प्रस, वीरगंज, १५ जेठ/
अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको कमान्डमा रहेको प्रहरी टोलीले नेपालमा रहेर आपराधिक गतिविधि सञ्चालन गरिरहेका भारतमा खोजी सूचीमा रहेका अभियुक्त बब्लु दुबेलाई पक्राउ
काठमाडौंको सीतापाइलामा लुकेर बसेका दुबेलाई गएराति पक्राउ गरी वीरगंज ल्याएको अञ्चल प्रहरी कार्यालय वीरगंजले जनाएको छ ।
अञ्चल प्रहरीले आज पत्रकार सम्मेलन गरी ३० वर्षीय बब्लु दुबे भारत पूर्वी चम्पारण मोतिहारी निवासी भएको र उनी भारतमा विभिन्न हत्या र बैंक लुटपाटको घटनामा दोषी ठहर भई १० वर्ष सजाय पाएका अपराधी भएको जनाएको छ ।
दुबेले जेलमा रहँदा बिहार पिपुल्स लिब्रेसन आर्मीको नाममा आपराधिक समूह खडा गरी हालसम्म ३० जना व्यक्तिको हत्या गरेको र करोडौं भारतीय रुपैयाँ र·दारी असुल गरेको प्रहरीले दाबी गरेको छ ।
वप्रउ खनालले दुबेले ६ जनाको मात्र आफूले हत्या गरेको स्वीकार गरेका पत्रकार सम्मेलनमा बताए ।
दुबेले यही जेठ ४ गते भारत आमोदेईमा रहेको इँटाभट्टाका मालिक हाफिज मियाँका सुरक्षागार्ड ज·बहादुरमाथि गोली प्रहार गराएका थिए ।
५ लाख रुपैयाँ फिरौती नदिएको कारण बब्लुले आफ्नो मानिस लगाएर ज·बहादुरमाथि गोली प्रहार गराएका थिए ।
हालै उनले नेपाली सीमकार्डबाट भारतीय व्यापारीहरू र नेपाली व्यापारीहरूलाई धम्की दिंदै र·दारी असुल गर्दै आएको कारण भारतमा निजमाथि २ लाख रुपैयाँको इनाम रहेको पनि प्रहरीले पुष्टि गरेको छ ।
भारतीय प्रहरीले स्थानीय व्यापारीहरूलाई असुरक्षित पारेको भन्दै बब्लुलाई पक्राउ गर्न नेपाल प्रहरीसँग अनुरोध गरेको पनि पत्रकार सम्मेलनमा बताइएको थियो ।
बब्लु दुबेको असली नाम मिथिलेश मिश्रा रहेको र उनले अपराध गर्दा सन्तोष झा, सुरेन्द्र मिश्रा जस्ता नामहरूको पनि प्रयोग गर्ने गरेका प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो । पक्राउ परेका दुबेबाट नेपाली नं.को मोबाइल, १ लाख ७३ हजार नेरु तथा ६० हजार भारु बरामद भएको प्रहरीले बताएको छ ।
गरेको छ ।