प्रस, वीरगंज, १७ जेठ/
नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्न नेपाली काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
वीरगंज रानीसति अतिथि सदनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले आगामी संविधान सभामा नेपाली काङ्ग्रेसको बहुमत ल्याउन पार्टी एक ढिक्का हुन आवश्यक भएको बताए ।
नेपाली काङ्ग्रेस मुलुकको दिशानिर्देश गर्ने पार्टी भएकोले सो जिम्मेवारी वहन गर्नका लागि पनि संविधानसभामा काङ्ग्रेसलाई बहुमत दिलाउन नेपाली काङ्ग्रेससँग आबद्ध कायकर्ताहरू एक ढिक्का भएर लागुपर्ने उनले बताए ।
कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले नेपाली काङ्ग्रेसले २००७ सालदेखि आन्दोलनमार्फत् नेपाली जनतालाई मालिक बनाउने कार्य गर्दै आएको बताए । उनले काङ्ग्रेस हालसम्म मुक्तिदाताको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको दाबी पनि गरे । सभापति चौधरीले आगामी संविधानसभा निर्वाचनपछि सङ्घीयताको हकमा तराईलाई पाँच प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
कार्यकर्ता भेलामा वीरगंज उपमहानगरपालिका अन्तर्गतका वडा कमिटी, नगर कमिटी, गाविस बुथ कमिटी, क्षेत्रीय कमिटीका पदाधिकारी, सदस्यहरू सहभागी थिए । उनीहरूले पार्टीमा चरम गुटबन्दी रहेको बताए । गुटबन्दीका कारण समस्या नबुझ्ने र समाधानतर्फ अग्रसरता नदेखाउने गरेको आरोप लगाए । उनीहरूले कायकर्ताहरूको मूल्याङ्कन नगरिएको र गुट–उपगुटमा होमिन बाध्य पार्ने अवस्था सृजना गर्ने गरिएको भन्दै पर्सा जिल्लाका नेतृत्वमाथि आरोप लगाएका थिए ।
कार्यकर्ता भेलामा पूर्व सभासद् रमेश रिजाल, अजय द्विवेदी, ओमप्रकाश शर्मा, अजय चौरसिया, पूर्व सभापति राजेन्द्र अमात्य, पूर्व जिविस सभापति जनार्दन सिंह क्षत्री, नगरसभापति महम्मद शहाबुद्दिन, क्षेत्रीय अध्यक्ष वीरेन्द्र पटेल, श्रीकृष्ण चौहान, रमेश पाण्डेलगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण सचिव अशोक जयसवालले गरेका थिए ।