडा गरेका डचहरूले इन्डोनेसियाको एकीकरण पनि गरे । ३०० भन्दा बढी भाषाहरू बोलिने यो देशमा निकै ठूलो जातीय विविधता छ । विश्वमैं ठूलो सङ्ख्यामा मुस्लिमहरूको बसोवास रहेको मुलुक पनि इन्डोनेसिया नै हो । तर, अहिले भने आर्थिक विकासका लागि अनेकतामा एकता कामय गर्न देशवासीहरू सक्रियरूपमा लागेका छन् ।
इन्डोनेसियामा गरीब र धनीबीचको अन्तर पनि ठूलो छ । अहिले पनि यहाँ ग्रामीण क्षेत्रमा बसोवास गर्नेहरूमध्ये केहीको जीवन ज·ली सिकारमा आश्रित छ । अर्कोतिर, ठूला ठूला शहरका अग्ला अग्ला भवनहरूमा बस्नेहरू पनि कम छैनन् । कुनै बेला निकै उथलपुथलको स्थितिमा रहे तापनि अहिले भने इन्डोनेसियामा शान्ति र स्थिरता कायम छ । यो कारणले गर्दा पनि विदेशी लगानीकर्ताहरू यहाँ लगानी गर्न
उत्साहित छन् । सन् २००४ मा यहाँ पहिलोपटक प्रत्यक्ष राष्ट्रपतीय चुनाव भएको थियो ।
यो क्षेत्रमा इन्डोनेसियाको अर्थतन्त्रले राम्रो प्रगति गरिरहेको छ । अहिले आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । महत्त्वपूर्ण कुरा त के छ भने अहिले संयुक्त राज्य अमेरिका र युरोपका धेरै अर्थतन्त्रहरूले आर्थिक सङ्घर्षको सामना गर्नुपरिरहेको भए तापनि इन्डोनेसियाले भने सन्तोषजनक किसिमले आर्थिक विकास गरिरहेको छ । यस्तो हुनुको श्रेय यो मुलुकले अ·िकार गरेको उदार अर्थनीतिले नै पाउँछ । देशमा शान्ति कायम गर्न जनताले गरेको प्रयासलाई जान्छ । तर मुख्यरूपमा भने श्रेय भने पूँजीवादी अर्थव्यवस्थाले पाउँछ ।
सस्तो श्रम लागत र तीव्र आर्थिक वृद्धिदर कायम रहेकोले विदेशी एवं स्वदेशी लगानीकर्ताहरू इन्डोनेसियामा लगानी गर्न उत्साहित छन् । इन्डोनेसिया आपैंmमा पनि एक ठूलो बजार क्षेत्र रहेको र यहाँ स्थिरता कायम रहेकोले पनि खासगरी विदेशी लगानीकर्ताहरू लगानी गर्न झनै बढी उत्साहित देखिएका छन् । तर, सन् १९६० को दशकमा जतिखेर यहाँका पहिलो राष्ट्रपति सुकार्नोको शासनकाल थियो, देशको अर्थव्यवस्था नराम्ररी बिग्रेको थियो । देशको अर्थव्यवस्था बिग्रिनुका कारणहरूमा अति राष्ट्रवादी अर्थतन्त्रलाई जोड दिनु, राजनीतिक अस्थिरता व्याप्त हुनु आदि थिए । शासन व्यवस्था केन्द्रिकृत हुनु अर्को महत्त्वपूर्ण कारण हुन पुगेको थियो । तर, अहिले भने इन्डोनेसिया पूर्ण प्रजातन्त्रको दिशातर्फ अग्रसर छ । यो मुलुकमा प्रजातन्त्र रहेको हिसाबले यो राष्ट्र विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक राष्ट्रसमेत हुन पुगेको छ । मुलुकको प्रजातान्त्रिक शासन प्रणालीले इन्डोनेसियालाई आर्थिक प्रगति गर्न राम्रो आधार प्रदान गरेको छ ।
सन् १९४५ मा नेदरल्यान्डबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै यो मुलुकले आफ्नो अर्थव्यवस्थालाई उदार पार्दै आएको भए, केन्द्रीय नियन्त्रण कठोरताका साथ कायम नगरेको भए, निकै आर्थिक प्रगति गथ्र्यो होला । हुन पनि इतिहासकालदेखि नै इन्डोनेसिया महत्त्वपूर्ण व्यापारिक क्षेत्र रहँदै आएको छ । सातौं शताब्दीदेखि नै यसले भारत र चीनसँग व्यापार गरेको देखिन्छ । इतिहासकालदेखि नै यो मुलक बर्माभैंm एक प्रमुख व्यापारिक केन्द्र रहँदै आएको हो ।
साधारण कुल गार्हस्थ्य उत्पादनको आधारमा इन्डोनेसिया विश्वको सोर्हौं ठूलो अर्थतन्त्र हो भने क्रयशक्तिको आधारमा पन्ध्रौं । १९ लाख ४ हजार ५६९ वर्ग किलोमिटरमा फैलिएको इन्डोनेसियाको ४.८५ प्रतिशत भूमि भने पानीले ढाकेको छ । सन् २०१२ को अनुमानअनुसार कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १.२०८ ट्रिलियन थियो भने प्रतिव्यक्ति आय ४ हजार ९७७ थियो ।
आर्थिक समृद्धिको दिशातर्फ तीव्रगतिमा दौडिरहेको इन्डोनेसियालाई गरिबीले पनि उत्तिकै पछ्याएको छ । सरकारी अनुमानअनुसार यहाँका १३ प्रतिशत जति जनता गरिबीको रेखामुनि छ । यो मुलुकले स्वतन्त्रता प्राप्त गर्नुभन्दा पहिले पनि यहाँ गरिबी व्याप्त थियो । उथलपुथलले भरिएको स्वतन्त्रता प्राप्तिपछिका वर्षहरूमा पनि खासै उपलब्धि हासिल हुन सकेन । त्यस कारण अहिले सरकारी अनुमानभन्दा पनि ठूलो सङ्ख्यामा जनता गरीब छन् । तर, पछिल्लो समयमा इन्डोनेसियाले राजनीतिक र आर्थिक दुवै क्षेत्रमा निकै सुधारहरू गरेको छ । साथै अर्थव्यवस्थालाई उदार पारेर राष्ट्रिय गरिबी कम पार्नमा सक्रिय छ । तर पनि दुईवटा समयस्याहरू भ्रष्टाचार र कर्मचारीतन्त्रबाट यो मुलुक निकै पीडित छ । आउँदा दिनहरूमा यी समस्याहरू कम भएर जाने छन् भनी सरकारले बेलाबेलामा भने तापनि यी समस्याहरूका जरा समाजमा निकै भित्रसम्म गाडिएको छ । यी समस्याहरूले इन्डोनेसियाको आर्थिक विकासलाई अपेक्षित ढ·मा अगाडि बढ्नमा निकै बाधा पुर्याउने देखिन्छ ।
स्वतन्त्रता प्राप्तिपछिका वर्षहरू उथलपुथलपूर्ण रही आर्थिक विकास सुस्त हुन पुगे तापनि अहिले भने इन्डोनेसियाले तीव्रगतिमा आर्थिक विकास गरिरहेको छ । इन्डोनेसियाको आर्थिक विकासको मोडेलबाट के सिक्न सकिन्छ भने पूँजीवादी अर्थतन्त्रको प्रयोगद्वारा देशलाई आर्थिकरूपमा सबल तुल्याउन सकिन्छ नै साथै गरिबी पनि उल्लेख्नीय किसिमले कम पार्न सकिन्छ । पूँजीवादी अर्थतन्त्रले गरीबहरूलाई झनै गरिब र धनीहरूलाई झनै धनी पार्ने रहेनछ । पूँजीवादी अर्थव्यवस्था गरीबहरूका हितमा छ ।
यसले मुलुकको गरिबी कम पार्नमा महत्त्वपूर्ण भूमिका खेल्छ । पूँजीवादी अर्थव्यवस्थाको व्यावहारिक प्रयोग एवं सफलताका लागि भने राजनीतिक स्थिरता, नेताहरूमा इमानदारिता र कानुनको पालनामा कठोर हुनु अति आवश्यक छ । यी कुराहरू गर्न इन्डोनेसिया प्रयत्नरत छ । नेपालमा भने यी कुराहरूको निकै अभाव देखिएको छ ।
द्यचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm