- सुशील मुडभरी
गताड्ढको बाँकी
अन्धविश्वासले ग्रसित हिन्दू समाजलाई वेदतर्फ उन्मुख भएर सत्यतथ्य पत्ता लगाउन अभियान चलाउने दयानन्द सरस्वती चर्चित व्यक्तित्व हुन् । उनलाई उनका गुरु दण्डि स्वामी विरजानन्दले वेद सम्बन्ध आर्ष ग्रन्थ मात्र वास्तविक धार्मिक ग्रन्थ हुन्, धर्मका नाममा अलौकिक कुरा लेखिएका अनार्ष ग्रन्थहरू नदीमा बगाइदिए हुन्छ भनी गुरुमन्त्र दिएका थिए । उक्त गुरुमन्त्र दिएको १५० औं वर्षगाँठ पारेर ऐतिहासिक नगर मथुरामा आर्य समाजले पहिलो अन्तर्राष्ट्रिय आर्य महासम्मेलन गरेको थियो । मथुरा योगेश्वर श्री कृष्णको जन्मभूमि, विरजानन्दको कर्मभूमि र दयानन्दको दीक्षाभूमि भएकोले पनि यी महापुरुषहरूको पावन भूमि र गौरवपूर्ण भूमि छानेर यो महासम्मेलन गरेको मानिन्छ ।
आचार्य अग्निव्रत नैष्ठिक ‘समर्पणम्’ भन्ने पुस्तकमा लेख्नुहुन्छ– विराजनन्दले दयानन्दलाई गुरुकुलमा प्रवेश गर्नुअघि अनार्ष ग्रन्थ त्यागेर आर्ष ग्रन्थ ग्रहण गर्न आदेश दिनुभएको थियो । विरजानन्दकै प्रेरणाबाट दयानन्द सरस्वतीले आर्य समाज गठन गरेर जीवन त्यसमैं अर्पण गर्नुभएको थियो । उहाँ अगाडि लेख्नुहुन्छ– आज विश्व मानव समाजमा उन्नतिको कुरै छैन, झन् हाम्राजस्ता देशहरू जाति, सम्प्रदाय, भाषा, क्षेत्रीयता, लि·, वर्ग नजाने कुनकुन रूपमा खण्ड विखण्ड भएका छन् । समाज वा परिवारहरूको ढाँचा ध्वस्त भइसकेका छन् । मानवता, मैत्री, करुणा, अहिंसा, सत्य, इमानदारी, जितेन्द्रियता आदि सद्गुणहरूको स्थानमा दानवता, वैरभाव, क्रूरता, हिंसा, मिथ्या, बेइमानी आदि अवगुणहरू पैदा हुँदैछन् । विश्व मानवता यस्तै आकण्ठ पापहरूमा डुबेको छ । तर पनि एकातर्फ काला बादलले ढाकेको छ भने अर्कोतर्फ सुनौलो किरण पनि देखा पर्दैछ । त्यो सुनौलो किरण हुन्: – ऐतरेय ब्राह्मणका प्रणेता महान् वेदद्रष्टा वैज्ञानिक भगवत्पाद महर्षि महिदासजी महाराज । यिनै आशा वा उद्देश्यले दयानन्दले वि.सं. १९३३ देखि नियमितरूपमा वेदका भाष्यहरू लेख्न शुरु गर्नुभयो । उहाँकै प्रेरणाले आजका आर्य समाजले नारी अधिकार, दहेज प्रथा विरोध, कन्या भ्रूण हत्याविरुद्ध जागरण, नशामुक्त समाज, बालविवाह विरोध आदि क्षेत्रमा प्रशंसनीय कार्य गर्दैछ ।
नैष्ठिक अगाडि लेख्नुहुन्छ– हामीले वेदको यथार्थ स्वरूपलाई सम्झन नसक्नु कै कारण हाम्रो पतन भएको छ । ब्रह्मचर्यको गीत गाइन्छ तर पालन गरिंदैन । कर्मफलप्रति विश्वास गरिंदैन । पाश्चात्य विज्ञानको अगाडि आर्ष ग्रन्थहरूलाई भ्रम सम्झनु पनि हाम्रो ठूलो भूल हुन गएको छ । हामीले ‘वेद सबै विद्याहरूको ग्रन्थ हो’ भन्ने कुरालाई मनन गर्नैपर्ने हुन्छ । वेदरूपी जडलाई पानी दिनैपर्ने हुन्छ । हामीले बुझ्नैपर्ने कुरा के हो भने वेदमा सबै विज्ञान छ, वेद सृष्टिक्रमको पूर्णत: अनुकूल छ । हामीले पश्चिमा वैज्ञानिक र विज्ञानलाई नेतृत्व दिन सक्नुपर्छ । वेदमा पूर्ण विज्ञान छ, वेद सृष्टिक्रमको पूर्ण अनुकूल छ भनी सम्झाउन सक्नुपर्छ ।
नैष्ठिक लेख्नुहुन्छ– वेदमा विज्ञान अर्थात् ऐतरियको वैज्ञानिक व्याख्यानजस्ता महान् कार्य गर्न हामी वा मैले पनि धेरै ढिला गरें । म त्यसको मर्म पहिल्यैदेखि जान्दथें । तैपनि ढिलै भए पनि सङ्घर्षरत छु । ९–११ अगस्त २००४ मा ‘वल्र्ड काङ्ग्रेस अन वैदिक साइन्सेज’ नामको गोष्ठी बंलोरमा गरिएको थियो । त्यसमा मैले ‘सृष्टिको मूल उपादान कारण’ नामकको पत्र वाचन गरें । यो पत्र वाचन सुनेर मुम्बईका एनपिसिआइएलका एक एडिशनल चीफ इन्जिनियर माननीय श्री वीके भल्लाजीको म स्नेह र श्रद्धाको पात्र बन्न पुगें । उहाँले मलाई भाभा परमाणु अनुसन्धान केन्द्र मुम्बई लानुभयो । त्यसबखत अन्तर्राष्ट्रिय चर्चामा आएकी महान वैज्ञानिक माननीय डा. आभाष कुमारी मित्रा स्वयं मसँग भेट गर्न आउनुभयो र मसँग धेरै कुरा सिक्नुभयो । आफ्नो खोज पनि सुनाउनुभयो । त्यहाँ अन्य धेरै वैज्ञानिकहरूसँग पनि भेट र छलफल भयो । उहाँहरूको आग्रहले मैले ‘सृष्टिको मूल उपादान कारण’ नामको पुस्तक लेखें, जसलाई त्यहाँका वैज्ञानिकहरूले एक हप्ता लगाएर विचार विमर्श गरे ।
नैष्ठिक अगाडि लेख्नुहुन्छ– सम्पूर्ण वर्तमान विज्ञानलाई एक नवीन क्रान्तिकारी दिशा दिन पूरा विश्वमा वेदमा निहित विज्ञान र आध्यात्मवादलाई साथै प्रतिष्ठित गरी दिनु नै मेरो जीवनको एक मात्र उद्देश्य बनाएको छु । वि.सं. २०७७ महाशिवरात्रि (सन् २०२१) सम्म वेदको औपुरुष्यता वा सर्वज्ञानमयतालाई विश्व वैज्ञानिक जगत्मा सिद्ध गर्नका लागि महान वा भीषण व्रत राखेको छु । मैले पाश्चात्य विज्ञानलाई प्रमाण मानेर त्यसको पछाडि वेदको व्याख्या होइन कि बरु आधुनिक विज्ञानमा आएको वा आइरहेको न्यूनताहरू र झिझोहरू बुझेर त्यसको समाधान वैदिक विज्ञानबाट हटाउने व्रत राखेको छु । म आधुनिक विज्ञानको केही खोजीहरू वेदमा खोज्नेमध्येको होइन, बरु आजका सारा विज्ञानलाई एक नवीन र क्रान्तिकारी दिशा दिएर सम्पूर्ण विश्वमा वेदभित्रको विज्ञान र अध्यात्मवादलाई प्रतिष्ठित गर्नु नै मेरो लक्ष्य हो । तैपनि केही विद्वान्हरू ‘अग्निव्रत’ वेदलाई आधुनिक विज्ञानको पछि लगाउने मूर्खतापूर्ण यत्न गर्दैछन्, सर्वनाश गर्दैछन्, यो अनपढ छ’ आदि भनेका छन् । यी तिनका भ्रमपूर्ण आश हुन् । म वैदिक विज्ञान प्रमाणित गरेर देखाउने छु । –क्रमश: