प्रस, वीरगंज, १४ जेठ/
मधेसी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा मङ्सिरमा निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् ।
स्थानीय होटल सूरजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले निर्वाचन सम्बन्धी तयारी नभएको कारण चुनाव हुन नसक्ने ठोकुवा गरे । उनले नागरिकता समस्या, मतदाता नामावली, निर्वाचन सम्बन्धी कानुनको निर्माण भई नसकेको अवस्थामा मङ्सिरमा पनि निर्वाचनको सम्भावना न्यून भएको बताए ।
अध्यक्ष यादवले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएकोले चुनावप्रति माहौल सृजना हुन नसकेको बताउँदै प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने बताए । उनले उच्चस्तरीय राजनीतिक संयन्त्रमा फोरम नेपाल नजाने बताए । अध्यक्ष यादवले फोरम नेपालसँगै नेकपा माओवादी पनि संयन्त्रको सदस्य नहुने जानकारी गराए । उनले संयन्त्रको औचित्य नरहेको समेत बताए ।
उनले निर्वाचनको लागि बृहत् राजनीतिक सम्मेलन गरी सबै दलको सहभागितामा निर्वाचन गराउने प्रयास भए राजनीतिक मतभेद समाधान हुने बताए । बृहत् राजनीतिक सम्मेलनबाट मात्र संविधानसभाको पूर्वाधार तयार हुन सक्ने उनको भनाइ थियो । उनले लोकतन्त्र देशबाट समाप्त हुन थालेको बताए । गाउँदेखि सरकारसम्म कर्मचारीबाट मुलुक सञ्चालन भइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।