पाउरोटीमा ऐब रहेको हुँदा एकजना परिवारका तीनजनालाई झाडाबान्ता भयो । पाउरोटी मानवद्वारा उत्पादन हुने हुँदा कम्तीमा त्यसको प्याकेटमा उत्पादन मिति, म्याद सकिने मिति, मूल्य, त्यसमा मिसाइएका अन्य पदार्थ इत्यादिको सूची लेखिएको हुन्छ । लेखिएको छैन भने कानुनी प्रावधान अनुसार दण्ड वा जरिवाना भोग्नुपर्छ । यो कुरा पाउरोटीमा मात्र लागू हुँदैन, उपभोग्य जुनसुकै वस्तुको प्याकेट वा राख्ने भाँडोमा लेखिनुपर्ने अनिवार्यता कानुनले गरेको छ । जसले गर्दा उपभोक्ताले खरिद गर्न लागेको वस्तु गुणस्तरहीन छ वा छैन भन्ने चाल पाउँछ । त्यसबाहेक वस्तुको उपयोग गर्दा अस्वाभाविक परिणाम आयो भने उत्पादकमाथि कानुनी कारबाई गर्न सकिन्छ । तर यस्तो वस्तु, जसमा लेख्ने कुनै प्रावधान छैन, त्यो खाद्य वा अखाद्य के हो कसरी छुटयाउने ? हो, यस्तै वस्तुले आज वीरगंज मात्र होइन, नेपाल–भारतलगायत अन्यान्य मुलुक आक्रान्त छन् । उत्पादित वस्तु राख्ने भाँडो, र्यापर वा जेमा पनि लेखे अनुसारको गुण त्यस वस्तुमा छैन भन्ने कुरा परीक्षणबाट थाहा हुन सक्छ । तर केही वस्तु यस्ता छन् जसको दैनिक उपभोग हुन्छ, तर त्यसमा खाद्य–अखाद्य के छ भन्ने कुराको भेउ कसैलाई हुँदैन ।
अहिले बजारमा बिक्री भइरहेको आँपलगायत फलहरू वा सदा–सर्वदा उपभोग्य तरकारीमा कति मात्रामा अखाद्य पदार्थ छ, त्यसबारे कुनै नियम कानुन छ कि छैन, त्यसको भेउ पाउन सकिएको छैन । किनभने त्यस्तो कुरामा आजसम्म कारबाई भएको, दण्ड जरिवाना गरिएको समाचार प्राप्त भएको छैन । जस्तो आँपलाई अचेल समय अगावै टिपेर कारबाइडमा राखी पकाइन्छ । आँप मात्र होइन, मेवालगायत अधिकांश फलहरू यसैगरी पकाइन्छ र बजारमा बिक्री गरिन्छ । नेपालीहरूको जीवनस्तर जुन ढाँचाको छ, त्यसमा फलफूल खानु भनेको बिरामी पर्दा मात्र जुर्छ । त्यसरी कारबाइडले पकाइएका फलहरू बिरामीले खाँदा रोगीको के अवस्था हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । कारबाइडमा राखेर पकाइएको फलहरूले निरोगी मानिसलाई त कष्ट दिन्छ भने रोगी मानिसको के अवस्था हुँदो हो ? अब तरकारीको कुरा गरौं । अचेल पेस्टीसाइड र इन्सेक्टिसाइड नहाली कुनै पनि तरकारी बजारमा ल्याउँदै ल्याइन्न । तरकारीहरूमा यस्तो विष हाल्नु मानव स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने कुरा न्युट्रिशियनहरूलाई मात्र थाहा छ । फेरि तरकारीहरूमा विष हालिएको छ कि छैन भन्ने पत्तो लगाउन पनि गार्हो छ । एक त मानिसलाई विषादिबारे जानकारी छैन, त्यसमाथि यसको परीक्षणको सुविधा पनि छैन । यस्ता खाद्य पदार्थमा विषादि छरिनु आवश्यक छ भने पनि त्यसलाई ३ दिन पछि मात्र बोट–बिरुवाबाट तोडेर बिक्री गर्नुपर्दछ । यो ज्ञान बिक्रेतालाई नै छैन, उपभोक्तालाई झन् के होस् ।
अब कुरा गरौं आमिष खाद्य पदार्थको । वीरगंजको बजारमा खसी काटेर त्यसको कुनै नशामा साइकलमा हावा भर्ने पम्पबाट हावा भरी त्यसमा पानी (नालाको कि शुद्ध) हालेर हाकाहाकी बिक्री हुन्छ । पावर हाउस चोकमा गोटा आठेक पसलेले यसैगरी पम्प गरेर मासु बेच्छन्, त्यही ठाउँमा चौबीसै घण्टा दुईचारजना प्रहरी तैनाथ हुन्छन् तर कसैलाई चेत हुँदैन यो किन गरेको ? न उपभोक्ताले यसको विरोध गर्दछ न प्रहरीले कुनै चासो राख्छ । कुखुराको मासुको पनि त्यही हाल छ । विकासे कुखुरालाई औषधिहरू ख्वाइरहनुपर्छ । यसरी औषधि खुवाइएका कुखुराहरू चार दिनपछि मात्र मासु खान योग्य हुन्छन् । तर कसले निगरानी गर्ने ? यो कथा वीरगंजजस्तो शहरको हो, जुन ग्रेटर वीरगंज बन्ने दौडमा सामेल छ । यी सबै दूषित पारिएको खाद्य पदार्थ मन्दविष हो्, जसले प्रकारान्तरमा मानव स्वास्थ्यलाई जीर्ण बनाइदिन्छ ।