- डा. रमेश मिश्र
अनुचित खानपान र वातावरणको प्रभावले हामीलाई विभिन्न प्रकारको छालाका रोगहरू भइरहन्छ । यस्ता
रोगहरू, कुनै समयमा उपचार गरे चाँडै निको हुन्छ त कुनै धेरै वर्षसम्म दु:ख दिइरहेको हुन्छ । चाँडै निको नहुने छालाको रोगहरूमध्ये सोरीयासिस पनि एक हो । यो रोग दूषित पित्त र कफ, बातसँग मिलेर उत्पन्न हुन्छ । यसलाई किटीभ पनि भनिन्छ ।
छालामा रातो–कालो रङको गोलो चक्का हुन्छ जसलाई चिलाउँदा सेतो रङको चम्किलो भुत्ला (पापडी) निस्किन्छ । छाला खस्रो र कहिलेकाहीं स्रावयुक्त हुन्छ । यो सोरीयासिसको लक्षण हो । यो लक्षण कहिले देखापर्छ त कहिले हराउँछ ।
विरोधी, विपरीत आहारजस्तै दूध र माछा सँगै खानु, मुला, तिल, गुड बढी सेवन गर्नु अस्वस्थकर आहार जस्तै नुन र अम्ल बढी खानु । विपरीत वातावरणको सम्पर्क जस्तै चिसो र तातो सँगै सेवन गर्नु । प्राकृतिक वेग अर्थात् दिसापिसाब आदि बढी रोक्नु, बान्ता बढी रोक्नु, आदि यसका हुने कारण हुन् ।
आयुर्वेदमा यसको उपचार राम्रोसँग गर्न सकिन्छ । निम्न औषधि र जडीबुटीहरू चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्छ । गुडूची स्वरस, अश्वगन्धारिष्ट, आरोग्यवद्र्धिनी वटी, खदिरारिष्ट एवं पञ्चतिक्त धृत । यी औषधि र जडीबुटी सेवन पहिले पञ्चकर्मको माध्यमबाट शरीरलाई सोधन गरि गर्नुपर्छ ।
पथ्य– पुरानो चामल, गहुँ, जौ, मुङको दाल, सब्जी, हरियो सागपात खानुपर्छ । त्यस्तै खदिर, हरिद्रा, गुडूची, निव, वाकुची, तुवरक, करेज, दारु हरिद्रा आदि जडीबुटीको काढा बनाएर नुहाउनुपर्छ ।
अपथ्य– नयाँ चामल, मुला, दही बढी प्रयोग नगर्ने । विरुद्ध आहार सेवन गर्नुहुँदैन । अनियमित खाना खानुहुँदैन । प्राकृतिक वेगहरूलाई रोक्नुहुँदैन ।
अत: माथि उल्लिखित औषधि, जडीबुटी पथ्य परहेज गरेमा यस रोगबाट बच्न सकिन्छ ।
मच।चबmभकजmष्कजचब२थबजयय।अयm – लेखक नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार हुन् ।