$type=ticker$count=12$cols=4$cate=0

आर्थिक समृद्धि र सामाजिक सद्भावको लागि मेलमिलाप आवश्यक

SHARE:

-   वीरेन्द्रकुमार यादव
 केही वर्ष पहिले एउटा हुनेखाने परिवार सँगै बस्दै प्रगति गर्दै आएकोमा परिवारिक सङ्ख्या वृद्धि हुँदा अलग अलग बस्ने सहमति गरी आआफ्नो अंश लिनेदिने गरी मिलापत्र गरे । अंशजस्तो जटिल विषयमा सहमतिले समाधान गर्दा परिवारमा निकै सद्भाव थियो भन्ने अनुमान लगाउन सकिन्छ । तर अंशबन्डा लगत्तै त्यहाँ अनेक खिचौला उत्पन्न भयो । सात–आठ कित्त मुद्दा दर्ता भयो । मुद्दाहरू दुई वर्षभन्दा बढी समय विचाराधीन रह्यो । मुद्दाले परिवारभित्र यस्तो दूरी बढायो कि सहोदर दाजुभाइको घरमा मरणहरण र विवाह चाड–पर्वमा समेत बोलचाल रहेन । पानी पँधेरोमा बन्देज लाग्यो । तारेखको दिन शिक्षक–प्राध्यापकजस्ता व्यक्ति बिदा लिएर अदालत धाए । आपसमा झैझगडा र मारपिटसम्मको मनस्थिति देखियो । यसले पदीय मान प्रतिष्ठा पनि जोगिएन । मुद्दाको दस्तुर र वकालत फिसमा कमाइ खर्च भइरहेको थियो ।
    नेपाली समाज विशेषगरी तराईमा विकास नहुनु र सामाजिक एकताको कडी कमजोर हुनुको एउटा कारण मुद्दा–मामिला पनि हो । सामान्य विवादलाई स्थानीय स्तरमा मेलमिलाप गराइदिने प्रभावकारी संयन्त्रको अभाव पनि हो । यसले न्यायमा सहज पहुँच स्थापित गर्न मुश्किल पार्छ ।
    उपरोक्त विवादलाई अदालतले मेलमिलाप गराई दिन मेलमिलापकर्ता कहाँ पनि रेफर गरेको थियो तर दुवै पक्षको अडानका कारण मेलमिलाप हुन नसकी फिर्ता आयो । सहमतिमा भएको अंशबन्डामा दाजुभाइबीच किन यत्रो विवाद भयो भन्दा जम्मा एक–दुई धुर घडेरी जग्गाको यसको कारण थियो । झगडियाको बाजेको नाउँमा एउटा सानो घडेरी मोही जग्गा  थियो । अंशबण्डापछि एकजना भाइले रु. १६ हजारमा जग्गाधनीबाट बाँकी जग्गा खरिद गरे । उक्त जग्गामा अंश चाहियो भनेर अन्य अंशियारले दाबी गर्दा खरिद गर्नेले दामासाहीले पैसा देऊ र सबैजना बाँडेर घर बनाऊ भन्ने प्रस्ताव राखे । गाउँका ठालूहरूले तिम्रै बाजेको मोही जग्गा हो, यसमा तिमीहरूको पनि अंश छ किन दिनुपर्‍यो रुपियाँ भनेर उचाले । अन्य अंशियारले पैसा नतिरेरै बल जबरजस्ती घर निर्माण गर्न थाले । अनि खरीदकर्ताले खिचौला मुद्दा दिए । त्यसपछि अन्यले पनि चार–पाँचवटा मुद्दा दिए । यो मुद्दा दुई वर्षसम्म चल्यो । तीनजना अंशियारबीच रु. ५ हजारभन्दा केही बढी मिलाएको भए यो विवाद अदालतमा आउने नै थिएन । सानो कुरामा सहनशीलता नअपनाउँदा ६ वटा मुद्दा दुई वर्षदेखि खेप्दैछन् । यस अवधिमा पाँच हजारको दशौं गुना बढी खर्च भयो । पचासौंपटक तारेख धाए । मानसिक तनाव बेहोर्नु र दाजुभाइबीच बोलचाल नहुनु, मरणहरण, बिहे, चाडपर्वमा आवतजावत नहुनुलगायत आन्तरिक पीडा बेहोरे । यस सानो विवादले सामाजिक विकास र सद्भावमा प्रतिकूलता ल्यायो ।  सामाजिक एकताको जग पनि भत्कियो ।    
    यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता लाखौं विवाद नेपाली अदालतमा विचाराधीन रहेकोले सामाजिक सद्भावको अवस्था र आर्थिक समृद्धिको मार्ग कति अवरुद्ध भएको छ सहजै अनुुमान गर्न सकिन्छ । यस्ता विवाद भारतको लोकअदालतले जस्तो स्थानीय तहमा समाधान गरिदिने हो भने आर्थिक विकास र सामाजिक सद्भावमा टेवा पुग्ने निश्चित छ । 
    यस्तो विवादमा मेलमिलाप गराइदिन राज्यले पहल पनि गरेको छ तर प्रभावकारी बन्न सकेको छैन । प्राय: अदालतमा तालिमप्राप्त मेलमिलापकर्ता सूचीकृत गरिएका छन् । तालिम प्राप्त मेलमिलापकर्ताबाट जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालतसम्मको विचाराधीन मुद्दा मिलाइदिने प्रावधान छ । व्यापारिक विवाद मिलाउन मध्यस्थता सम्बन्धी ऐन २०५५ पनि छ । मेलमिलाप गराउने प्रयास गर्नुपर्छ भनेर जिल्ला अदालत नियमावलीमा व्यवस्था गरिएको छ । मेलमिलापको लागि आवश्यक खर्च पनि अदालतले छुटयाएको छ । सर्वोच्च अदालतमा पनि मेलमिलाप समिति छ । मेलमिलाप सम्बन्धी कानुन पनि निर्माणाधीन अवस्थामा छ । अदालतमा विचाराधीन मुद्दाबाहेक पनि सामाजिक विवाद समाधान गर्न गैरसरकारी संस्थाहरू सक्रिय छन् भने घरेलुहिंसा जस्ता विवाद समाधानमा प्रशासनको पनि केही हदसम्म पहल छ । जिल्ला शान्ति समितिहरूले पनि द्वन्द्व पीडितहरूको पीडा कम गर्न मेलमिलाप कार्य आरम्भ गरेको देखिन्छ । तर राज्यका यी पहलहरू चाहिए जति प्रभावकारी नभएकै मान्नुपर्छ । किनभने मेलमिलापमा पठाइएकामध्ये बहुत कम मुद्दा मिलापत्र हुने गरेको छ । सयमा मुश्किलले चार–पाँचवटा मुद्दामा मिलापत्र भएको छ । प्राय: देवानी मुद्दा एकपटक मेलमिलापकर्ता समक्ष रेफर हुन्छ तर फेरि अदालतमा फिर्ता आउँछ । प्रयास गर्दा पनि चाहेजति मेलमिलाप गराउन नसक्नु पछाडि केही कमजोरी छ, जसलाई सुधार्न सबै पक्ष सजग हुनै पर्छ । पक्ष–विपक्षले पनि फैसलाले जितेर पाउनुभन्दा मेलमिलापद्वारा बढी पाइन्छ भनी बुझ्न सक्नुपर्छ । मेलमिलापकर्ताले यसलाई औपचारिकतामा मात्र सीमित राख्ने सोच राख्नुहुँदैन । मेलमिलापले समग्र जनता तथा राज्य समेतलाई लाभ रहेकोले सफल पार्नेतर्फ गम्भीर बन्नुपर्छ ।
    ०६०–२०६१ सालतिर अदालतमा विचाराधीन मुद्दा मिलापत्र गराइदिने प्रयोजनले युएनडिपीको सहयोगमा केही वकिल र न्यायाधीशलाई तालिम दिइयो र केही अदालतमा मिलापत्र मेला आयोजना गरियो । एकाध वर्षपछि यो योजना समाप्त भयो । विदेशी संस्थाले आफ्नो हात झिकेपछि अदालत आफैं सक्रिय भयो । जसले गर्दा नियमावलीमा राखियो र सर्वोच्च अदालतमा समिति नै खडा भयो । प्रत्येक अदालतमा तालिम प्राप्त मेलमिलापकर्ता सूचीकृत गरिए, तिनीहरूकहाँ मेलमिलापको लागि रेफर गरेर अभ्यासको पनि  निरन्तरता दिंदै आइएको छ । तर अदालतको यस प्रयासले चाहे जति सफलता पाइ रहेको छैन । यसको पछाडि कारणहरू के के छन्, पत्ता लगाउन सक्नुपर्छ । यसको पहिलो कारण फैसला र मिलापत्रबीच फरक छैन भन्ने कुरा समाजमा सम्प्रेषण हुन सकिरहेको छैन । फैसलाबाट एक पक्ष जित्छ, एक पक्ष हार्छ । यसले मन मिल्दैन, मानसिक तनाव बढ्छ र सद्भाव स्थापित हुँदैन । जितेपछि अधिकार प्राप्त हुन्छ तर अमनचयन र शान्ति गुम्छ । मिलापत्रमा दुवै पक्ष विजयी हुन्छ ।
    दोस्रो कारण हो बिचौलिया । अहिले पनि हाम्रो सामाजका अधिकांश सीधासाधा नागरिक आफ्नोबारे आफैं निर्णय गर्दैन । गाउँघरका एकाध सम्भ्रान्तहरूको इशारामा निर्णय लिन्छन् । ती सम्भ्रान्तहरू निमुखालाई मुद्दा लडाएर आफू लाभ लिन्छन् । त्यस्ताले नभनेसम्म पक्ष राजी हुँदैन । तेस्रो कारण हो, मेलमिलापकर्तामा विकल्पको अभाव । मेलमिलाप हुने प्रमुख सूत्र पक्षहरूलाई मिलन बिन्दुको विकल्प दिनु हो । मिलन बिन्दुको अनेकौं विकल्प मेलमिलापकर्ताले दिन सक्नुपर्छ । जसमा पक्षहरू छानेर सहमति जनाउँछन् । एउटा विकल्पमा असहमति भयो भने अर्को दिनुपर्छ । यसको लागि परिपक्व तालिमको अभाव छ । यस्ता तालिम लिन विदेश पनि पठाउन अपरिहार्य हुन्छ । विदेशबाट तालिम लिएकाहरूलाई मुद्दा जिम्मा लगाउनुपर्छ । गैरसरकारी संस्थाले फिलिपिन्सजस्ता देशमा तालिम पनि दिएको सुनिन्छ तर त्यो तालिम अधिकांश न्यायमूर्ति र ठूला ओहदाधारीहरूलाई दिइन्छ, जसले मेलमिलाप गराउने अवसर नै पाउँदैन । यसर्थ जिल्ला अदालतमा सूचीकृत मेलमिलापकर्तालाई विदेश तालिम दिलाउन सक्नु पर्छ । विदेश पठाउन सक्नुपर्छ । अधिकांश देशमा मेलमिलाप प्रक्रियाले निकै महत्त्व पाएको छ । अर्को कारण आकर्षक पारिश्रमिक र चुस्त व्यवस्थापनको अभाव । मेलमिलापकर्ताले एउटा मुद्दा मिलापत्र गराउन दशांै दिनसम्म अथक प्रयत्न गर्नुपर्छ । आफ्नो सबै काम छोडेर समय दिनुपर्छ तर पारिश्रमिकको प्रभावकारी व्यवस्था छैन । एक बैठकको पाँच सय भए पनि समयमा बजेट निकासा नभएर पूरा पाउन पनि सकिरहेको छैन । गत वर्ष एउटा जिल्ला अदालतमा मेलमिलापकर्ताहरूले दुई लाखभन्दा बढी पाउने काम गरे । तर यस शीर्षकमा जम्मा पचास हजार बजेट आएको प्रशासनले बतायो र यही रकममा दामासाही भाग लगाउन अनुरोध गर्‍यो । बाध्य भएर दश–बार्‍हजना मेलमिलाप कर्ताले त्यसैमा बाँडचुँड गरी चित्त बुझाए । तीसौं हजार पाउनुपर्ने ठाउँमा दश–बार्‍ह हजारमा चित्त बुझाउनुपर्‍यो । यसबाट अरूलाई सहज न्याय दिलाउन सहयोग गर्नेहरू नै अन्यायमा परेको भन्न सकिन्छ । यस्तो अवस्थाले पनि मेलमिलाप प्रभावकारी हुन नसकेको मान्नुपर्छ । मेलमिलापको अवधारणा हाम्रो मुलक र समाजको लागि नौलो होइन । वि.सं. १९१० को मुलुकी ऐनको दफा १८२ मा मिलापत्रको कानुनी व्यवस्था छ भने हरेक जात, धर्म, सम्प्रदायबीचको विवाद पहिले आफ्नै समाजमा बसेर सल्टाउने प्रचलन पनि छ । यसलाई वैज्ञानिकरूपले व्यवस्थित गर्न नसकिएको मात्र हो । यसको आधुनिक फाइदा समाजमा सम्प्रेषण हुन नसकेको मात्र हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक समृद्धि र सामाजिक सद्भावको लागि मेलमिलाप आवश्यक
आर्थिक समृद्धि र सामाजिक सद्भावको लागि मेलमिलाप आवश्यक
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/05/blog-post_622.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/05/blog-post_622.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy