$type=ticker$count=12$cols=4$cate=0

मुसाको प्रवेशले घर बलियो हुँदैन

SHARE:

- बैद्यनाथ ठाकुर   
कुनै पनि बलियो घरलाई कमजोर बनाउनु छ भने त्यसमा मुसा लगेर छोड्नुपर्छ । मुसाहरूको प्रवेशले कहिले पनि कुनै घर बलियो हुन सक्दैन किनभने मुसाले जहिले पनि काट्ने कार्य मात्र गर्दछ । सि·ो चीजलाई टुक्राटुक्रा पार्नुछ भने मुसाको उपस्थिति गराउनुपर्छ त्यसपछि त्यहाँ भएको सारा चीज जो मुसाको कामको छ त्यो पनि जो कामको छैन त्यो पनि सबैलाई उसले काटेर बर्बाद गरिदिन्छ ।
    नेपाली राजनीतिमा विगत लामो समयदेखि मुसाहरूको रजाइँ हुँदै आएको इतिहास छ । चाहे त्यो सामन्तीतन्त्रका परिचायक राजतन्त्र होस् वा बुर्जुवाहरूको गढ नेपाली काङ्ग्रेस होस् अथवा दक्षिणपन्थी वामपन्थीको बलियो किल्ला  नेकपा एमाले नै किन नहोस् । यी सबैले मुसाको पीडा विगतमा भोगिसकेको छ । नेपालको राजनीतिक पार्टीहरूमा चाहे राजावादी पार्टी होस् वा तथाकथित प्रजातन्त्रवादी पार्टीहरू वा वामपन्थी पार्टीहरू नै किन नहोस् यिनीहरू सबैको समान पीडा भनेको पार्टीभित्र समयसमयमा मौलाउने गरेको अवसरवादरूपी मुसा नै हो । वास्तवमा अवसरवाद वनमारा झारझैं हुन्छ, जसले हेर्दाहेर्दै सारा ज·ललाई ध्वस्त गरिदिन्छ ।
    यतिखेर नेपाली राजनीति इतिहासकै सबैभन्दा कठिन र जटिल मोडमा आइपुगेको छ । एकातर्फ देशमा हजारौं वर्षदेखि चल्दै आएको सामन्ती राजतन्त्र समाप्त भइसकेको छ भने सो ठाउँमा सङ्घात्मक गणतन्त्र स्थापित भइसकेको छैन । दलीय अविश्वासको कारण राजनीतिक पार्टीहरू आफ्नो अस्तित्वलाई आपैंmले निस्तेज गर्नेगरी कर्मचारी प्रशासनको हातमा देशको नेतृत्व सुम्पिन पुगेको छ । नेपाली समाजको चेतनास्तर दसबर्से युद्ध तथा शान्तिपूर्ण आन्दोलनहरू तथा इतिहासमैं कहिले नभएको विशिष्ट खालको मधेस आन्दोलनसमेतले गर्दा नेताहरूको राजनीतिक नैतिकताभन्दा निकै माथि पुगिसकेको छ । जनता यतिखेर पहिचानसहितको सङ्घीयता तथा सङ्घीयतासहितको संविधान संविधानसभाबाटै निर्माण गर्न चाहन्छ, तर हाम्रा नेताहरू खासगरी नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई जनताको यो चेतना पाच्य हुन सकिरहेको छैन । उनीहरूको दृष्टिकोणमा नेपालमा सङ्घीयता चाहिन्छ तर भारतीय पाराको जो रूपमा हेर्दा सङ्घीयता देखिन्छ, गणतन्त्र र प्रजातन्त्रको विश्वमैं उत्कृष्ट नमुनाझै देखिन्छ तर वास्तवमा करोडौं भारतीय जनतालाई त्यसले फगत बीस रुपियाँमा आफ्नो दैनिक जीवन गुजार्न बाध्य पारिरहेको छ । गरिबी र अशिक्षाले चौतर्फीरूपमा घेरिएका भारतीय नागरिकहरूको टाउको गनेर टाटा, बिडला, अम्बानी, डालमिया र गोयन्काजस्ता मुठ्ठीभरका दलाल पूँजीपतिहरूले मात्र भारतीय सङ्घीयता र गणतन्त्रको वा प्रजातन्त्रको फाइदा उठाइरहेका छन् । पूर्णरूपेण कमिशनको गोलचक्करमा राजनीतिक तथा
ब्युररोक्रेसीलाई फसाएर करोडौं जनतालाई क·ाल बनाएर सीमित व्यक्तिहरू मालामाल भइराख्ने दलालहरूको चकचकी हुने भारतीय पाराको राजनीतिक व्यवस्था हाम्रा संसदीय व्यवस्थाका हिमायती राजनीतिक पार्टीहरू भित्र्याउन चाहन्छन् । सारमा उही लुटखसोट र भ्रष्टाचारलाई बढावा दिने तथा महँगी र बेरोजगारीलाई बढाउँदै लग्ने राजनीतिक व्यवस्था यिनीहरूलाई चाहिएको हो । नेताहरूलाई मोटाउन पाए अरू केही पनि चाहिन्न । जनताको न यिनीहरूलाई चिन्ता छ, न माया नै । जनताको थोरै पनि जवाफदेहिता यिनीहरूमा हुने हो भने यतिबेला यिनीहरू संविधानसभा चुनावको तयारीमा लाग्थे तर यसको ठीक उल्टो यतिबेला यिनीहरू जनताविरुद्ध संविधानसभा निर्वाचन हुन नदिन, भाँड्न तथा यसलाई टार्न र सकेसम्म लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्न चाहन्छन् । बिना मतलबको मुद्दाहरू उठाएर आपैंmले सहमति प्रदान गरेर बनाएको खिलराज रेग्मीको सरकार तथा सिफारिस गरेको अख्तियार प्रमुख लोकमान कार्कीको विरोधजस्तो क्रियाकलापमा अग्रसर हुनु भनेको कालान्तरमा चुनावबाट भाग्न खोज्नुमात्र हो भन्ने कुरा सबैले बुझेकै कुरो हो ।
    जनान्दोलन दुईको भावनाविपरीत तथा संविधानसभाको चुनावअगाडि संसद्वादी दलहरूले आमरूपमा जनतासँग माफी मागेर अब उप्रान्त सुध्रिने भनेर गरेको बाचासमेत बिर्सेको देखिन्छ । विगतमा पाँच वर्षदेखि दलका नेताहरूको चरित्र जनपक्षीय नदेखिएको साथै भ्रष्टाचारमा लिप्त रहेको तथा कुर्सीको खेलमैं सम्पूर्ण समय बर्बाद गरी संविधान निर्माणसमेत नगरेको कुरा जनताले आफ्नै आँखाअगाडि प्रस्ट नै देखेको हुनाले यिनीहरू चुनावमा जनताद्वारा पराजित गरिने भयले पनि चुनावको पक्षमा नलागेको देखिन्छ ।
    यति बेला विभिन्न पार्टीहरूबाट पार्टी परित्याग गर्ने र अमुक पार्टीमा प्रवेश गर्नेको ठूलो लहर देखिएको छ । कुनै पनि पार्टीमा अरू पार्टीको कार्यकर्ताहरू पार्टी परित्याग गरेर आउने कुरा स्वागतयोग्य हो । त्यसमा झन् उच्चस्तरीय नेताहरू नै पार्टी परित्याग गरेर आउनु, त्यो पनि चुनावको मुखमा, योभन्दा अरू दु:खद कुराहरू के होला जनताको बीचमा स्थापित पार्टीको लागि । तर साथसाथै पार्टीहरूले के पनि बुझ्न जरुरी छ भने पार्टीभित्र आउने व्यक्तिको चरित्र, चिन्तन र नियत के हो ? जुनसुकै जिम्मेवारी छोडेर आउने गरे तापनि आएको कारण के हो ? आगामी    निर्वाचनमा आफ्नो हार निश्चित देखेरै पार्टी परित्याग गरी केवल चुनाव जित्ने मनोविज्ञानले अभिप्रेरित भएर आएको हो कि भन्ने कुरो बुझ्न जरुरी छ । गत संविधानसभामा खसेको मत हेर्दा वामपन्थीहरूको जनसमुदायभित्र पूर्ण बहुमत छ । संविधानसभामा यिनीहरूको उपस्थिति साठी प्रतिशत थियो तर पनि यिनीहरूले जनताको पक्षमा किन संविधान बनाउन सकेनन् ? यसको एकमात्र जवाफ छ कम्युनिस्ट नेताहरूको अवसरवादी चरित्र र चिन्तन । यिनका पछाडि जनता तथा कार्यकर्ता होऊन्–नहोऊन् यसले यिनीहरूलाई कुनै फरक पर्दैन तर पार्टीको अध्यक्ष र महासचिवजस्तो पगरी लगाउन पाए पुग्छ । निर्वाचनमा यिनको जमानत जोगिने आधारमा नभए पनि मन्त्री बन्ने वा माननीय बन्ने आश्वासन मात्र पाएमा आफूले खाँदै आएको थालमा यिनीहरू एउटा होइन हजारौं प्वाल पार्न तयार रहन्छन् । नेपाली कम्युनिस्ट आन्दोलनको यही चरित्रले गर्दा यति बेला दुई दर्जनभन्दा पनि बढी कम्युनिस्ट पार्टीहरू सेनाबिनाका सेनापतिजस्तै अवस्थामा रहेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा जति खतरा प्रतिगमनकारीहरूबाट भएको छैन त्योभन्दा बढ्ता गद्दारी हँसिया–हथौडाका झन्डा ओढेका प्रतिक्रियावादीका दलालहरूबाट हुँदै आएको यथार्थ सबैको अगाडि प्रस्टै छ । झापा विद्रोहका शहीदहरूको रगत बेचेर केवल सरकारको लागि दलाली गर्ने र राजतन्त्रको पाइतालासमेत चाट्न तयार हुने गरेको एमालेको अवसरवादी दक्षिणपन्थी चरित्र कसलाई थाहा छैन ? नेपाली काङ्ग्रेसजस्तो घोर दक्षिणपन्थी चरित्रका पार्टीसँग साँठगाँठ गर्न सक्ने तर माओवादीहरूसँग एक पाइला पनि सँगै जान तयार नहुने एमाले चरित्र दुनियाँले बुझिसकेको छ । त्यसैले त्यस्ता पार्टी जो हिजोको दिनमा विशाल र सशक्त थिए, तिनीहरूलाई प्वाल पारेर डुबाउने मुसाहरू नै ज्यान जोगाउन अहिले माओवादीमा प्रवेश गर्न थालेको हो कि भन्ने बुझ्नु जरुरी छ । मुसाको काम एकता खण्डित गरी कमजोर बनाउनु र मझधारमा डुबाइदिनु हो । यसतर्फ सचेत हुनैपर्छ, होइन भने भीरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मुसाको प्रवेशले घर बलियो हुँदैन
मुसाको प्रवेशले घर बलियो हुँदैन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjhTv1U7L9Y0y3fMEteKloKEdxo3-yvtdOGX-f6SfpgdVYiJPHyccDYYKDlfLFzmsgwVamjgaB12_rbGZ-B217_u5InjWWe8Qp8xSgLk907Pf4rNA93RX7NLonmjb5ZWbB_JtxPqy1Xh6L/s200/vaidnath+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjhTv1U7L9Y0y3fMEteKloKEdxo3-yvtdOGX-f6SfpgdVYiJPHyccDYYKDlfLFzmsgwVamjgaB12_rbGZ-B217_u5InjWWe8Qp8xSgLk907Pf4rNA93RX7NLonmjb5ZWbB_JtxPqy1Xh6L/s72-c/vaidnath+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/05/blog-post_1051.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/05/blog-post_1051.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy