राधेश्याम पटेल, परवानीपुर, १३ असार/
भारतको उत्तराखण्डमा चारधाम तीर्थयात्रा गएको वीरगंजको ४३ जनाको टोली भाग्यले साथ दिंदा सकुशल घर फर्केका छन् ।
केही दिनअघि परेको अविरल वर्षाले गर्दा उत्तराखण्डमा आएको बाढीले सयौं मानिस र करोडौंको क्षति पुर्याएको बेला वीरगंजका तीर्थयात्री घर फर्किनु खुशीको खबर हो ।
“ज्यान जोगियो, सबै पायौं”– जिविसअगाडि खाना पसलका सञ्चालक नगिना साह कानूले बताए । नगिनासहित उनकी पत्नी गिर्जादेवी र कान्छो छोरा राहुल गुप्तासहित ४३ जना जेठ २० गते बसबाट चारधाम यात्रामा गएका थिए ।
“उताको कुरा नसोध्नुस्, बडो पीडादायक रहयो”–गिर्जादेवीले भनिन्– “हरिद्वार, ऋषिकेश, ग·ोत्री, बद्रीनाथ हुँदै ३१ गते शुक्रवार राति १० बजे केदारनाथ बसबाट पुग्यौं । भोलिपल्ट शनिवार बिहान ४:३० बजे दर्शन गरी गौरीकुण्डमा बास बस्यौं । त्यहाँबाट १२ किलोमिटर पूर्व फाटा भन्ने ठाउँ पुग्दा जानकारी पायौं कि केदारनाथको मन्दिरबाहेक उक्त क्षेत्रको सडक र सम्पूर्ण बस्ती, बसहरू बाढीले बगाएर लग्यो । ग·ा र मन्दाकिनी नदीमा आएको भीषण बाढीले गाडी बगाएको दृश्य देख्दा भगवान्लाई प्रार्थना गरिरहेका थियौं, मन रुँदै थियो ।”
“त्यसपछि हामी रोकिएको ठाउँभन्दा अगाडिको सडक पनि बाढीले काट्यो । चार दिन त्यही अलपत्र
भयौं, करिब ५ सय गाडीवालाहरूले २/२ लिटर डिजल सड्ढलन गरी डोजरद्वारा बाटो मरम्मत गरी अगाडि बढायौं”–नगिनाले बताए ।
सम्पर्कविहीन अवस्थामा एक रातको १५ सय तिरेर फाटामा चार रात बिताउनुपर्दा मत बहुतै खिन्न भएको उनीहरूले बताए । ७ गते हरिद्धार पुगेपछि मन शान्त भयो, १० गते वीरगंज छिरेपछि परिवारसँग भेट हुन्छ भन्ने विश्वस्त भई प्रसाद वितरण गर्न तयारी गरिरहेको बेला प्रतीकसँग कुरा गर्दै उनीहरूले बताए ।
रक्सौलमा राहत सङ्कलन
राजेश केशरीवाल, रक्सौल/
उत्तराखण्डमा भएको दैवी प्रकोप र मानवीय विपत्तिलाई मध्यनजर गर्दै राष्ट्रिय स्वयंसेवक (आरएसएस)ले आज रक्सौलमा राहत सड्ढलन अभियान सञ्चालन गरेको छ । आरएसएसका नेता–कार्यकर्ताहरूले नगरक्षेत्रका हरेक घरदैलोसम्म पुगी यथासक्दो राहत सहयोग सड्ढलन गरेका थिए ।
अभियानको क्रममा कपडा, नगद, चेक, खाद्यपदार्थ र अन्न ठूलो परिमाणमा सड्ढलन भएको आरएसएसले जनाएको छ । सड्ढलित नगद तथा सामग्री शुक्रवार उत्तराखण्ड पठाउने तयारी भएको राहत सड्ढलन अभियानका सहभागीहरूले बताएका छन् । राहत सड्ढलन टोलीमा आरएसएसका कार्यकर्ता ओमप्रकाश निखिल, त्रिवेशकुमार, वीरेन्द्र सोनी, शम्भु घोषलगायतको सहभागिता थियो ।