प्रस, वीरगंज, १७ जेठ/
नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोग र वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज कम्पनी रजिस्ट्रारको कार्यालयले ओसिआर अनलाइन सेवाबारे अन्तक्र्रिया सम्पन्न गरेको छ ।
होटल मकालुमा आयोजित अन्तक्र्रियामा कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रमुख शड्ढर अर्यालले ५ महिनादेखि अनलाइन सेवा शुरु गरेको र हालसम्म अनलाइन सेवाको प्रयोग गरेर ८१ वटा कम्पनी दर्ता भएको बताए । उनले अनलाइन सेवा प्रभावकारी हुन नसकेको स्विकार्दै राजधानी बाहिर अनलाइन सेवाबारे जानकारी दिनका लागि अन्तक्र्रिया आयोजना गरिएको बताए ।
अर्यालले कम्पनी रजिस्ट्रारको कार्यालयमा दैनिक ३५ वटा कम्पनी दर्ताका लागि आउने र वार्षिक करिब १० हजारको सङ्ख्यामा दर्ता हुने कम्पनीको फायलिङ प्रणाली प्रभावकारी पार्न नसकिएको स्विकार्दै सो समस्यालाई क्रमश: प्रक्रियागत रूपमा मिलाउने प्रयास भइरहेको बताए । उनले कम्पनी दर्ता गरेर लामो समयसम्म कम्पनी सुचारु नगर्नेहरूको दर्ता खारेजीतर्फ पनि अध्ययन अनुसन्धान भइरहेको बताए । उनले हाल अनलाइन सेवाबाट भुक्तानी र हस्ताक्षर बाहेक सम्पूर्ण प्रक्रिया भइरहेकोले सेवाग्रहीलाई राजधानी धाउनुपर्ने समस्या नरहेको पनि बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले देशको कुल कम्पनीमध्ये ७० प्रतिशत यस क्षेत्रमा रहेका र राजस्वमध्ये ५० प्रतिशत पर्सा, बाराबाट राज्यकोषमा दाखिला भइरहेको बताउँदै वीरगंजमा कम्पनी रजिस्ट्रारको शाखा नखोलिनु दु:खद भएको बताए । उनले शाखाको लागि राखिएको प्रस्ताव राजनीतिक पूर्वाग्रहका कारण नखोलिएको आरोप पनि लगाए । उनले कर कार्यालय सरह फाइल अपडेटका लागि ढिलाइ हुने कम्पनीहरूलाई जरिवाना सुविधा उपलब्ध गराउनका लागि पनि माग गरे ।
अध्यक्ष बैदले रजिस्ट्रारको कार्यालयमा फाइलिङ प्रणाली राम्रो नभएको, अनलाइन सेवा नलिएकाहरूका लागि पनि वैकल्पिक व्यवस्था गरिनुपर्ने, दक्ष जनशक्तिको अभावमा कार्यालयमा सेवाग्रही मर्कामा पर्ने गरेका, विदेशी कम्पनीको नाममा सामान्य रकममा दर्ता गरेर लामो समयसम्म सञ्चालन नगरिने प्रवृत्ति रोक्ने तर्फ पनि आवश्यक पहल नगरिएको भन्दै सुधारका लागि सुझाव दिएका थिए ।
अन्तक्र्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घका विप्लवमान सिंहले अनलाइन सेवापछि सेवाग्रहीले आफ्नो कार्यालयमा बसेर सबै सेवा उपभोग गर्न पाउने बताए । उनले हस्ताक्षरका लागि मात्र अबका दिनमा कार्यालयमा एकपटक उपस्थित हुनुपर्ने र पहिलेजस्तो धाइरहनु नपर्ने बताएका थिए । उनले अबका दिनमा फायल हराउने रोगसँगै फायल खोजीका लागि दिनुपर्ने घूस पनि नियन्त्रण भएको बताए ।
अनलाइनले व्यवसायीको समय र पैसा दुवैको बचत भएको उनले बताए । अन्तक्र्रियामा अनलाइन सेवाका लागि अपनाउनुपर्ने विधिबारे कम्पनीका प्राविधिक टोलीले वृत्तचित्र र कम्प्युटर प्रविधिबाट जानकारी गराएका थिए ।
सेवाग्रहीका तर्फबाट जगदीश खण्डेलवाल, सन्तोष खण्डेलवाल, सन्तोष श्रीवास्तव, सालिकराम साह, राजु श्रेष्ठ आदिले जिज्ञासा राखेका थिए । अन्तक्र्रियामा रजिस्ट्रार कम्पनीका लालबाबू खवारी, आइएफसीका आशिष रौनियार,वीउवा सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण राधेश्याम मालाकारले गरेका थिए ।