- सञ्जय साह ‘मित्र’
हाम्रो समाजको प्रवृत्ति नयाँ शक्तिलाई पत्याउने रहेको छ । विगतमा नेपाली काङ्ग्रेसले पञ्चायतपछि प्रचण्ड बहुमत ल्याएको थियो । यसपछि मध्यावधि निर्वाचनबाट एमालेलाई सबैभन्दा ठूलो दलको बहुमत प्राप्त भएको थियो । बहुमतले सरकार नबने पनि अल्पमतको सरकारले एमालेको पहिचान बनाउन सकेको थियो । यस अवधिको कमाइ एमालेले अहिले पनि खाइरहेको छ । एमालेले यसै अवधिलाई स्वर्ण समय मानेको देखिन्छ । काङ्ग्रेस र एमाले दुवैले जनताको अपेक्षा पूरा गर्न नसकेपछि नेपाली जनताको आशाको केन्द्र एमाओवादी बनेको थियो । एमाओवादीले पनि एमालेजस्तै चुनावमा बहुमतको हैन अल्पमतको सरकार बनाउने र केही समय चलाउने मौका पायो । दुर्भाग्य के भयो भने एमाओवादीलाई काङ्ग्रेस र एमालेले एकपटक मात्र भए पनि बजेट ल्याउन दिएन । एमाओवादीलाई आरम्भदेखि बदनाम बनाउने काममा एमाले र काङ्ग्रेस लागिरहयो । यस यथार्थले सबैभन्दा बढी घाटा अहिलेसम्म एमालेलाई नै भएको देखिएको छ । एमालेका केन्द्रदेखि स्थानीय तहका नेताहरूले मरेको भैंसीलाई जुम्राले छोडेजस्तै कार्यकर्ताहरू धमाधम एमाले परित्याग गर्दैछन् ।
राजनीतिक अवस्थाको हालत निर्दलीय सरकारले गर्दा हरेक दिन यस्तो हुँदै गएको छ जस्तो कि पखाला लागेको मानिसको हुन्छ । पखाला लागेको मानिस दिनानुदिन दुब्लाउँदै गएको हुन्छ वा एकैचोटि निकै जोरले पखाला लागेको मानिस जसरी कमजोर हुन्छ, शक्ति क्षीण हुन्छ, त्यस्तै भएको छ । जब दलहरू सरकारबाट बाहिरिए जनतारूपी शक्ति पनि हरायो । सरकारमा हुँदा जसरी माहुरी चाकातिर आकर्षित हुन्छ त्यसरी आकर्षित हुने जनता भने अहिले भने विमुख भएका छन् । जनता विमुख भएपछि दलका नेताहरू जनता र समर्थकको खोजीमा निरन्तर गाउँमा गइरहेका छन् । जनता पनि बाँदरको खेलमा मदारीलाई हेर्न गएजस्तै पुगिरहेका छन् तर जनतालाई नेताको कुनै कुरामा विश्वास हुँदैन । यस लामो अवधिमा जनताले के देखिसके कि जनतालाई ठग्ने र देशलाई डुबाउने नेताहरूको बोलीमा विश्वास गर्नु भनेको आफूमाथि अविश्वास गर्नु हो । यसले गर्दा जति पनि नेताहरू गाउँ पुगिरहेका छन्, भीड त सबैमा हुन्छ तर त्यो भीडप्रति नेताहरूकै अविश्वास रहेको छ । नेताहरू आफ्नो कुटिल मुस्कानका साथ मात्र जनताको सामु गइरहेका छन् । यथार्थमा अझ के देखिन्छ भने नेपाली जनताले आफूहरूलाई गाउँमा पस्न दिएका छन्, देखावटी नै भएपनि सम्मान गरिरहेका छन् र मुख्य कुरा त के भने जनताले लखेटिरहेका छैनन् ।
जनताको अविश्वासलाई सजिलै देखिरहेका नेताहरू आफूप्रति जनताको विश्वास रहेको देखाउन खोजिरहेका छन् । वास्तवमा यो आगामी दिनमा जनतामा जाने गोरेटोलाई फराकिलो बनाउन खोजेका मात्र हुन् । उनीहरूले आफ्नो स्वार्थलाई जनताले नबुझेको भान पार्न खोजिरहेका छन् । जनताले आफूहरूप्रति आक्रोश पोख्लान् भन्ने डरलाई अर्कैतिर रूपान्तरण गर्न दलबदलु बनिरहेका छन् । नेताहरूमा नीति र सिद्धान्तको अभाव छ भन्ने कुरो बुझ्न कुनै गहन कुराको अध्ययन गर्नै पर्दैन । खाली तिनीहरूले कसरी दल परिवर्तन गरिरहेका छन् भन्ने कुरालाई हेर्दा थाहा हुन्छ । हालै एकजना नेताको बारेमा यस्तो समाचार आयो कि देशमा लोकतन्त्र आएपछिको अवस्थामा ती नेताजीले छैटौंपटक दल परिवर्तन गरेका छन् । यो दल परिवर्तनको नीति र नैतिकताभन्दा निकै टाढाको प्रवृत्ति हो । यसले त केवल स्वार्थवादी प्रवृत्तिलाई देखाउँछ । स्वार्थभन्दा ठूलो कुनै सिद्धान्त छैन, यस्ता नेताहरूका लागि । जहाँ अलिकति बढी भाउ प्राप्त हुन्छ, त्यहाँ आफूलाई बेचिहाल्ने स्वभावका नेताहरूलाई एउटा दलबाट अर्को दलमा जानु भनेको एउटाको घरबाट अर्कोको घरमा आगो लिन जानु जत्तिकै भएको छ । नेताले जतिसुकै दल परिवर्तन गरेपनि जनताले कुनै प्रतिक्रिया नजनाउँदा त्यस्ता नेताहरू मख्ख परेका छन् । यसबाट यो पनि बुझिन्छ कि त्यही समाजले ऊप्रति प्रतिक्रियाविहीन रहेर समर्थनको विपरीत मार्गमा गइरहेको पनि हुनसक्छ । यो यस्तो वास्तविकता हो, जसलाई जनताले अव्यक्तरूपमा व्यक्त गरिरहेका छन् ।
जनतासामु नेतालाई फिर्ता बोलाउने विकल्प हुँदैन । उसप्रतिको समर्थनको भाव उसले आह्वान गरेका कुराहरूलाई कति जनताले माने भन्ने कुराले निर्धारित गर्दछ । आजभोलि बन्द त फेसन भइसक्यो तर जनतालाई बलजफ्ती नगर्ने हो भने आजको दिनमा नेतालाई जनताले मान्न छोडिसके । लोभीपापीहरूको जमात दलको रूपमा बढेको देखिन्छ । दलहरूमा आपसी अविश्वासले सबैभन्दा चरम रूप लिएको अवस्था यही हो । यो समयमा हरेक दलमा यस्तो दुर्गुण आएको छ कि जो नेताको जनतामा कुनै हैसियत छैन, ऊ चाहिँ अध्यक्षलाई पार्टी फुटाउने धम्की दिएर तह लगाउन सक्छ । देशमा छाडातन्त्र बढेको छ । यसको अर्थ के हो भने देशमा नेतालाई जे मन लाग्यो त्यही गर्ने छुट हुँदैन र छैन पनि । यसले उनीहरूप्रतिको अनाकर्षणको डिग्री हरेक दिन चढेको देखिन्छ ।
जनतालाई जन्तु बुझ्ने यस्ता नेता आपैंm जन्तु हुन्, जो बिना कुनै नीति र सिद्धान्त केवल पद र जातीयताको लागि पार्टी फुटाउन सक्छ । पार्टी फुटाएर नेपालमा कोही ठूलो भएको छैन । वामदेव सबैभन्दा ठूलो उदाहरण हुन सक्छन् । उनले पार्टी फुटाएर एमालेको पूर्ण बहुमत आउने सम्भावनालाई कैयौं दशक पछाडिमात्र सारे, आपैंm फेरि सोही घरमा फर्के पनि । नेपाली समाजको अर्को विशेषता के स्पष्ट देखिन्छ भने कि नयाँ शक्तिलाई स्वीकार्छ तर फुटेर गएको शक्तिलाई स्वीकार्दैन । यस प्रवृत्तिलाई नेताहरूले नबुझेको होइन कि राम्ररी बुझे पनि दलहरूमा निरन्तर धाँजामाथि धाँजा फाट्नुमा व्यक्तिगत स्वार्थमात्र हो । यही स्वार्थको हस्तान्तरण तल्लो तहसम्म भइरहेको छ । यसले गाउँका सानादेखि ठूला नेतासम्मको विश्वास घटेको छ । नेपाली जनताले केही आशा गरेको छ भने त्यो हो केवल भविष्यको । वर्तमान नेताहरू समाजमा थालमा खानलाई पस्किएको तरकारीभित्र परेको बिलकुल काँचो आलुजस्तो भएका छन् ।