$type=ticker$count=12$cols=4$cate=0

दलहरू नै बाधक

SHARE:

- श्रीमन्नारायण मिश्र
असार महिनाभित्र चुनाव गराउने उद्देश्यका साथ गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्ले असारमा निर्वाचन नगराउने निश्चित भइसकेको छ । चार राजनीतिक शक्तिहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता सुम्पँदा सकभर असारभित्रै चुनाव गराउने, काबु बाहिरको परिस्थिति आएमा मात्र मङ्सिरमा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । अहिलेसम्मको अवस्थालाई हेर्दा मङ्सिरमा पनि चुनाव सम्पन्न हुने सम्भावना कमै देखिन्छ । चुनावको मिति घोषणा गर्नमा विलम्ब हुनुको मुख्य कारण सरकारको ढुलमुल रवैया र राजनीतिक दलहरूको शर्त हनुमानजीको पुच्छर जस्तै लम्ंिबदै जानु हो ।
    चुनावको मिति घोषणा गर्नुमा विलम्ब हुनुको मुख्य कारण दलहरूकै गैरजिम्मेवार भूमिका हो । निर्वाचन सम्बन्धी कानुनलाई लिएर राजनीतिक दलहरूबीच बढेको विवादका कारण नै बढी समस्या उत्पन्न भएको हो । निर्वाचन आयोगले फोटो सहितको मतदाता परिचयपत्रको आधारमा निर्वाचन गराउने निर्णय गरिसकेको हो । मधेसवादी दलहरूले सबै बालिग नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेल  मतदाता परिचयपत्र लागू गर्नु उचित नहुने अडान राख्दै आएको छन् । नेपाल सरकारले यस दिशामा पाइला पनि चालेको छ र विभिन्न टोलीहरूमार्फत् नागरिकता वितरण गर्ने अभियान थालिएको छ । सम्भवत: चाँडै नै फोटोसहितको मतदाता परिचयपत्र लागू गर्ने निर्वाचन आयोगको परिकल्पना साकार हुनेछ । फोटोसहितको मतदाता परिचयपत्र लागू भएबाट चुनाव स्वतन्त्र एवं निष्पक्ष सम्पन्न गराउन मदत मिल्नेछ । चुनावी धाँधलीको सम्भावना समाप्त भएर जानेछ । एक मतदाताले चार–चार ठाउँको मतदाता सूचीमा नाम लेखाएको कारण मतदाता सङ्ख्यामा पनि १५ देखि २५ प्रतिशतसम्म कमी आउने सम्भावना छ । राजनीतिक दलहरूको अनावश्यक शर्त र अडानका कारण पनि निर्वाचनमा विलम्ब भइरहेको छ । एकातिर राजनीतिक शक्तिहरूले समानुपातिक निर्वाचनमा ‘थ्रेस होल्ड’ राख्ने निर्णय गर्छन् अर्कोतिर त्यसको विरोध पनि गर्छन् । नेकपा (एमाले) दृढतापूर्वक यस प्रस्तावको पक्षमा उभिएको देखिन्छ भने नेपाली काङ्ग्रेस पनि कमोबेस थ्रेस होल्डको पक्षमा देखिन्छ । मधेसवादी दलहरू न यस प्रस्तावको पक्षमा खुलेर आएको देखिन्छ न यसको विरोधमा नै । त्यसैगरी संविधानसभा सभासद्को सङ्ख्या कति राख्ने भन्ने विषयमा पनि विवाद देखिएको छ । चार राजनीतिक शक्तिहरूले ४९१ र १० मनोनीत गरी ५०१ सङ्ख्या राख्नुपर्ने विषयमा सहमति जनाइसकेका छन् । झन्डै तीन दर्जन राजनीतिक दलहरू खुलेरै यसको विपक्षमा लागेका छन् ।
    विघटित संविधानसभामा सबैभन्दा बढी चर्को आलोचना यसको आकारलाई लिएर पनि भएको थियो । भारतजस्तो विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको संविधानसभामा पनि यति सभासद्हरू थिएनन् । अन्य देशहरूमा पनि यत्रो ठूलो आकारको संविधानसभाको इतिहास कहीं कतै छैन । दुई वर्षका लागि निर्वाचित संविधानसभाले आफ्नो कार्यकाल आफैं बढाएर चार वर्ष पुर्‍याउँदा पनि त्यति आलोचित भएन, जति विरोध यसको आकारलाई लिएर भएको थियो । चार वर्षमा सभासद्हरूको तलब भत्ताका लागि नै दुई अर्ब जति राज्यकोषमा व्ययभार परेको थियो । संसद सचिवालयको तथ्याड्ढ अनुसार डेढ अर्बभन्दा बढी रुपियाँ सभासद्हरूको तलबमा र तेत्तीस करोड जति भत्तामा खर्च भएको थियो । संविधान निर्माणका निम्ति दाताहरूले गरेको खर्च समेत जोड्दा विगत चार वर्षमा ९१ अर्ब भन्दा बढी लगानी खेर गयो । सानो आकारको संविधानसभा भएको भए बाँकी पैसा अन्य उत्पादनमूलक काममा खर्च गर्न सकिन्थ्यो ।
    अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको प्याकेज सहमतिमा दलहरू सभासद् सङ्ख्या घटाएर ४९१ मा सीमित गर्न सहमत थिए । त्यसै अनुरूपको संवैधानिक व्यवस्थासमेत भइसकेपछि पुन: सभासदहरूको सङ्ख्या ६ सय एक बनाउने चलखेल शुरु भएको छ । साना दलहरूको चिन्ता भनेको थ्रेसहोल्डका कारण आफू सभासद् बन्न नपाउने र पार्टीको मान्यता नपाउने हो । वि.सं. २०५६ सालको निर्वाचनसम्म तीन प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्ने व्यवस्था थियो र त्यति बेलासम्म चारवटा राजनीतिक पार्टीले मात्रै राष्ट्रिय मान्यता प्राप्त गरेका थिए ।
    जनान्दोलन २ को सफलतापछि सात राजनीतिक दल र माओवादी प्रमुख एवं निर्णायक राजनीतिक शक्ति मानिए । वि.सं. २०६४ सालमा भएको संविधानसभा निर्वाचनपछि त्यो मान्यता पनि समाप्त भयो । नाम मात्रका लागि संविधानसभामा प्रतिनिधित्व गरिरहेका दलहरूलाई पनि ठूला दलकै समकक्ष मान्यता प्रदान गरिएको थियो । व्यवहारमा भने नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीले नै राष्ट्रिय राजनीतिको भाग्य निर्धारण गर्दै रहे । जनतालाई ढाँट्नका निम्ति एकले अर्काको विरोध पनि गर्ने तर व्यवहारमा भने दिनदिनै बैठक गर्ने र सहमतिको नाटक गर्ने गरेका थिए । देशलाई अनिर्णयको बन्दी बनाउने काम यी ठूला तीन दलले नै गरे । केही समयपछि मात्रै मधेसवादी दलहरूले पनि चर्को विरोध गरेका कारण तीन दलीय सिन्डिकेटमा चौथो पात्रको स्थान हासिल गरे तापनि चार दलीय संयन्त्रको बैठकमा तीन दलको निर्णयको किनारामा साक्षी बस्दै आएको छ । विघटित संविधानसभा सभासद्हरूले निर्णय प्रक्रियामा कहिल्यै हस्तक्षेप गरेनन् । उनीहरू पार्टी ह्वीप मान्न बाध्य थिए । संविधासभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको संयन्त्र, विवाद समाधान उपसमिति र प्रमुख चार शक्तिका शीर्ष नेताहरू नै संविधान निर्माणको निर्णायक पक्रियामा थिए ।
    संविधानसभाको महत्त्व र उपादेयता यसको संस्थामा मात्रै नभई यसको असल एवं जनउत्तरदायी काम कारबाईमा निर्भर हुनेछ । संविधानसभाको माध्यमबाट नेपालको संविधान बनोस् भन्ने चाहना नेपाली जनताको धेरै पुरानो हो । संविधानसभाबाट बनेको संविधान नै पूर्णत: लोकतान्त्रिक साबित हुनेछ । यस संविधानले मधेसी, जनजाति, दलितलगायत सबै वर्गको चाहना र भावनालाई सम्बोधन गर्नेछ । निर्वाचनको विरोध गर्नेहरू र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको राजीनामा माग्नेहरू यथार्थमा नयाँ संविधानका विरोधी हुन् । गएको साढे चार वर्षमा संविधानसभामैं जन्मेका राजनीतिक दलहरू, एनजिओबाट राजनीतिक दल बनेका र जातीय स·ठनबाट राजनीतिक दलको रूपमा आकार ग्रहण गरेकाहरू नै तेत्तीस दलको जन्तमा सामिल छन् । जनतामा नगएका, जन उत्तरदायी नभएका र देश एवं जनताबारे चिन्ता नभएका दल र तिनका नेताहरू नै विभिन्न बहाना झिकेर चुनावको विरोध गरिरहेका छन् । संविधानसभाबाट बन्ने संविधानको विरोध कुनै पनि राजनीतिज्ञले गर्ने छैन । अहिलेको सरकार भनेको कर्मचारीहरूको सरकार हो । यस सरकारको यथाशीघ्र बिदाइका निम्ति समयमैं निर्वाचन आवश्यक छ । एमाओवादी पार्टी सैद्धान्तिकरूपमा मात्रै होइन, व्यवहारिक रूपमा पनि अब एमालेकै नयाँ संस्करण बन्दैछ । पार्टी अध्यक्षद्वारा समय–समयमा कुरा फेर्नु यसैको सड्ढेत हो । तर यथार्थ भनेको निर्वाचनको विकल्प छैन ।
भ्mबष् िस्( बल)कजचष्mबल२थबजयय।अयm

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : दलहरू नै बाधक
दलहरू नै बाधक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhuzFJyTLgjQJwHfw9PoOUZV8sbQFC2QjFBvxM3bEoaUGFI9mAp-O8AQgH0BrF6-1bc6VNfmP1VZQyYs6psR4OlRZcB08Q5-jyS-gnMmDopo1XWe_LyYj_TN8fk4O-BX5tNg6_1ecRnpSrR/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhuzFJyTLgjQJwHfw9PoOUZV8sbQFC2QjFBvxM3bEoaUGFI9mAp-O8AQgH0BrF6-1bc6VNfmP1VZQyYs6psR4OlRZcB08Q5-jyS-gnMmDopo1XWe_LyYj_TN8fk4O-BX5tNg6_1ecRnpSrR/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/05/blog-post_6722.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/05/blog-post_6722.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy