$type=ticker$count=12$cols=4$cate=0

दर्शनशास्त्र र धर्म

SHARE:

- शीतल गिरी
बौद्धकालमा हामी दार्शनिक चिन्तनको सशक्त लहर चलेको पाउँदछौंं । दर्शनशास्त्रको प्रगति, साधारणत: कुनै ऐतिहासिक परम्परामा हुने प्रबल आक्रमणको कारण नै सम्भव हुने गर्दछ, जबकि मानव समाज पछाडि फर्केर ती मूलभूत प्रश्नहरूलाई एकपटक पुन: उठाउन बाध्य हुन्छ जसको समाधान उसका पूर्वजहरूले प्राचीनतर योजनाहरूद्वारा गरेका थिए । बौद्ध तथा जैन धर्मका विप्लवले, त्यो विप्लव चाहे जस्तो होस्, आर्य विचारधाराको क्षेत्रमा एउटा विशेष ऐतिहासिक युगको निर्माण गर्‍यो, किनभने उसले कट्टरताको पद्धतिलाई पन्छाएर नै साँस फेर्‍यो साथै एउटा समालोचनात्मक दृष्टिकोणलाई सहायता गर्‍यो । महान् बौद्ध विचारकहरूका लागि तर्क नै एउटा यस्तो मुख्य शस्त्र थियो जहाँ सार्वभौमलाई खण्डनात्मक समालोचनाको शस्त्र बनाएर तयार पारिएको थियो । बौद्धधर्मले मस्तिष्कको पुराना अवरोधहरूलाई कष्टदायक प्रभावहरूबाट मुक्त गर्न विरेचनको काम गर्‍यो ।
    वास्तविक तथा जिज्ञासाभावले निस्केका संशयवादको जगलाई धेरै गहराइमा पुर्‍याउने आवश्यकताको परिणाम नै महान् दार्शनिक हलचलको रूपमा प्रकट भयो, जसले ६ वटा दर्शनलाई जन्म दियो जसमा काव्य तथा धर्मको स्थान विश्लेषण र शुष्क समीक्षाले लियो । रूढिवादी सम्प्रदाय आफ्नो विचारलाई संहिताबद्ध गर्न तथा तिनीहरूको रक्षाको लागि तार्किक प्रमाणहरूको आश्रय लिन बाध्य भयो । दर्शनशास्त्रको समीक्षात्मक पक्ष त्यति नै महत्त्वको पूर्ण बन्यो जति अहिलेसम्म कल्पनात्मक पक्ष थियो । तर्कको कसीलाई स्वीकार गरिसकेपछि काल्पनिक मान्यताहरूको प्रचारकहरूको विरोध खुकुलो भयो र त्यसबाट यो स्पष्ट भयो भने त्यसको आधार त्यति सशक्त र सुदृढ थिएन र ती विचारधाराहरूलाई दर्शनको नाम दिनु पनि ठीक थिएन ।
     मानिस संशयवादी भएर जीवन निर्वाह गर्न सक्दैन ।
    एकहोरो बौद्धिक द्वन्द्वबाट काम चल्न सक्दैन । वादविवादको स्वादले मानवको आत्मिक भोकलाई शान्त पार्न सक्दैन । यस्ता शुष्क तर्कले केही लाभ हुँदैन जसले हामीलाई सत्यसम्म पुगाउन सक्दैन । सम्पूर्ण दर्शनहरूमध्ये ६ वटा दर्शन धेरै प्रसिद्ध भयो । महर्षि गौतमको ‘न्याय’, कणादको ‘वैशेषिक’, कपिलको ‘सांख्य’, पतञ्जलिको ‘योग’, जैमिनीको ‘पूर्व मीमांसा’ र वादरायणको ‘उत्तर मीमांसा’ अथवा ‘वेदान्त’ । यी सबै वैदिक दर्शनको नामबाट चिनिन्छन् । यिनले वेदको प्रामाणिकतालाई स्वीकार गरेका छन् । भावनाको भुमरीमा दर्शन मथिङ्गल गरिएको हुन्छ । यसले गर्दा जनमानसबाट हट्न गएको छ । दर्शनको देन दार्शनिकको आफ्नोपन नभएर तत्कालीन परिस्थितिको आकलन गरेर प्राप्त भएको हुन्छ ।
    जुन दर्शन वेदको प्रामाणिकतालाई स्वीकार गर्दछ, त्यसलाई आस्तिक भनिन्छ, र जसले स्वीकार गर्दैन त्यसलाई नास्तिकको संज्ञा दिइएको छ । कुनै पनि दर्शनलाई आस्तिक अथवा नास्तिक हुन परमात्माको अस्तित्व स्वीकार अथवा अस्वीकार गर्नमा निर्भर नभएर वेदको प्रमाणिकता स्वीकार अथवा अस्वीकारमा निर्भर छ । यहाँसम्म कि बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूको उद्गम उपनिषद्हरूमा छ, यद्यपि तिनीहरूलाई सनातन धर्म मानिएको छैन, किनभने तिनीहरूले वेदको प्रामाणिकतालाई स्वीकार गर्दैनन् । कुमारिल भट्ट, जसको सम्मति यस विषयमा प्रामाणिक मानिएको छ, स्वीकार गर्दछन् कि बौद्ध दर्शनले उपनिषद्बाट प्रेरणा लियो र उनी यो युक्ति दिन्छन् कि यसको उद्देश्य अत्यन्त विषयभोगको रोकथाम गर्नु हो । वेदलाई स्वीकार गर्नुको अर्थ यो हो कि आध्यात्मिक अनुभवले यी सबै विषयहरूमा शुष्क तर्कको अपेक्षा धेरै प्रकाश प्राप्त गर्दछ । यसको अर्थ यो होइन की यी वेद प्रतिपादित सम्पूर्ण सिद्धान्तहरूलाई पनि स्वीकार गर्दछन् अथवा परमात्माको अस्तित्वमा पनि विश्वास राख्दछन् ।
    यसको अर्थ मात्र जीवनको मूल रहस्यको उद्घाटनका लागि गम्भीर प्रयास गर्नु हो । किनभने यी सम्प्रदायहरूले वेदको निर्दोषितासम्मलाई समानरूपमा स्वीकार गरेका छैनन् । हामी देख्दछौं कि वैशेषिक र न्याय परमात्माको सत्तालाई प्रमाणद्वारा मात्र स्वीकार गर्दछ । यस किसिमबाट वेदलाई प्रामाणिक मान्नाले यी ६ वटा दर्शनको दार्शनिकतामा, जहाँ दुवैमा परस्पर मतभेद हुन्छ, श्रुतिलाई प्रधानता दिइएको छ । श्रुति पनि आफैंमा दुई भागमा विभक्त छ, कर्मकाण्ड र ज्ञानकाण्ड । ज्ञानकाण्डको महत्त्व धेरै छ, यद्यपि यसको अधिकांश भागलाई केवल अर्थवाद अनावश्यक या गौण कथन भनेर एकातिर राखी दिइएको छ ।
    यी सबैको कारण वेदलाई प्रामाणिकताको धेरै उदार भावले नै ग्रहण गर्न सकिन्छ । देवको व्याख्या पनि व्याख्याकारको दार्शनिक रुचिमा निर्भर गर्दछ । तार्किक विधिहरू प्रयोग गर्दै र युक्तिस·त सत्यमा पुग्दै पनि, ती प्राचीन मन्त्रहरूबाट उसको स·ति बनाइराख्न बरोबर उत्सुक थिए । तिनीहरूको इच्छा बरोबर यही भयो कि उनीहरूलाई एकदम नवीन विषयको प्रतिपादन मान्नुभएन । यद्यपि यसबाट उनीहरूको स्पष्टवादिताको केही अभाव नै खड्किन्छ, तब पनि यसबाट ती सिद्धान्तको प्रचारमा सहायता भयो जसलाई तिनीहरूले सत्य मानेका थिए ।
    यी दर्शनहरूका विषयका विविधता यस कारणले हो कि दार्शनिक कल्पनाहरूका पछाडि धार्मिक उद्देश्य लुकेको छ । शब्दको नित्यताको सिद्धान्त दार्शनिक समस्याहरूभन्दा धेरै आस्तिकवादको समस्या हो । किनभने यसको सम्बन्ध वेदको निर्दोषिताको सिद्धान्तसँग छ । प्रत्येक वैदिक दर्शनमा तर्क, मनोविज्ञान, तत्त्वज्ञान र धर्मको सम्मिश्रण पाइन्छ । जब वैदिक साहित्य धेरै अगाडि बढयो र वैदिक विषयको विचारलाई आफ्नो विचारहरू क्रमबद्ध गर्ने आवश्यकता महसुस हुन थाल्यो, तब सूत्र साहित्यको उत्पत्ति भयो । दर्शनको मुख्य–मुख्य सिद्धान्त सङ्क्षेपमा सूत्रको रूपमा राखिएको छ । यसलाई जहाँसम्म सम्भव हुन सक्यो स्यानोभन्दा स्यानो कलेवरमा, शड्ढारहित, तर वास्तविक तत्त्वलाई प्रकट गर्ने रूपमा राखिएको छ । जसमा अनावश्यक र अशुद्ध अंशको लागि कुनै स्थान रहँदैन । उसको निष्ठा अक्षुण्ण छ । र तर्कको दृष्टिले फरक फरक छन्, तर वेदको प्रामाणिकताको सवालमा छवटै दर्शन संयुक्त र समन्वित हुन्छ ।
    दार्शनिक विचारहरूका विभिन्न क्षेत्रमा विभिन्न पद्धतिहरू विकास भए । कतिपय पीढीमा विचार एकत्रित हुँदै गयो र अन्तमा सूत्रको रूपमा त्यसको सङ्ग्रह गरियो । सूत्र कुनै एक विचारकको परिश्रमको परिणाम होइन, न कुनै एउटा युगमा यसको निर्माण भएको हो । यी कतिपय अन्य पीढीहरूका सतत् परिश्रमको परिणाम हो । सूत्रको रूप लिनुभन्दा पहिले ती विचारहरू कति समयसम्म गर्भरूपमा बढ्दैरहे त्यस
कुराको कल्पना गर्न सकिन्छ, यस कारण यसको उद्गमको खोजी गर्नु गार्‍हो काम हो ।
    प्रत्येक दर्शनको निर्माण प्रारम्भिक अवस्थामा दार्शनिक विचारको एक किसिमको बाढी आउँछ, त्यो एउटा विशेषस्थलमा सूत्रबद्धरूपमा सङ्क्षिप्त आकार धारण गरेपछि सूत्रभूत व्याख्याहरू आउँदछ, जसको कारण मौलिक सिद्धान्तमा धेरै परिवर्तन, सुधार र विस्तार पनि हुन्छ । भाष्य प्रश्नोत्तरको रूपमा हुन्छ, किनभने उपनिषद्को समयदेखि नै यस पद्धतिलाई जटिल विषयको विशद्रूपमा सम्झाउने एकमात्र उपयुक्त साधन भन्ने गरिन्थ्यो ।
    वेदको प्रामाणिकता मान्य हुनाले के ध्वनित हुने गर्दछ भने यी सबै दर्शनको विकास विचारधाराको एउटै आदिम स्रोतबाट भएको हो । हिन्दू शिक्षकहरूले भूतकालको आफ्ना पूर्वजहरूबाट प्राप्त ज्ञानलाई उपयोग यसकारण पनि गरे किनभने यस आधारमा व्यक्त गरिएका विचार सरलताले बुझ्न र बुझाउन सकिन्थ्यो ।
    के मानिएको छ भने जसको प्रारम्भ हुन्छ उसको अन्त पनि हुन्छ । थुप्रै भागहरू मिलेर जुन वस्तुको निर्माण भएको छ, त्यो न नित्य हुन सक्दछ र न आफ्नो अस्तित्व सधै स्थिर राख्न सक्दछ ।
    नवीन सृष्टि विश्व इतिहासको आगामी बिसौनी हुन्छ । जबकि बचेको सद् र असद् क्षमताहरूलाइै आफ्नो पूर्णतासम्म पुग्ने अवसर प्राप्त हुन्छ । यसको तात्पर्य हो मानव जातिको नयाँ सोचबाट आत्मदर्शनको मार्गमा आरुढ हुने अवसर प्राप्त हुनु । पूर्व मीमांसालाई छाडेर अन्य सबै वैदिक दर्शनको लक्ष्य मोक्ष प्राप्तिको क्रियात्मक उपायहरूलाई खोजेर निकाल्नु हो । मोक्षको अर्थ यी शास्त्रहरूका अनुसार हो– जीवात्माको पाप अथवा भूलहरूबाट बचेर आफ्नो शुद्ध स्वरूपलाई चिन्नू र त्यसलाई प्राप्त गर्नू । यस अंशमा सबै दर्शनहरूका एउटै नै उद्देश्य छ । अर्थात् पूर्ण मानसिक सन्तुलन, जीवनका विषमताहरू र अनिश्चितताहरू, दु:ख र कष्टहरूबाट छुटकारा पाउनू । ‘एउटा यस्तो शान्ति जो शास्वत बनिरहोस्’, जसमा कुनै संशय बिघ्न हाल्न नसकियोस् र पुनर्जन्म, जसलाई भ· गर्न नसकियोस् । जीवनमुक्तिको विचारलाई अर्थात् यसै जन्ममा मुक्त हुने भावलाई अनेक सम्प्रदायले स्वीकार गरेका छन् । यसले अमूर्त आदर्श प्राप्त गरेको छ र जनमानसलाई सम्यक नियोजन गर्दछ । यहाँको जनमानसको प्रेरणा यस कारण धर्ममूलक बनेको हो र यसै कारण सम्मिलितरूपमा हिन्दूको धार्मिक हुड्ढारमा यसलाई नियोजित गर्न सकिंदैन ।
    हिन्दूहरूको यो मूल विश्वास छ कि यस विश्वको सञ्चालन पूर्णरूपले कुनै नियम अनुसार भइरहेको छ र तब पनि मानवलाई पूर्णतया स्वतन्त्र राखिएको छ । हाम्रो कार्यले टाढादेखि नै हाम्रो पिछा गर्दछ, जे हामी पहिले थियौं त्यसै अनुसार हाम्रो वर्तमान निर्धारण भएको हो । सम्पूर्ण दर्शन पुनर्जन्ममा आस्था राख्दछ । हाम्रो जीवन एउटा यस्तो मार्गमा हिंडेको छ जसको दिशा अथवा लक्ष्य अनन्तमा निहित छ । दर्शनले हामीलाई गन्तव्य स्थानको ढोकासम्म लैजान्छ, तर त्यसभित्र प्रवेश गराउन सक्तैन । त्यसको लागि अन्तर्दृष्टि अथवा आत्मज्ञान आवश्यक पर्छ ।
    हामी संसाररूपी अन्धकारमा हराइरहेका बालकझैं छौं । जो आफ्नो चारैतिर व्याप्त दु:खमा आशा लिएर टासिएका छौं । यसकारण प्रकाशको आवश्यकता छ, जसले हामीलाई वासनाहरूबाट मुक्त राखेर आफ्नो शुद्ध एवं वास्तविक स्वरूपको दर्शन गराओस् र रहिरहेका छौं । यस प्रकारको अन्तर्निरीक्षण मोक्ष प्राप्तिको एकमात्र साधन स्वीकार गरिएको छ, यद्यपि अन्तर्निरीक्षणको उद्देश्यको विषयमा मतभेद अवश्य छ । भारतीय दर्शनको इतिहास अनेक किसिमका कठिनाइहरूले भरिएको छ । प्रमुख शास्त्रकारहरू र उनीहरूका ग्रन्थको समयको विषयमा संशयरहित केही पनि भन्न सकिन्न र कतिपय नै सुप्रसिद्ध ग्रन्थकारहरूको ऐतिहासिकताको विषयमा पनि धेरै मतभेद छ, कतिपय प्रास·िक ग्रन्थ त उपलब्ध छैन र कतिपय जो प्रकाशित भएका छन् तिनीहरू सबैको अहिलेसम्म आलोचनात्मक अध्ययन नै भएको छैन ।
    महान् भारतीय विचारकहरूले पनि भारतीय दर्शनको ऐतिहासिक दृष्टिले छानबिन गरेका छैनन् । माधवाचार्यले आफ्नो सर्वदर्शनसङ्ग्रहमा १६ विभिन्न दर्शनहरूको विवेचना गरेका छन् । शैव सिद्धान्तका चारवटै सम्प्रदायहरू र रामानुज साथै पूर्णप्रज्ञ सम्प्रदायको आधार वेदान्त शब्दको नित्यताको सम्बन्धमा मीमांसाको मतसँग सहमत भएर स्फीट अर्थात् प्रत्येक शब्दको अन्तर्गत अर्थको अभिव्यक्तिको अविभाज्य रूपलाई स्वीकार गर्दछन् ।
सन्दर्भ ग्रन्थ : माधवाचार्य ( सर्वदर्शनसङ्ग्रह हरिभद्र ( षडदर्शनसम्मुच्चय –महाभारत
–क्जष्तब)िनचघज्ञ२थबजयय।अयm

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : दर्शनशास्त्र र धर्म
दर्शनशास्त्र र धर्म
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/06/blog-post_4492.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/06/blog-post_4492.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy