चन्द्रकिशोर
chandrakishore_jha@yahoo.com
वीरगंजवरिपरिका बासिन्दाहरूका लागि यो शहर स्वास्थ्य उपचार, घरायसी किनमेल, बाहिर आउनेजाने कामहरूका लागि मुख्य केन्द्र हो। अरू आवश्यकताहरू पनि उनीहरूको वीरगंजमाथि नै निर्भर छ जस्तै पढाइ, प्रशासनिक काम, राजनीतिक सम्पर्क, व्यापारिक प्रयोजनका कामहरू आदि। वीरगंजमा बिहान आएर बेलुका आफ्नो गाउँ फर्किनेहरूको ठूलो सङ्ख्या छ। यसरी गाउँबाट बिहान आउनेहरूमा वीरगंजका विभिन्न प्रतिष्ठानहरूमा काम गर्नेहरू पनि छन्। यस्ता काम गर्नेहरू दुई प्रकारका छन्। एकथरी ज्याला मजदुरी गर्न आउँछन्, जो सधैं काम खोज्छन्। अर्काथरीको मासिकरूपमा कतै निश्चित हुन्छन्। त्यस्तै कोही दही त कोही दूध त कोही तरकारी बेच्न आउँछन् । वीरगंजमा वरिपरिबाट शहर छिर्ने बाटोहरूमा बिहान र साँझपख आउने र फर्किने साइकलहरूको ताँती हेर्ने हो भने त्यसले पनि यहाँ भित्रिने जनशक्तिबारे बताउँछ।
वीरगंजको मौसम खासगरी जाडो, गर्मी र वर्षामा धेरै कठिनाइ हुन्छ। जाडोमा शीतलहरले गर्दा कठिनाइ हुन्छ भने गर्मी र वर्षात्मा पनि बाहिरबाट वीरगंज आउनेहरू जो कतै ओत पाउँदैनन्, उनीहरूका अनेकौं समस्या छन् । माईस्थान चोकमा बिहान–बिहान कामको खोजीमा भेला हुने ज्यालादारी श्रमिकहरू भीडकै रूपमा त्यहाँ रहन्छन् । अनुकूल मौसममा त ठीक छ, तर मौसम प्रतिकूल हुँदा कहाँ ओत लाग्ने भनेर गार्हो पर्छ। यस्ता श्रमिकहरूको वीरगंजमा दैनिक खाँचो छ। त्यो ठाउँ यस्ता कामका खोजी गर्नेहरूका लागि रोजाइको थलो भएको छ। यहाँ रिक्सा, टाँगा, टेम्पुका पनि सङगठन छन्, सङगठनका खेती गर्नेहरू पनि छन्। तर यी असङगठित ज्यालादारी श्रमिकहरूतिर कसैको ध्यान गएको छैन। उनीहरूको गार्हो–सार्होमा कसैले पनि विचार गरेका छैनन्।
त्यसैगरी नारायणी अस्पतालदेखि अलखिया चोकसम्म दुवैतर्फ प्राय: क्लिनिकहरू छन्। आजभोलि यस ठाउँलाई मेडिकल लाइन भने हुन्छ। बिरामी र कुरुवाहरूको भीड दुवैतर्फ देखिन्छन्। क्लिनिकहरूको विस्तारसँगै उनीहरूले पनि बिरामी र सहयोगीहरूका लागि प्रतीक्षालय बनाएका छन्। कसै कसैले टिभी पनि राखेका छन्। तर जुन अनुपातमा मानिसहरू ओइरिन्छन्, त्यस अनुपातमा बन्दोबस्ती छैन। मानिसहरू बिरामी लिएर सडकपेटीमा उभिएका देखिन्छन्। त्यसैगरी घण्टाघरको छेउछाउमा वीरगंजमा घरायसी किनमेल गर्न आउनेहरूलाई प्राय: भेट्न सकिन्छ । उनीहरू त्यहीँ ओत लागेर बच्चालाई दूध खुवाउने, अलिकति खुट्टा मोड्ने, घाम वा वर्षा छल्ने वा कसैलाई कुरिरहेका हुन्छन्।
बस स्टैन्डमा पनि ओत लाग्ने ठाउँ छैन। जहाँ ओत लाग्ने ठाउँ छ, त्यहाँ बस्ने स्थिति छैन। बस स्टैन्ड जहाँ छ, त्यहाँ अव्यवस्था छ। प्राय: बसहरू स्टैन्ड पस्ने बाटोमै रुक्छन्। प्राय: टिकट काउन्टरहरू पनि त्यतै छन्। टाटासुमोहरू पनि त्यहीँनिरबाट खुल्छन् र त्यसको टिकट पनि त्यहीँ पेटीमा काटिन्छन्। बस स्टैन्ड क्षेत्रमा यात्रुको आँखाले हेर्दा चरम अव्यवस्था देखिन्छ। अलिकति पनि पानी पर्यो कि सडक हिलाम्य हुन्छ, नभए सधैं धूलो उडिरहेको हुन्छ। त्यहाँ यात्रुहरूसँग प्राय: दुव्र्यवहार भइरहेको देख्न सकिन्छ। देहाती वा भारतीय यात्रु नजरमा आयो कि आफूतिर तान्न दलालहरूले लुछाचुँड गर्न थाल्छन्। बस व्यवसायी वा सुमो व्यवसायी सङगठनहरू छन् तर उनीहरू पनि यात्रुमैत्री वातावरण बनाउन अक्षम भएका देखिन्छन्। ती सङगठनहरूले ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गर्न सके स्थितिमा केही सुधार आउन सक्थ्यो।
त्यस्तै घण्टाघरअगाडिबाट टेम्पु, माइक्रो वा मिनिबस समात्न कुरिरहेकाहरू उभिराखेका हुन्छन्। उनीहरूले कतै छहारी पाउँदैनन्, त्यस्तै हविगत पावरहाउस चोकको पनि छ। एक जमानामा वीरगंजकै रेलवे जग्गाको छेउमा र पावरहाउस चोकमा बस बिसौनी बनाइएको थियो। चिनीमिल आवास क्षेत्रअगाडि अहिले पनि त्यस्तो बिसौनी देख्न सकिन्छ। यहाँ भत्काउने काम गरिन्छ, सपार्ने कामतिर कसैको ध्यान जाँदैन। जतिखेर त्यो बिसौनी उखेलिएको होला त्यसलाई फेरि पुन: प्रयोग गर्न खोजिएन। वीरगंजमैं कुनै समयमा ट्राफिक बत्ती जडान गरिएको थियो, अचेल त्यो प्रयोगमा छैन। वीरगंजको पहिचान बनेको घण्टाघरले कुनै जमानामा समाचार भन्थ्यो, सही समय बताउँथ्यो। तर अहिले समाचारको कुरै छाडौं उसले सही समय बताउन पनि बिर्सिएको छ।
एउटा जिउँदो शहरले, कारोबार प्रशस्त हुने शहरले, बिरामीहरू बढी जचाउन आउने शहरले ओत लाग्ने ठाउँको बन्दोबस्त गर्नै पर्छ। शीतलहरको जाडो छल्न चोकचोकमा दाउरा बाल्नुभन्दा बढी आवश्यकता छ– ओत लाग्ने ठाउँको बन्दोबस्त गर्नु।
एएमसी हस्पिटलको अगाडि पूर्वपट्टिको सडकपेटीमा वा घण्टाघरभन्दा उत्तर सालिकभन्दा अलि वर सडक किनारामा अस्थायी ओत लाग्ने ठाउँहरू बनाउन सकिन्छ। त्यो ठाउँ यस्तो बनाइयोस् पछि त्यसलाई उखेलेर फेरि उपयुक्त ठाउँमा पुन: प्रयोग गर्न सकियोस्। किनभने अहिले पनि वीरगंजको प्रस्ट मार्गचित्र नभएको हुनाले कुन सडकको कुन रूप हुने हो त्यसको निधो भइसकेको छैन। यस पक्षलाई पृष्ठभूमिमा राखेर जनमानसलाई पर्ने असरलाई विचार गरी ओत लाग्ने ठाउँको बन्दोबस्त गर्न जरुरी छ।
यसका लागि वीरगंज उपमहानगरपालिका कार्यालय र जिल्ला विकास समितिको कार्यालयले पहल गर्न सक्छन्। वीरगंज उद्योग वाणिज्य सङ्घ वा अरू कुनै व्यापारिक प्रतिष्ठानले यस्ता कार्यका लागि सहयोग गर्न सक्छन्। तर जसले गरे पनि स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेकै हुनुपर्छ। गाउँबाट आउने आममानिसको असुविधालाई ध्यान दिनु नै पर्छ। एउटा समृद्ध र सुसंस्कृत शहरले आफूकहाँ ओत लाग्ने प्रबन्धका बारेमा गृहकार्य गर्नै पर्छ । वीरगंजमा जसरी मानिसहरूको दैनिक ओहोरदोहोर बढिरहेको छ, त्यही अनुपातमा उनीहरूलाई ओत लाग्ने ठाउँ, शौचालय र सुरक्षातर्फ पनि ध्यान दिनुपर्ने जरुरी हुँदै गएको छ। आवश्यकताबाट नै नयाँ प्रबन्धको खोजी हुन्छ। बजार सानो हुँदा वा बाहिरबाट आउनेहरू कम सङ्ख्यामा हुँदा गर्मी वा वर्षा छल्न मानिसहरू सडकछेउका घर वा पसलमा ओत लाग्छन्। तर शहर विस्तार हुँदै जाँदा त्यो सम्भव हुँदैन। त्यसैले त सम्बन्धित सबैसँग प्रार्थनाका साथ भन्नुपरेको छ– अलि ओत त देओस् शहरले १