- डा. रमेश मिश्र
डायबिटिज एउटा पैनक्रियाजको रोग हो । यो पाचन संस्थानसँग सम्बन्धित रोग हो जसमा शरीरको कार्बोहाइड्ेरट र ग्लुकोजलार्य इन्धनमा परिवर्तन गर्ने क्षमताको अवरोध हुन्छ । यसको निर्धारण उच्चरक्त ग्लुकोजस्तरबाट हुन्छ ।
धेरै भोक लाग्नु (पालिफगिया) धेरै प्यास लाग्नु (पोलि डिसीया), धेै मूत्रस्राव हुनु (पालियुरिया) थकान एवं रोगी अनुभव हुनु, जति खाए पनि वजन घट्दै जानु यसको मुख्य लक्षण हुन् । यो रोग लागेको व्यक्तिमा शुरूशुरूमा लक्षणहरू देखा नपर्न पनि सक्छ ।
बढी दही, गुलियो, जलचर जीवको मासु, बढी खाने गर्नुको साथै आराम, तलबी जीवन, बढी सुत्नु, व्यायाम नगर्नु, शारीरिक शुद्धिकरणको उपेक्षा गर्ने यसको कारणहरू हुन् । यसको साथसाथै यो रोग वंशानुगत पनि हुन्छ । मानसिक तनाव, चिन्ता, शोक, क्रोध, भय पनि यसको कारण हुन् साथै विभिन्न आधुनिक तरिकाबाट बनाइएका खानेकुराहरू जस्तै राइसकुकर वा कुकरमा पकाइएका भात र अन्य खानेकुरा बढी सेवन गर्नु पनि यसको कारण हो ।
यो रोग मुख्यत: दुई समूहका हुन्छन् । जुन चिकित्सकले जाँच गरी छुट्याउन सक्छन् ।
यो रोगको उपचार विश्वमा प्रचलित चिकित्सा पद्धतिहरूमा आफ्नै आफ्नै किसिमले छ । आयुर्वेदमा यस रोगको उपचार राम्रो गर्न सकिन्छ । रोग लागेको थाहा पाइसकेपछि वा माथि वर्णन गरिएका लक्षणहरू देखापरेमा आयुर्वेद चिकित्सकको सल्लाअनुसार औषधि र पथ्य परहेज गरेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । आयुर्वेदमा रोगीको शारीरिक स्थितिमा उपचारको तरिका भर पर्दछ ।
स्थूल रोगीहरूमा पञ्चकर्म पद्धतिको शोधन चिकित्साबाट शुद्धीकरण प्रक्रियाको साथसाथै औषधोपचार तथा कुश रोगी दुब्लो कमजोर जो छ उसको चिकित्सा पञ्चमर्कको वृहण चिकित्सा वा सनतर्पण–प्रशासक औषधिको साथमा गरिन्छ ।
डायबिटिज रोगीले आफूमाथि ध्यान नदिए उचित खानपान, व्यायाम नगरे औषधि समयमा सेवन नगरे केही जटिल समस्या पनि आउन सक्छन् । ती हुन् हाइपोग्लेसोनिक कोमा, कीटोफ सिदोसिस ।
पथ्य: अल्प वसायुक्त भोजन, बिहान–बिहान हिंड्नुपर्छ, योग, ध्यान, श्वासन, प्राणायाम गर्नुपर्छ । रोटी, परवल, सजिवन, करैया सेवन गर्नुपर्छ ।
अपथ्य: बढी दूध, तेल, घ्यू, मैदा, दही, अमिलो, मधुर (गुलियो), नयाँ अन्न, स्थीर जीवन शैली, अत्यधिक आहार ।
डायबिटिज रोगीले आयुर्वेद चिकित्सकको सल्लाहअनुसार निम्न जडीबुटी तथा यसबाट बनेका आयुर्वेदिक औषधिहरू सेवन गर्नुपर्छ ।
–मेथी (तीगोथिला फोनमग्रेशम)
– विम्वी (कोशिनिया इडीका)
– गुडमार (जेमीमा सेलवीस्टर)
जम्बु (साम्जियम कयूमिनी
– करवेल्क (मोमोरडीका चरनतीया)
– उदुम्वर (फाइकभ ग्लेमिरता)
– गुडूची (टिनोस्पोरा कोर्डीफोलिया)
– त्रिफला ।
अत: रोगको लक्षण देखा पर्नासाथ चिकित्सकको सल्लाअनुसार औषधि सेवन गर्नुपर्छ र पथ्य परहेज गर्नुपर्छ साथै वर्षमा कम्तीमा १–२ पटक आँखाको जाँच गराउनुको साथै कुनै प्रकारको शारीरिक समस्या देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
– लेखक नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार हुन् ।
मच।चबmभकजmष्कजचब२थबजयय।अयm