उमाशङकर द्विवेदी
अचेल पत्रपत्रिकाहरूमा नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि पाठ्यपुस्तकको अभावका खबरहरू छापिएका हुन्छन्। नयाँ भर्ना हुने समयमा शहर तथा गाउँहरूमा च्याउ उम्रेभैंm खुलेका विद्यालयहरूद्वारा विभिन्न सञ्चारमाध्यमहरूमा विद्यार्थी तथा अभिभावकहरूलाई लोभ्याउने विभिन्नखाले विज्ञापन प्रकाशित भएका देखिन्छन्। प्रतिस्पर्धाको वर्तमान समयमा आ–आफ्नो विद्यालयमा नामाङकन गराउनका लागि विद्यार्थीहरूलाई आकर्षित गर्न होड नै चलेको जस्तो देखिन्छ। नामाङकनका लागि विभिन्नखाले प्रलोभन, छुट तथा सुविधाहरू घोषणा गरिएका पाइन्छन्। अभिभावकहरूका सामुन्ने आफ्ना बालबालिकाको नामाङकन गराउनुपर्ने बाध्यता हुन्छ। विद्यालयहरूद्वारा घोषित प्रलोभन, छुट तथा सुविधाहरूको लोभमा परेर एकचोटि बालबालिकाको नामाङकन भइसकेपछि बल्ल विद्यालयको चर्तिकला उजागर हुँदै जान्छ। पाठ्यपुस्तक र स्टेसनरीको सूची अभिभावकको हातमा पर्दछ, जसमा ती पाठ्यसामग्रीहरूको प्राप्तिको स्थान, पसल स्पष्टरूपमा निर्देशित हुन्छन्। व्यक्तित्व विकासमा सहयोग गर्ने नाममा प्राय: प्रत्येक विद्यालयको आफ्नो निश्चित रङगको पोशाक निर्धारित हुन्छ, जुन विद्यालयद्वारा निर्देशित सूचीकृत पसलबाट मात्र किन्नुपर्ने बाध्यता छ। विद्यालयको ब्याच, ब्याग, टाई, जुत्ता, मोजा तथा टिफिन बक्स विद्यालयले शुल्क लिएर आपैंm उपलब्ध गराउँछ अथवा उसले निर्देशित गरेको ठाउँबाट किन्नुपर्ने हुन्छ ।
यतिका कामहरू भइसकेपछि पालो आउँछ विद्यार्थीको दैनिक यातायातको। यसको समाधानको लागि या त अभिभावकले आपैंmले विद्यार्थीलाई विद्यालयमा ल्याउनु लैजानु पर्दछ अथवा विद्यालय आपैंmले सञ्चालन गरेको बस, पिंजरा रिक्सा, टेम्पु जस्ता सवारीसाधनहरूको विद्यालयलाई चर्को भाडा तिरी प्रयोग गर्नुपर्ने हुन्छ। नाम नचलेका साना विद्यालयहरूले पिंजरा रिक्सा वा टेम्पुहरू सञ्चालन गरेका हुन्छन् भने नाम चलेका ठूला विद्यालयहरूसित त पारवहन कम्पनीभैंm बसका बगालहरू नितान्त निजी नै रहेका देख्न सकिन्छ। पाठ्यसामग्री तथा पोशाक खरिद गर्नका लागि यस प्रकारका निर्देशनहरूको रहस्य निरीह अभिभावकहरूलाई के थाहा ? सो निर्देशनबमोजिम काम भएन भने विद्यार्थीलाई विद्यालयबाट निकाली दिने घुर्की पनि छँदैछ। अभिभावकले हाडतोड मिहिनेत गरी पेटको दाना कम गरेर भएपनि सकी नसकी सो निर्देशन मान्नुपर्ने बाध्यता रहेको छ। बिहान बेलुका कठिनाइले हातमुख जोर्ने बहुसङ्ख्यक जनसङ्ख्या रहेको गरीब मुलुक हाम्रो नेपालको यो शैक्षणिक दृश्य हो, जुन प्रत्येक नेपालीको आँखाको सामुन्ने स्पष्ट छ। निरीह अभिभावकले सबैकुरा बुझे पनि बुझ पचाएर थुक निल्दै टुलुटुलु हेरिराख्ने बाध्यता रहेको छ।
वर्षैपिच्छे देशमा पाठ्यपुस्तकको अभाव रहने गरेको नियति नै भएको छ। पाठ्यपुस्तकको कमी हुनुको पछाडि पनि अग्रसोच, अधिकसोच तथा कमिसनतन्त्रको बाहुल्यता नै रहेको छ कि जस्तो देखिन्छ। केही दशक पहिलेका विद्यार्थीका अभिभावकहरूले जेठो छोराका लागि एकचोटि पाठ्यपुस्तक किनेपछि जम्मै सन्तानका लागि त्यही पाठ्यपुस्तकले पुग्दथ्यो। हाम्रो देशमा आजसम्म पनि त्यस्तो गणितज्ञ कोही पनि भएनन् जसले ‘केपी बसुको अलजेब्रा’, ‘चक्रवर्तीको अङक गणित’ वा ‘हल एन्ड स्टिफेन्सको ज्योमेट्री’भन्दा अधिक गणितको अनुसन्धान गरिदिएका होऊन् तथा सोको पाठ विद्यार्थीहरूलाई अध्यापन गराउन आवश्यक होओस्।
संसारको इतिहास र भूगोलमा रत्ति पनि परिवर्तन भएको छैन तर इतिहास र भूगोलको किताब भने हरेक साल परिवर्तन हुनुको पछाडि के रहस्य हो बुझ्न गार्हो छ। उहिलेका साहित्य पढ्ने विद्यार्थीहरूले जुन भाषाका साहित्य पढ्दथे, त्यस भाषाका साहित्य तथा सुप्रसिद्ध साहित्यकारहरूसित राम्ररी परिचित हुन सक्दथे किनभने ती साहित्यकारका स्तरीय साहित्य विद्यालयका पाठ्यपुस्तकमा सङकलित हुन्थ्यो, जसलाई विद्यार्थीहरूले अनिवार्यरूपले पढ्नुपर्दथ्यो। पुरानो शिक्षाको अङ्ग्रेजीको ‘फ्रेज सेलेक्सन’, ‘पोइट्री सेलेक्सन’लाई स्मरण गराउन चाहन्छु। त्यस पुस्तकमा विश्वप्रसिद्ध साहित्यकारहरू यथा जेम्स क्रिश्चयन एन्ड्रेसन (इम्पररस न्यू क्लाथ), क्वाथरिन मैन्सफिल्ड (द कैनरी वर्ड), सौक्रेट्स
(फोर थिङ्स), ले. टाल्सटाय (थ्री क्वेशचन्स), रवीन्द्रनाथ टैगोर (सुभा) आदि सङकलित थिए। त्यस्तै नेपाली गद्यसङ्ग्रह, पद्यसङ्ग्रहको पनि स्मरण गरौं। गद्यसङ्ग्रहमा नेपाली साहित्यका
(गुरुप्रसाद मैनालीको ‘नासो’ , पुष्करशमशेर राणाको ‘परिबन्द’, भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’, गोविन्दबहादुर मल्ल गोठालेको ‘ज्ञानीलाई निन्द्रा आएन’, बालकृष्ण समको ‘तलतल’ आदिजस्ता अमूल्य कृतिहरू सङकलित थिए । वर्तमानको महँगो शिक्षाले त्यस्तो स्तरीय शिक्षा प्रदान गर्न सक्षम छ त ?
अचेलको पाठ्यपुस्तक तयार पार्दा यताउतिबाट अरूहरूको कृति, अभ्यास आदि सङकलन गरी पुस्तक प्रकाशन गरेर विद्यार्थीहरूका अगाडि पस्किदिएमा सङकलनकर्ताको पारिश्रमिक, प्रकाशकको आम्दानी तथा अधिकारीहरूको कमिसनको खेलले कृत्रिम अभावको सृजना गरिदिए के को अचम्म ?
विद्या भनेको ज्ञान तथा विद्यालय भनेको ज्ञानप्राप्तिको स्थान हो। पुरानो समयमा गुरुहरूले विद्यादान गर्ने गर्दथे। आफूले दान गरेको विद्याबाट शिष्यको भविष्य उज्ज्वल भएमा गुरुले गौरव महसुस गर्दथे। शिष्यहरूले पनि गुरुको पर्याप्त आदर सम्मान गर्ने गर्दथे। वर्तमानमा विद्याको व्यवसाय भइरहेको अवस्था कटु सत्यको रूपमा रहेको छ। व्यवसाय भनेको व्यापार अथवा दिनचर्यामा आवश्यक पर्ने सामलहरूको खरिद–बिक्री गर्ने प्रक्रिया हो। राम्ररी हेर्ने हो भने अचेलका विद्यालयहरूमा त्यही प्रक्रियाको सम्पादन भइरहेको पाइन्छ। वर्तमान समयमा विद्याको व्यवसाय भइरहेको अवस्थामा वर्तमान समयका गुरुले आफ्ना शिष्यहरूबाट त्यस्तो आदर, सम्मान वा गुरु–शिष्यबीचको प्रगाढ सौहार्दताको अपेक्षा राख्नुमा वास्तविकरूपमा लज्जाबोध हुनुपर्ने होइन र ?