प्रस, वीरगंज, १४ असार/
राष्ट्रिय योजना आयोगद्वारा आजदेखि पर्सा जिल्लामा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागू गरिएको छ ।
जिविस, पर्सामा आयोजित बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन कार्यक्रमको पर्साका प्रजिअ कैलाशकुमार बजिमयले उद्घाटन गरेका थिए । उनले सो अवसरमा पर्सा जिल्लाका कुल बालबालिकाको ६० प्रतिशत कुपोषणको शिकार भएको कारण यस वर्षदेखि जिल्लामा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन कार्यक्रम लागू भएको बताए । उनले जिल्लाका ग्रामीण क्षेत्रभन्दा नगर क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढी भएकोमा झनै चिन्ता व्यक्त गरे ।
प्रमुख अतिथि बजिमयले राज्यकोषमा सबैभन्दा बढी धनराशि जम्मा गर्ने जिल्लाका ६० प्रतिशत बालबालिका कुपोषणको शिकार हुनु लज्जास्पद भएको बताए । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक श्यामराज उप्रेतीले सरोकारवालाहरूको सहयोगबिना कुपोषणविरुद्ध अभियान सफल नहुने बताए । उनले कुपोषण नियन्त्रणका लागि सरोकारवाला पक्षको भूमिका सराहनीय हुने बताउँदै यसका लागि अभियान चलाउन आग्रह गरे ।
उद्घाटन समारोहमा बहुपक्षीय पोषण योजना र त्यसको व्यवस्थापन, कार्यान्वयन सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, पोषण प्रमुख राजकुमार पोखरेल, राष्ट्रिय योजना आयोगका योजना अधिकृत चुडामणि अर्यालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरको अध्यक्षतामा भएको र युएसआइडीका समन्वयकर्ता मनु पन्थी, रिच इन्टरनेशनल फेसलेटरका इ·ो निउँ, युनिसेफका नेपाल प्रतिनिधि हाना सि·र, शिक्षा विभाग उपनिर्देशक रामप्रसाद साह, महिला विकास विभागका उपसचिव चन्द्र शिवाकोटी, मजफो नेपाल पर्साका प्रदीप यादव, नेकपा संयुक्तका रामराज जैसवाल, नेमकिपाका सरोज साहलगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण मनोज तिवारीले गरेका थिए ।