- उमाशङ्कर द्विवेदी
शुशरद्वान महर्षि गौतमका पुत्र थिए । उनी धनुर्वाणका साथ उत्पन्न भएका थिए । उनको मन जति धनुर्विद्यामा एक दिन संयोगवश राजा शान्तनु आफ्ना लावालश्करका साथ शिकार खेल्दै त्यहीं बाटो भएर जाँदै थिए । एउटा सेवकको नजर ती शिशुहरूमाथि पर्यो । बेवारिसे अवस्थामा रहेका ती बालक तथा कन्यालाई राजाले दैवीय प्रसादको रूपमा ग्रहण गरेर घर ल्याए । राजाले ती शिशुहरूको उचित पालनपोषण र यथोचित संस्कार गरे । शिशुहरूको कृप
(बालक) तथा कृपी (बालिका) नामाकरण गरे । ऋषि शरद्वानले यो कुरा आफ्नो तपोबलले थाहा पाएर राजा शान्तनुको दरबारमा आई ती शिशुहरूको नाम–गोत्र आदिको परिचय गराए तथा राजाको दरबारमैं बसेर उनीहरूलाई सम्पूर्ण धनुर्विद्या, विविध शास्त्रहरू र त्यसका रहस्यहरूको शिक्षादीक्षाको समुचित व्यवस्था गरिदिए । केही समयमैं बालक कृप जम्मै विषयहरूको परमाचार्य भए तथा कृपबाट जनमानसमा कृपाचार्यको नामले सम्बोधित हुन थाले । अब उनी पाण्डव, कौरव तथा अन्य राजकुमारहरूका साथ धनुर्विद्याको अभ्यास गर्न थाले । समय बित्दै गएपछि भीष्म (शान्तनुका छोरा युवराज भीष्म)ले मनमा विचार गरे–कौरव र पाण्डवहरूले यसभन्दा बढी शिक्षा पाउन आवश्यक छ, किनकि कोही साधारण गुरुले यिनीहरूलाई उचित शिक्षा दिन सक्दैन । अत: यिनीहरूको उच्च शिक्षाका लागि कुनै योग्य गुरुको खोजी आवश्यक छ । यस प्रकारले सोचेर उनले कौरव तथा पाण्डवहरूलाई गुरु द्रोणाचार्यको हातमा सुम्पिदिए । द्रोणाचार्य भीष्मको सत्कारबाट प्रसन्न भएर राजकुमारहरूलाई धनुर्वेदको उच्चशिक्षा दिन थाले । द्रोणाचार्य को थिए त भन्दा उनको जन्मवृत्तान्त पनि अनौठो ढ·ले भएको थियो ।
पहिलेको युगमा ग·ाद्वार नामक स्थानमा ऋषि भरद्वाज बसेर तपस्या गर्दथे । उनी बडो व्रतशील तथा यशस्वी थिए । एकचोटि उनी यज्ञ गरिरहेका थिए । अन्य तपस्वीहरूका साथ उनी ग·ास्नान गर्न गएका थिए । त्यहाँ उनले घृताची नाम गरेकी एउटी अप्सरा स्नान गरेर जलबाट बाहिर निस्किरहेकी देखे । त्यस अप्सराको रूप सौन्दर्य देखेर ऋषिको मनमा कामवासना जागृत भएर आयो । उनको वीर्य स्खलित हुन लागेको चाल पाएर उनले वीर्यलाई द्रोण (वाण राख्ने काठको भाँडोविशेष)मा सञ्चय गरिदिए । त्यसै भाँडोमा द्रोणाचार्यको जन्म भयो । महर्षि भरद्वाजले पहिले नै आग्नेयास्त्रको शिक्षा अग्निवेश्य नामक शिष्यलाई दिइसकेका थिए । भरद्वाज ऋषिका तीनै अग्निवेश्य नामक शिष्यले भरद्वाजको मृत्युपश्चात् द्रोणलाई अग्नेयास्त्रको शिक्षा दिएका थिए ।
पृषत नाम गरेका एकजना राजा भरद्वाज मुनिका मित्र थिए । पृषतको घरमा द्रोणको साथै द्रुपद नामक छोराको जन्म भएको थियो । उनी पनि भरद्वाज ऋषिको आश्रममा द्रोणाचार्यसितै शिक्षा प्राप्त गरिरहेका थिए । द्रोणसित उसको प्रगाढ मैत्री भइसकेको थियो । पृषतको स्वर्गवासपछि द्रुपद पाञ्चालको राजा भए । भरद्वाज ऋषिको मृत्युपश्चात् द्रोण आश्रममा बसेर तपस्या गर्न थाले । उनले शरद्वान ऋषिकी छोरी कृपीसित विवाह गरे । यस प्रकार कृपाचार्य द्रोणाचार्यको साला भए । कृपीको कोखबाट द्रोणचार्यको संसर्गले अश्वत्थामाको जन्म भयो । यस प्रकार कृपाचार्य अश्वत्थामाका मामा हुन पुगे ।
रमाउँथ्यो त्यति वेदाभ्यासमा रमाउँदैनथ्यो । उनले तपस्याको फलको बलले सम्पूर्ण अस्त्रशस्त्र हात पारेका थिए । शरद्वानको घोर तपस्या तथा धनुर्वेदमा पाएको निपुणताले इन्द्र अत्यन्त भयभीत हुन पुगे । आफ्नो स्वभाव अनुसार इन्द्रले उनको तपस्यामा विघ्न हाल्नका लागि जानपदी नामक देवकन्यालाई पठाए । ती देवकन्या ऋषि शरद्वानको आश्रममा आएर थरिथरिका हावभावले उनको मन लोभ्याउन थालिन् । ती सुन्दरी तरुणीलाई एकवस्त्रमा देखेर ऋषि शरद्वानको शरीर अधैर्य भएर काम्न थाल्यो । उनको हातबाट धनुष वाण झर्यो । उनी बडो विवेकी तथा तपस्याका पक्षपाती भएका हुनाले मनमा आएको विकारमाथि संयम गर्ने जमर्को गरे पनि त्यस विकारको कारणले अन्जानमैं उनको शुक्रपात भयो । यसको कारणले उनी ग्लानिवश धनुष, वाण, मृगचर्म, आश्रम तथा ती देवकन्यालाई त्यागेर त्यहाँबाट अन्यत्रै जानका लागि हिंडे । उनको वीर्य काँसमाथि स्खलित भएको कारण त्यो दुई भागमा विभक्त भयो । त्यस काँसको बिरुवाको एक भागबाट एउटी कन्या र अर्को भागबाट एउटा पुत्रको जन्म सम्भव भयो ।