नेपाल प्रहरीले भारतका कुख्यात अपराधी र भारत प्रहरीको मोस्ट वान्टेड बब्लु दुबे अथाृत् मिथिलेश मिश्रालाई पक्राउ गरेर लामो समयपछि प्रहरी हुनुको सन्देश दिन सफल भएको छ । खासगरी वीरगंजमा कार्यालय रहेको नारायणी प्रहरीले पक्राउ गरेको हुँदा वीरगंजलाई अझ बढी गर्व हुनु पनि स्वाभाविक भएको छ । भारतबाट फरार भएर वीरगंजलाई कार्यक्षेत्र बनाई अपराधकर्म गर्दै आएको बब्लु पक्राउ हुनु यस अर्थमा पनि महत्त्वपूर्ण छ कि उसको स·तले यहाँ पनि अपराधकर्मी फस्टाउने बढी सम्भावना थियो । प्राय: नेपालमा अपराधवृत्ति वृद्धि हुनुमा छिमेकी मुलुकका धुरन्धर अपराधीहरूको स·तले हो भन्ने कुरा पहिले नै स्थापित भइसकेको तथ्य हो । पहिले पनि भारतका अपराधी लुक्ने र आफ्नो सङ्क्रमणकालमा यहाँका मानिसको सहयोग लिएर अपराधकर्म गर्ने गरेका हुन् । यसबाट नेपालीहरूले विभिन्न हतियार प्राप्त गर्ने अवसर र धुरन्धर अपराधीहरूको कार्यशैली सिक्ने मौका पाएका हुन् । बितेको केही वर्ष पहिले नेपालमा भारतीय अपराधीहरूको र·दारीको बिगबिगी भएको बेला यही तथ्य उजागर भएको थियो ।
जसरी एकजना राम्रो मान्छेले आफ्ना स·तमा परेको व्यक्तिलाई राम्रो काम र विचार सम्प्रेषित गर्दछ, त्यसैगरी नराम्रो मानिसले अझ बढी सङ्ख्यामा नराम्रो प्रवृत्तिको प्रसार गर्दछ । नेपालमा खासगरी सीमाक्षेत्रमा हुने देवानी अपराधबाहेक फौजदारी अपराध शत प्रतिशत भारतकै अपराधीहरूको सिकोबाट हुने गरेको भन्दा अत्युक्ति हुने छैन । भारतमा अपहरण गरेर नेपाल ल्याएर राख्दा, नेपालमा जसको सहयोग लिएको हो– शुरुमा आफन्त, त्यसले सजिलो तरिकाले पैसा कमाउने उपाय सिक्छ । कसैलाई ललाई फकाई आफ्नो कब्जामा गरेर, दुई दिन ख्वाएर गतिलो रकम हात पार्न सकिन्छ भने किन नगर्ने ? वा कसैसँग रिसइवी छ भने प्रतिशोधको यस्तो सरल बाटो किन नरोज्ने ? केही दिन पहिले आदर्शनगरका एक व्यापारीका आफन्तले नै परिवारका सदस्यको अपहरण गरेको घटनालाई उसको बुद्धिको कुरा मान्नु भूल हुनेछ । त्यस्ताले सिकेकै यिनै अपराधीहरूबाट हो । यी कुराहरूको निराकरण प्रहरीबाटै सम्भव हुन सक्दछ । दु:खको कुरा के मात्र भने प्रहरीका सबै मानिस आफ्नो कर्तव्यप्रति जागरुक छैनन् । जब–जब कुनै जागरुक प्रहरी अधिकृत आउँछ, बब्लुजस्ता कुख्यात अपराधीहरू पक्राउ परेका छन् वा मारिएका छन् ।
अपराधकर्म गर्ने व्यक्ति काथर हुन्छ । उसले तबसम्म मात्र अपराध गर्न सक्छ जब उसलाई भय हुँदैन । भारतको बिहारमा नीतीशकुमारको सरकार आएपछि उसले विकास कार्य गर्नुका साथै अपराध उन्मुलन शुरु गर्यो । त्यसले गर्दा भारतीय अपराधीहरू नेपालमा शरण लिन बाध्य भए । यी अपराधीहरूको गतिविधिबारे प्रहरीलाई जानकारी नै हुँदैन भन्ने होइन, हो कहिले अनुमानको भरमा र कहिले स्पष्ट जानकारी हुन्छ । तर अपराधी भारतको हो, हाम्रो मुलुकमा वारदात गरेको छैन, हामीलाई के वास्ता भनी उपेक्षा देखाउँदा आफ्नो गाउँ–ठाउँमा पनि अपराध बढिरहेको भेउ त्यस्ता प्रहरीले पाउन सक्दैन वा चाहँदैनस कुरा त्यति मात्र हो । तर एउटा सत्य के हो भने अपराधीले अपराध नगरे पनि उसले अपराध गर्ने शिक्षण भने दिइरहेको हुन्छ । उसको स·तमा परेको व्यक्ति अपराधकर्मको रोमाञ्च र लाभबाट प्रभावित भइरहेका हुन्छ । त्यस्तो मानसिकता नपलाओस् भन्नका लागि बब्लुजस्ता अपराधीलाई समाएर भय देखाइरहनुपर्छ ।