- बैद्यनाथ ठाकुर
जोकोहीले पनि –‘गल्ती गरे अब आइन्दा यस्तो गर्दिनँ, मलाई माफी दिनुस्’ भन्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । हाम्रो समाजमा क्षमा र माफीलाई बढी महत्त्व दिएर हेर्ने गरिन्छ । वैदिक संस्कृतिमा कसैलाई पनि क्षमा दिनु र कसैले पनि माफी मागेर मुक्ति पाउनु स्वाभाविक र सहज प्रक्रिया रहँदै आएको छ । कुनै घटना दुर्घटना घट्दा समाजमा भद्रभलाद्मी बसेर पञ्चायती गरी गल्ती गर्नेलाई माफी मगाएर मुद्दालाई सामाजिकरूपमा रफादफा गर्ने चलन निकै पुरानो हो । यस प्रकारको निर्णय प्रक्रियालाई अहिलेसम्म समाजले जोगाएको पनि छ तर एउटा व्यक्तिले बारम्बार गल्ती गर्छ र माफी मागिरहन्छ भने यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । माफीलाई भजाएर खाने मानिसहरू पनि नभएका होइनन् । सधैंभरि प्रतिबद्धता र वचनबद्धता जाहेर गर्ने तर त्यसलाई कहिले पनि पूरा नगर्ने फटाहा महानुभावहरूको हाम्रो समाजमा कुनै कमी छैन ।
एकजना जँडयाहा जो प्रत्येक दिन जाँड खाएर बबाल मचाउँछ र भोलिपल्ट समाजको अगाडि पुरानो शैलीमा दयालाग्दो गरी माफी माग्छ । केही दिन शान्त रहन्छ, तर त्यो शान्ति लामो समय रहँदैन । ऊ फेरि साँझ पर्नेबित्तिकै आफ्नो सारा प्रतिबद्धता बिर्सिदिन्छ र बेस्सरी जाँड धोक्छ अनि भट्टीबाटै बबाल शुरु गरिदिन्छ । जँडयाहाको जीवनको दिनचर्या नै जाँड र बबाल हुने गर्दछ । उसलाई लाज शरम तथा इज्जत–बेइज्जतको कुनै डर भय हुँदैन । माफी मागेको भोलिपल्टदेखि दुई चार दिन घरबाहिर निस्कँदैन । घरभित्रै लुकेर लाज पचाउँछ । अनि फेरि उसलाई जाँड नभई हुँदैन । उसको लागि जाँड नै सबथोक हुने गर्छ ।
गएको हप्ता वीरगंजमा एउटा प्रतिष्ठित तथा ऐतिहासिक सामुदायिक उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापक तथा एक शिक्षकबीच विद्यालयमैं विद्यार्थीहरूकै अगाडि कुस्ती र फाइट परेछ । पटक–पटक प्रहरीलाई बोलाइरहने भएर होला प्रहरी नआउला कि भन्ने आशड्ढामा प्रधानाध्यापकले विद्यालयमा एकजना विद्यार्थीले आत्महत्या गरेको झूटो खबर प्रहरी चौकीमा विद्यालयकै फोनबाट सूचना गरेछ । बिचरा प्रहरीहरू जोजस्तो अवस्थामा थिए, दौडादौड गरेर विद्यालयमा आउँदा आत्महत्याको कुनै घटना नै घटेको थिएन । त्यहाँ त प्रधानाध्यापक र एकजना शिक्षकबीच सामान्य दैनिक कार्यतालिकाको विषयमा विवाद भई कुटाकुट भएको देखेर प्रहरी पनि लज्जित भए । कस्तो झूटो बोल्न सक्ने प्रधानाध्यापक रहेछ । पीडित शिक्षकले जिल्लाभरिको शिक्षकहरूको सङ्घ–स·ठन, मञ्च, परिषद् तथा शिक्षक युनियनसमेतलाई न्याय पाउनको लागि लिखितरूपमै गुहारे । बिचरा शिक्षकलाई के थाहा पञ्चहरूले दुवैथरीलाई माफी मगाएर मुद्दालाई रफादफा गरिदिन्छन् । जेहोस् प्रधानाध्यापक र शिक्षक दुवैले दुई हात जोडी शिक्षकहरू माझ माफी मागे र आइन्दा फेरि यस्तो घटना नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यहाँसम्म कुरा ठीकै छ । तर सहभागी शिक्षकहरू भन्दै थिए–पञ्चहरूले ठीक निर्णय दिएनन् । निसाफ नै गर्न सकेनन् । गूँ र गोबर छुट्याउन सकेनन् । शिक्षकलाई कुट्ने प्रधानाध्यापकलाई विभागीय कारबाई नगर्ने हो भने यसले विद्यालयमा थप अराजकता ननिम्त्याउँला भन्न सकिन्न । मान्छेको मनोविज्ञान न हो । कुट्दा पनि उही माफी त माग्ने हो भनेर बुझ्नेहरूको लागि अपराध गर्ने मनोबल प्रदान हुन्छ भन्ने कुरातिर पञ्चहरूको दृष्टिकोण नपुगेकै हो । गल्ती गर्नेले उचित दण्ड पाएन भने वा गल्तीको ढाकछोप गरियो भने अपराधी प्रवृत्ति बढ्दै जान्छ । नेपालको सबै क्षेत्रमा भ्रष्टाचार बढ्नुको मुख्य कारण के हो ? तलदेखि माथिसम्म सबै निकाय भ्रष्ट भएपछि भ्रष्टाचार संस्थागत हुन कसले रोक्ने ? कानुनको किताबमा लेखेको धारा–उपधाराले अपराध रोकिंदैन त्यसैले जहाँ सरकोरावाला सबै भ्रष्ट छन् त्यस्तो ठाउँमा भ्रष्टाचार उन्मूलन वा अपराध वृत्ति समाप्ति भन्नुको अर्थ उही कुकुरको पुच्छर जस्तो हुन्छ, जसलाई बार्ह वर्षसम्म ढुङ्ग्रोमा राख्दा पनि सोझो हुँदैन ।
अपराधी सानो होस् वा ठूलो उसलाई दण्ड दिने व्यवस्था भएन भने अपराध बढ्दै जान्छ । भ्रष्टाचार भनेको सबैभन्दा ठूलो अपराध हो । यति बेला मुलुकमा व्याप्त दण्डहीनताको अवस्थाले झन् भ्रष्टाचारीहरूको मनोबल उच्च भइरहेको छ । भ्रष्टहरूलाई राजनीतिक पार्टीको बलियो संरक्षण प्राप्त भइरहेको छ किनकि नेपाली समाजमा भ्रष्टाचारको मुख्य किल्लाको रूपमा यति बेला राजनीतिक पार्टीका नेताहरू नै देखिएका छन् । कुनै यस्तो पार्टी छैन जुन पार्टीको नेता भ्रष्ट छैन । चाहे त्यो राज्यको ढुकुटीबाट सीधै चोर्ने गरोस् वा पार्टीको आन्तरिक हिसाब–किताब, चन्दा लेभी, कमिशनलाई हिनामिना
गरोस् । कुनै पनि पार्टी भ्रष्टाचारबाट अछूतो रहेको अवस्था देखिंदैन । यस्तोमा भ्रष्टाचारीहरूको जयजयकार: ‘बाहिर बाहिर लोकाचार–भित्रभित्र पोका पार’को नीतिले सबैलाई फलिफाप गरेको छ । चाहे त्यो नेता होस् वा मन्त्री, प्रहरी प्रशासन होस् वा शैक्षिक माफिया वा काला व्यापारी, दलाल पूँजीपति । सबले दशकौंदेखि अनुकरण गर्दै आइरहेको भ्रष्टाचार कहिलेसम्म गरिराख्ने हो त्यो हेर्न अझै बाँकी नै छ ।
तीन करोड नेपाली जनताको तथाकथित भाग्यविधाता ठान्ने हाम्रो देशका राजनीतिक पार्टीका नेताहरू पनि उही जँडयाहाकै शैलीमा हिंडेको देखिन्छ । हिजोको दिनमा १४ बर्से बहुदलकालमा यिनीहरूले गरेको कुकर्महरूको लागि जनताद्वारा बहिष्करणमा परेपछि काठमाडौंको खुलासभामा (दोस्रो जनान्दोलनपछि) हात जोडेर जनतासँग माफी माग्दै भनेका थिए–“अबबाट सुध्रिन्छौं, जनविरोधी काम कहिल्यै गर्दैनौं, जनताको सेवामा लाग्छौं । तर यिनीहरूले कति दिनसम्म आफ्नो प्रतिबद्धता कायम राखे ? दुई वर्षमा गर्नुपर्ने काम चार वर्ष बित्दा पनि गर्न सकेनन् । जनताको भलाईको निमित्त यिनीहरूले एउटा पनि माखो मारेनन् तर आफूहरूको सुरक्षा बढाउने, दिनदिनै पाउने गरेको दैनिक भत्ता बढाउने, विभिन्न शीर्षक तथा ठेक्कापट्टाबाट प्राप्त हुने कमिशन संस्थागत गर्नेजस्ता कार्यमा यिनीहरू अग्रपङ्क्तिमा देखिए । आफूले राज्यको सेवाको लागि प्राप्त गरेको रातो पासपोर्टसमेत यिनीहरू बेच्न पछि परेनन् । विद्युत् चोर्नेदेखि लिएर ढुकुटीसम्म झ्वाम पार्ने यी नेताहरूले करोडौंको सम्पत्ति केही वर्षमैं जोड्न भ्याए । यिनीहरू यतिसम्म चरित्रहीन भए कि घरमा पत्नी हुँदाहुँदै केटीहरूसँग डान्सबार र लजहरूमा आपत्तिजनक अवस्थामा भेटिए । यिनीहरूको कुकर्मको इतिहास केलाउने हो भने थप रामायण र महाभारत तयार हुनेछ । जनताको अगाडि यिनीहरूको चरित्र उदा·िइसकेको छ । त्यसैले यिनीहरू एकातिर चुनाव नहोस् भन्ने चाहन्छन् र विभिन्न खाले झमेला झिकिरहेका छन् भने अर्कोतिर चुनाव भइ नै हाल्यो भने पुन: जनतासँग माफी माग्ने मानसिकता तयार पार्न व्यस्तर् छन् ।
संविधानसभा चुनावको मिति घोषणा भइसकेपछि जे भयो सो भयो अबबाट यस्तो हुने छैन, हामीलाई माफ गर्नोस् भनी दुई हात जोड्दै आफ्नो लाचारी र निर्लज्जता प्रकट गर्दै फेरि जनतामा यिनीहरूलाई प्रस्तुत हुन न लाज लाग्ने छ न घिन नै । वास्तवमा हाम्रा नेताहरूले सुध्रिनको लागि माफी मागेका थिए कि अझै ठूलो भ्रष्टाचार गर्ने अवसर प्राप्त होस् भनेर माफी मागेका थिए ? यो प्रश्न बडो गम्भीर छ । यसमाथि गम्भीरतापूर्वक विचार गरिएन भने फेरि जनताले विश्वासघातबाहेक अरू के पाउँछ ?
सबैखाले भ्रष्टाचारीहरू वर्गीयरूपमा भाइ–भाइ हुन् । पेशा र व्यवसायले तिनीहरू जहाँ भए पनि एकअर्काको संरक्षण गरिरहन्छन् । फलत: आजसम्म भ्रष्टाचार न्यूनीकरण हुनुभन्दा पनि झन् मौलाएर गएको छ । गाउँको भ्रष्टाचारीलाई जिल्लाको भ्रष्टाचारीले, जिल्लाकोलाई क्षेत्रकोले र देशैभरिकोलाई राजधानीका बालुवाटार र सिंहदरबारमा बस्ने महाभ्रष्टहरूले आजसम्म संरक्षण गर्दै आएको कुरा जगजाहेर छ । यिनीहरू कुरा जति मीठा गर्छन् यिनको पेट त्यत्तिकै कालो हुन्छ । सुकिलोमुकिलो भएर गुलियो बाँड्दै हिंड्ने भ्रष्टहरू देश र जनताको लागि विषका भण्डार हुन् । यिनीहरूमाथि कारबाई नभएसम्म कहिल्यै पनि देश सबल हुन सक्दैन भन्ने कुरा सबैले हेक्का राख्नुपर्छ ।