प्रस, वीरगंज, १६ जेठ/
नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिले गैरकानुनी तरिकाबाट नियुक्त गरेको ५४ जनामध्ये ८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाजिर हुन पत्र काटेको छ ।
अख्तियारले विकास समितिका दुर्गादेवी जयसवाल, कृष्णप्रसाद, विष्णु यादव, सुवास साह, कुलदीप
मलाहा, राजधनीप्रसाद यादव, फूलकुमारी साह, सोनी कुमारीलाई हाजिर हुन पत्र काटेको हो ।
अस्पतालका तत्कालिन मेसु अखिलेश सिंह र विकास समितीका अध्यक्ष बाबूलाल यादवको मिलोमतोमा विकास समितिको म्यानुट बुक सच्याएर दरबन्दी बाहेकका कर्मचारी नियुक्त गरेको घटनामा समितिका सदस्य जिप्रका पर्साका प्रतिनिधि सप्रजिअ लुकबहादुर क्षत्री र जिविसका स्थानीय विकास अधिकारी स्वयंले अख्तियारमा उजुरी दिएको घटनामा अख्तियारले तत्कालीन मेसु अखिलेश सिंह, विकास
समितिका अध्यक्ष यादव र सदस्यद्वय रेखा घिमिरे तथा राधेश्याम सोनीलाई तारेखमा राखी अनुसन्धान गरिरहेको मुद्दामा अहिले विकास समितिका तर्फबाट नियुक्ति पाएकामध्ये ८ जनालाई अख्तियारमा हाजिर हुन पत्र काटिएको हो ।
विकास समितिले दरबन्दी बाहेकका कर्मचारीको आवश्यकता नै नरहेको सन्दर्भमा समितिका सदस्यहरूले दरबन्दी अनुसार कर्मचारी भर्नाका लागि बैठकबाट निर्णय गरेकोमा मेसु र अध्यक्षको मिलोमतोमा म्यानुटबुकमा दरबन्दी शब्द काटेर आवश्यकता अनुसार कर्मचारी माग गर्ने भनी निर्णय सच्याएको घटनामा अस्पताल विकास समिति कर्मचारी युनियनले भर्नाको विरोधमा अख्तियारमा शुरुमा नै उजुरी गरेको र पछि अख्तियारका स्थानीय अधिकारी सप्रजिअसँगै समितिका अर्का सदस्य जिविस पर्साका स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरसमेतले उजुरी दिएपछि अख्तियारले मेसु, विकास समितिका अध्यक्ष, सदस्यहरूविरुद्ध कार्यवाही शुरु गरेको हो ।
यसैबीच नयाँ नियुक्ति पाएका कर्मचारीमध्ये केहीले नियुक्तिका लागि रु. २ लाखसम्म दिएको उजुरी दिएपछि सो सम्बन्धमा अख्तियारले कर्मचारीलाई उपस्थितिका लागि पत्र काटेको हुन सक्ने एक कर्मचारीले प्रतीकलाई बताए ।