प्रश्न: केटाकेटीको विवाह गर्दा गराउँदा तिलक दाइजो लिनेदिने कानुनी प्रावधान छ कि छैन ? विवाहमा अत्यधिक खर्च गर्न मिल्छ कि मिल्दैन ? तिलक लिए दिएमा के कस्तो सजायको व्यवस्था छ ? यसको कानुनी कारबाईको प्रक्रिया के हो ?
–महावीर यादव, बसतपुर
उत्तर: केटाकेटीको विवाह गर्दा गराउँदा सामाजिक व्यवहार (सुधार) ऐन २०३३ बमोजिम तिलक, दाइजो वा कुनै किसिमको नगद वा जिन्सी कर लगाएर लिनुहुँदैन । साथै छेकालगायत कुनै काममा पनि बढी खर्च गर्न बाध्य पार्नुहुँदैन । विवाहमा लेनदेनको निम्ति मोलतोल पनि गर्नुहुँदैन । विवाह गर्दा गराउँदा न दुलहा पक्षले तिलक लिन पाउँछ, न दुलही पक्षले दुलहा पक्षबाट नगदी जिन्सी लिन पाउँछ । विवाह हुँदा वा विवाहपछि यति नगदी, जिन्सी, दाइजो, दान, बकस, भेटी, बिदाइ उपहारसमेत जुनसुकैरूपमा दिनुपर्छ भनी कर लगाउनुहुँदैन । दुवै पक्षले अगावै तय गर्नुहुँदैन, दाइजो दिएन भनेर टन्टा गर्नुहँुदैन, विवाह गर्न इन्कार गर्नुहुँदैन । शरीरमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुशीले दिनेले पनि बढीमा दश हजार रुपियाँसम्म मात्र दाइजो दिन सक्छ । जन्तीको सन्दर्भमा ५१ जनाभन्दा बढी जन्ती लानुहुँदैन । जन्तीमा आतिशबाजी गर्नुहुँदैन र एघारजनाभन्दा बढी बाजावाला लानुहुँदैन । विवाहमा भोज गर्दा पनि एकावनजनाभन्दा बढीलाई आमन्त्रण गर्नुहुँदैन भन्ने कानुनी प्रावधान छ । सजायको सन्दर्भमा हेर्दा तिलक लिए दिएमा बिगो जफत गरी बार्ह हजारदेखि पच्चीस हजार रुपियाँ जरिवाना वा तीस दिन कैद वा दुवै सजाय, दाइजो लिएमा बिगो जफत गरी दश हजार रुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । जन्ती बढी लगेमा दश हजार रुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय, कानुनबमोजिमबाहेक भोज गरेमा बीस हजार रुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुन्छ । सरकारी कर्मचारीले उपरोक्त कसुर गरेमा उपरोक्त सजायका अतिरिक्त विभागीय कारबाई पनि गरिने कानुनी प्रावधान छ ।
विवाहमा खर्चको हिसाबकिताब प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने प्रावधान छ । उजुरी परेपछि प्रमुख जिल्ला अधिकारीले खर्चको विवरण माग गर्न सक्नेछन् र तोकिएको मितिमा विवरण नदिनेलाई पनि तीन हजार रुपियाँसम्म जरिवाना वा तीन दिनसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । यस्ता किसिमको मुद्दामा नेपाल सरकार वादी हुन्छ भने प्रमुख जिल्ला अधिकारीले मुद्दा हेर्छन् र फैसला गर्छन् ।
प्रश्न: बोक्सीको आरोपमा कसैलाई दुव्र्यवहार गरियो भने के सजाय हुन सक्छ । त्यस्तो दुव्र्यवहार गर्नेलाई कारबाई चलाउन के कानुनी प्रक्रिया छ ?
–अनिल कुमार, सामाजिक कार्यकर्ता
उत्तर: अनिलजी, बोक्सीको आरोपमा कसैलाई कसैले दुव्र्यवहार गर्यो भने त्यो नेपालको कानुन अनुसार अपराध हो । त्यो अपराध गर्ने व्यक्तिलाई कानुनले सजाय गर्छ । मुलुकी ऐन अदलको महल अनुसार कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने, काम गरेमा वा कुनै रोग लागेको व्यक्तिलाई त्यस्तो रोग लागेको कारणबाट तिरस्कार वा अमानवीय वा अपमानजनक व्यवहार गरी निजलाई बसोबास गरेको ठाउँबाट निकाला गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ भन्ने कानुनी प्रावधान छ । यस्तो मुद्दामा नेपाल सरकार वादी हुने भएकोले पीडित पक्षले पीडकउपर सम्बन्धित प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गराउनुपर्छ । पीडकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी मुद्दा चलाइने छ । अपराध गरेको प्रमाणित भएमा उपरोक्त बमोजिम सजाय हुनेछ ।

- अधिवक्ता वीरेन्द्रप्रसाद यादव