- विश्वराज अधिकारी
सन् २०५० सम्म भारत विश्वकै सर्वाधिक धनी राष्ट्र हुनेछ । भारतले आर्थिक क्षेत्रमा अगुवाइ गर्नेछ र विश्वमैं आर्थिक महाशक्ति हुनेछ । यस्तो अनुमान आर्थिक क्षेत्रका विज्ञहरूले मात्र होइन, राजनैतिक पण्डितहरू पनि गरिरहेका छन् । त्यस्तो अनुमान गर्नेहरूमा विकसित देशका अर्थशास्त्रीहरूसमेत छन् । सन् १९८० पछि भारतमा जुन किसिमले आर्थिक जागरण आरम्भ भयो, त्यहाँका प्रभावशाली व्यक्ति मात्र होइन, सरकार समेतले आर्थिक सुधार
(उदार अर्थनीति, निजीकरण, खुलाबजार) को कार्यक्रममा जोड दियो, त्यसले सुस्त गतिको भारतको अर्थ व्यवस्थालाई दौडायो र प्रतिस्पर्धात्मक तुल्यायो । एक किसिमले भन्ने हो भने भारतीय अर्थ व्यवस्था प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहेका राष्ट्रहरूको हाराहारीमा पुग्यो । अब सबै प्रतिस्पर्धीलाई उछिनेर एक नम्बरमा पुग्ने कसरत गर्दैछ ।
स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको सपना ‘समाजवाद’ ले निरन्तरता पाएको भए भारतीय अर्थव्यवस्था अहिले पनि कछुवाको चालमा घस्रिरहेको हुन्थ्यो । मुलुकमा समाजवादको विकास गर्ने नेहरूको सपनाले केवल उनको समयमा मात्र कार्य गरेन, पछिका प्रधानमन्त्रीहरू इन्दिरा गाँधीदेखि राजीव गाँधीसम्म पनि कायम रह्यो । उनीहरूले पनि समाजवादमा जोड दिए । भारतले समाजवादमा जोड दिएको समयमा सरकारले सार्वजनिक संरचनाहरूको स्थापनामा निकै जोड दियो, सार्वजनिक संस्थानहरूको स्थापनामा निकै लगानी गर्यो, जुन पछि मुलुकका लागि आर्थिक भार बन्न पुग्यो । तर भारतका नवौं प्रधानमन्त्री (सन् १९९१–१९९६) नरसिंहा रावको समयमा भारतको समाजवादी अर्थतन्त्रले निरन्तरता पाएन । उनले त्यो क्रम सुस्तरी नै भए पनि तोड्ने आँट गरे । प्रधानमन्त्री नरसिंहा रावको समयमा भारतले खुला र उदार अर्थनीति अवलम्बन गरेर पूँजीवादी युगमा प्रवेश गर्यो । अनि शुरु भयो चमत्कारी आर्थिक प्रगतिको सिलसिला । रावले मुलुकमा कायम लाइसेन्स प्रथा (ीष्अभलकभ च्बव) को समाप्त गर्न निकै जोड दिए । उनका आर्थिक कार्यक्रमहरूलाई पछिका प्रधानमन्त्रीहरू अटलबिहारी बाजपेयी र मनमोहन सिंहले पनि निरन्तरता दिए । रावको आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन तत्कालीन अर्थमन्त्री एवं हालका प्रधानमन्त्री डा.मनमोहन सिंहको साथ एवं योगदान पनि महत्त्वपूर्ण रह्यो । प्रधानमन्त्री रावले आर्थिक सुधारका कार्यक्रम लागू गर्न मनमोहन सिंहलाई अर्थमन्त्री नियुक्त गरेका थिए । केही विश्लेषकहरूको भनाइमा आर्थिक सुधारका कार्यक्रमहरूको शुरुआतकर्ता राव भए तापनि त्यसलाई प्रभावकारी बनाउन (समाजवादीबाट पूँजीवादी अर्थ व्यवस्थामा रूपान्तरित गर्न) सिंहको भूमिका अति महत्त्वपूर्ण छ । भारतमा चलिआएको समाजवादी अर्थ व्यवस्थालाई पूँजीवादतर्फ लान, राजनैतिक स्तरबाट पहल एवं अनुमोदन समेत गराउन रावको भूमिका अतुलनीय रहेको मानिन्छ । रावको यस ऐतिहासिक कार्यले गर्दा नै उनलाई ‘चाणक्य’ एवं ‘भारतीय आर्थिक सुधारका पिता’ पनि भन्ने गरिन्छ ।
भारत स्वतन्त्र भएदेखि नै तत्कालीन सोभियत सङ्घसँग सम्बन्ध प्रगाढ पार्न केन्द्रित रह्यो । त्यस बेला पाकिस्तान र चीनसँग कटुतापूर्ण सम्बन्ध रहेकोले आफ्नो सामरिक स्थिति मजबुत पार्न भारतले त्यो नीति अख्तियार गरेको हुन सक्तछ, सोभियत सङ्घलाई अति विश्वासिलो मित्रको रूपमा लिएको हुन सक्तछ । तर भारतको सोभियत सङ्घसँग अति निकट सम्बन्धले गर्दा नै समाजवादी नीति हावी हुन पुग्यो । परिणामस्वरूप, जनशक्ति र प्राकृतिक स्रोतहरू भरपूर भए तापनि विकासको गतिले तीव्रता लिन सकेन । अर्कोतिर सोभियतसँग प्रगाढ सम्बन्धले गर्दा भारतमा साम्यवादी सिद्धान्त विस्तार हुन सजिलो भयो । यदि भारतको सम्बन्ध सोभियत रूसको सट्टा संयुक्त राज्य अमेरिकसँग शुरुदेखि नै घनिष्ट भएको भए र भारतले स्वतन्त्रता प्राप्त गर्नासाथ पूँजीवादी अर्थनीति अँगालेको भए यो मुलुक अहिले जापान, चीन, जर्मनी, फ्रान्स आदिलाई आर्थिक प्रगतिको प्रतिस्पर्धामा पछाडि पारिसकेको हुन्थ्यो ।
विश्वको सर्वाधिक ठूलो र जनसङ्ख्या भएको विश्वको दोस्रो ठूलो प्रजातान्त्रिक राष्ट्र भारत लामो समय
(१८००–१९४७) सम्म बेलायतको अधीन रह्यो । तर पनि कुनै समय उपनिवेश रहिसकेका विश्वका अन्य मुलुकहरूको तुलनामा भारतले निकै आर्थिक प्रगति गरेको छ, पछिल्लो ज्यादै छोटो समयमा । सन् १९९० पछि भारतमा पुनर्जागरणको युग, आर्थिक विकासको युग प्रारम्भ भयो । आर्थिक समृद्धि हासिल गर्न कम्मर कसेर लागिपरेको भारतलाई यहाँसम्म पुर्याउन यो मुलुकले अ·ीकार गरेको अर्थनीति, पूँजीवादी अर्थनीतिको भूमिका अत्यन्त नै महत्त्वपूर्ण छ ।
भारतले दुईपटक (सन् १९७०–१९९०) आणविक परीक्षण गरिसकेको छ । यसैगरी आफ्नै सेटेलाइट पनि प्रक्षेपण गरिसकेको छ ।
बजार विनिमय दरको आधारमा भारत विश्वको दशौं ठूलो अर्थ व्यवस्था हो । परचेजिंग पावर पैरिटी (एएए) को अनुसार तेस्रो ठूलो राष्ट्र । भारतको आर्थिक वृद्धि दर उच्च रहँदै आएको छ । बितेको दुई दशकमा औसत आर्थिक वृद्धि दर ५.८ प्रतिशत थियो भने सन् २०११–१२ मा ६ .१ प्रतिशत हुन पुग्यो । लगभग ५० करोड कामदारहरूको उपस्थिति रहेको (सन् २०११) भारतको श्रम बजार विश्वको दोस्रो ठूलो श्रम बजार हो । कुल गार्हस्थ्य उत्पादनमा सेवाक्षेत्रको योगदान ५५.६, उद्योगक्षेत्रको २६.३ र कृषिक्षेत्रको १८.१ प्रतिशत रहेको छ । विश्व व्यापारमा भारतको अंश सन् २००८ मा १.६८ प्रतिशत थियो । र सन् २०११ मा भारत विश्वको दसौं ठूलो आयातकर्ता थियो र नवौं ठूलो निर्यातकर्ता । यहाँको उपभोक्ता बजार विश्वकै एघारौं ठूलो बजार मानिन्छ । सूचना प्रविधिको क्षेत्रमा भारत निकै अगाडि छ । औषधि उत्पादनमा पनि उत्तिकै सबल हुँदै गएको छ । भारतका औषधिहरूले विश्व बजारमा बलियो स्थान बनाउँदै छन् । भारतको सिनेमा उद्योग देशभित्र मात्र बलियो छैन, विश्वका धेरै राष्ट्रका दर्शकहरूले हेर्ने गर्दछन् ।
भारतको बलियो आर्थिक स्थितिले यो मुलुकलाई राजनैतिकरूपमा पनि बलियो पार्दै लगेको छ । क्षेत्रीयसाथै विश्व राजनैतिक मञ्चमा समेत भारतले आफ्नो उपस्थिति प्रभावशाली बनाउँदै लगिरहेको छ । यसै वर्षको फेब्रुअरी महिनामा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरून भारत भ्रमणमा आउँदा जलियाँवाला बागमा मारिएका व्यक्तिलाई श्रद्धाञ्जली दिन अमृतसर पुगेका थिए । अमृतसरस्थित जलियाँवाला बाग त्यो स्थान हो, जहाँ सन् १९१९ अप्रिल १३ मा आमसभा गर्न जम्मा भएका सर्वसाधारणमाथि तत्कालीन ब्रिटिश सेनाले घेरा हाली गोली चलाएको थियो । तत्कालीन प्रशासनका अनुसार उक्त घटनामा ३७९ व्यक्ति मारिए, भारतीय स्रोत अनुसार झन्डै एक हजार । क्यामरूनले यसलाई ‘ब्रिटिश इतिहासको अति लज्जास्पद घटना’ भन्दै शोक पुस्तिकामा ‘हामीले यहाँ के भएको थियो कहिले बिर्सन हुन्न (ध्भ mगकत लभखभच ायचनभत धजबत जबउउभलभम जभचभ)’ लेखेका थिए । प्रधानमन्त्री क्यामरूनको यस भ्रमणले तथा भारतीय राजनीतिप्रति उनले देखाएको चासोले विश्व राजनीतिक र·मञ्चमा भारतले आफ्नो भूमिकालाई कुन किसिमले बलियो र अर्थपूर्ण पार्दै लगिरहेको छ भन्ने कुराको सड्ढेत गर्दछ ।
भारतले उल्लेखनीय किसिमले आर्थिक प्रगति गरेको बितेको बीस–पच्चीस वर्षभित्र हो । पूँजीवादको प्रयोग गरेर भारतले उल्लेखनीय आर्थिक प्रगति गर्यो र गरिरहेको छ । गएको बीस–पच्चीस वर्ष भारतले कुशलतापूर्वक उपयोग गर्यो तर नेपालमा भने यो समय उपलब्धिहीन भएर गयो । आर्थिकरूपमा उपलब्धिहीन भयो नै, राजनैतिकरूपमा पनि उपलब्धिहीन होला जस्तो छ । नेता र जनता दुवै समयमैं सचेत नहुने हो भने नेपाललाई अन्य मुलुकहरूले गरेको प्रगतिको केवल साक्षी बस्नुबाहेक अरु केही हात लाग्ने छैन, यस्तै स्थितिले निरन्तरता पाइरहयो भने ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अ