फुलमहम्मद मियाँ
विश्वमा विभिन्न कालखण्डमा केही यस्ता महापुरुषहरूको जन्म भएको छ जसले यस संसारमा मानव कल्याणका खातिर चिरकालसम्म अनुपम योगदान दिएका छन् र मानव समाजका लागि महामानवको रूपमा उदीयमान हुन्छन्। यस्तै एक महामानवको जन्म सन् १८२८ मे ८ तारिख आजकै दिन स्वीटजरल्यान्डको जेनेभा शहरमा भएको थियो। उनी थिए, विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय मानवीय समाजसेवी संस्था रेडक्रसका जन्मदाता जाँ ज्याक हेनरी
डयुना।
जाँ हेनरी डयुनाको हृदयको कुनै एक कुनामा मानव समाजको कल्याणका लागि केही गर्ने इच्छा सुषुप्तरूपमा रहेको थियो, जसले प्रस्फुटन हुने मौका खोजिरहेको थियो। व्यापारको सिलसिलामा सन् १९५९ को जून महिनातिर जाँ हेनरी डयुना इटालीको सल्फेरिनो पुगेका थिए। त्यसै बेला इटली, फ्रान्स एव अस्ट्रियाका सेनाबीच युद्घ चलिरहेको थियो। उक्त युद्घमा मृतक एवं घाइते सैनिकहरूको त्रासदीय दृश्यको डयुना प्रत्यक्षदर्शी बने । त्यहाँ कुनै औषधोपचार वा युद्ध पीडितलाई सामान्य सहयोगसमेतका लागि राहत सामग्री थिएन। शायद त्यसै बेला डयुनाको मनभित्र सुषुप्तरूपमा रहेको परोपकारी भावना जागृत भयो, फलस्वरूप उनले युद्घबाट पीडित अस्ट्रियन र फ्रेन्चहरूलाई तत्काल आपतकालीन सहयोगको व्यवस्था मिलाउने निधो गरे । असल काममा हजारौं सहयोग पाइन्छ, भनेझैं उनको यस सदिच्छामा नजिकैका गाउँलेहरूले पनि हर तरहले सहयोग गरे ।
सल्फेरिनोको यस दु:खद घटनाबाट अत्यन्त मर्माहित जाँ हेनरी डयुनाले फ्रेन्च भाषामा सल्फेरिनोको स्मृति नामक एक पुस्तक लेखी १८६२ मा प्रकाशित गरे। उक्त पुस्तकमा उनले प्रत्येक राष्ट्रमा युद्घ वा अन्य अवस्थामा समेत हुने कुनै घटनाद्वारा पीडितका समस्यालाई कुनै जात, वर्ग वा धर्म, सम्प्रदायको भेदभाव नगरी रोकथाम गर्ने र युद्घपीडित सम्बन्धित अन्तर्राष्ट्रिय समझदारीको परिकल्पना पनि व्यक्त गरे । उक्त पुस्तकको प्रकाशनपश्चात् विश्वको चारै दिशाबाट उनको विचारप्रति सद्भावना र सहयोगको लहर फैलियो। कसैकसैले यसमा प्रश्न पनि उठाए तर जीत सत्यकै भयो।
डयुनाको प्रस्तावयुक्त परिकल्पनालाई साकार रूप दिन स्वीटजरल्यान्डका थप चार व्यक्ति निकै अगाडि सरे। गुस्ताफ मोनियर, जनरल जी एच डयुफको, डा.लुईअपिया र डा.थियोडोर मोनियरजस्ता सहयोगीसँग मिलेर डयुनाले सन् १८६३ मा घाइतेहरूका निम्ति एउटा सहयोगी सङगठनको प्रारूप स्थापना गरे। त्यस सङगठनको नाम ‘घाइतेहरूको सहयोगको निम्ति अन्तर्राष्ट्रिय समिति’ (ष्लतभचलबतष्यलब िअयmmष्ततभभ ायच चभष्भिा तय तजभ धयगलमभम ) राखियो। त्यसैताका डयुनाको कार्यबाट प्रभावित भएर विभिन्न राष्ट्रका प्रमुखहरूले उनको विचारलाई समर्थन गरे। फलस्वरूप सन् १८६४ मा केही राष्ट्रका प्रतिनिधिहरू समेत जम्मा भई स्वीटजरल्यान्डको राजधानी जेनेभामा युद्घपीडित सम्बन्धी अन्तर्राष्ट्रिय लोकसम्मति समेत तर्जुमा भयो। त्यसै अवसरमा डयुनाको सम्मानार्थ उनको जन्मभूमि स्वीटजरल्यान्डको रातो पृष्ठभूमिमा सेतो क्रस भएको झन्डाको सम्झना गर्दै सेतो पृष्ठभूमिमा रातो क्रस भएको प्रतीक चिह्न रोजेर उनकै परिकल्पना अनुसारकै कार्यमा त्यस चिह्नको प्रयोग प्रारम्भ
गरियो।
यसरी एकातिर जाँ हेनरी डयुनाको सपना साकार हुँदै थियो भने अर्कोतिर आफ्नो व्यापार–व्यवसायलाई ध्यान दिन नपाउँदा उनको आर्थिक अवस्था बिग्रँदै गयो। हुँदा–हुँदा सन् १८६७ मा त उनी टाट पल्टिएका कारण जेनेभा शहर नै छाडी आफ्नो जीवनको उत्तराद्र्घ अज्ञात ठाउँमा निर्धनतापूर्वक बिताउन थाले। त्यस अवस्थामा आइपुग्दा पनि उनी प्रचारप्रसारबाट अत्यन्त टाढा रहेर स्वयंसेवक समाजसेवी बनी सेवा कार्यमा लागिरहे।
समय बित्दै गयो, बूढा हेनरी डयुना पनि समाजमा ओझेल पर्दै गए। उनको सपना साकार भइसकेको थियो तर उनी स्वयं भने धेरैद्वारा बिर्सिएका थिए। सन् १८९५ मा एउटा पत्रिकामा अप्रत्याशित रूपमा डयुनाबारे अन्तर्वार्तामूलक समाचार छापियो। उनको अज्ञातवासबारे सबैले थाहा पाए।
हराएका महान् व्यक्तित्वको प्राप्तिले अन्तर्राष्ट्रिय समाजसेवी सङगठन ‘रेडक्रस’ तथा स्वयं हेनरी डयुनाको योगदानको चर्चा फेरि एकचोटि संसारभरि फैलियो । उनको चर्चा–परिचर्चाको लहर सेलाउन नपाउँदै सन् १९०१ मा शान्तिका लागि पहिलो नोबेल पुरस्कार फ्रेन्च नागरिक फ्रेडेरिक पासेसँग संयुक्तरूपमा उनलाई पनि प्रदान गरियो। यसले हेनरी डयुनालाई फेरि एकचोटि केन्द्रीय आकर्षण बनायो।
लोक हितेच्छुकका रूपमा विश्व प्रसिद्घ कर्मयोगी जाँ हेनरी डयुना आफ्नो सम्पूर्ण तन, मन र धन नै अर्पण गरेर विशुद्घ समाजसेवा गर्दै ८२ वर्षको उमेरमा सन् १९१० अक्टुबर ३० तारिखका दिन यस संसारबाट बिदा भएर गए पनि उनीद्वारा स्थापित ‘रेडक्रस’ आफ्ना प्रमुख सात सिद्घान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयसेवा, एकता र विश्वव्यापकतालाई शिरोपर गरी आफ्ना गतिविधिहरू विश्वभरि गर्दै आइरहेको छ।
अत: अन्तर्राष्ट्रिय समाजसेवी सङगठन रेडक्रसका जन्मदाता जाँ हेनरी डयुनाको स्मृतिमा उनको विशिष्ट मानवतावादी भावना र विशाल हृदयको कदरस्वरूप सम्पूर्ण समाजसेवीले निस्स्वार्थ सेवा प्रदान गर्नु नै उनीप्रति सच्चा श्रद्घाञ्जलि ठहर्ने छ।
(लेखक: नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका सभापति हुन्। )