प्रतीक दैनिकको मिति २०६९ साल चैत्र १८ गते धर्म–संस्कृति स्तम्भमा उमाशड्ढर द्विवेदीद्वारा लिखित ‘अतीत र वर्तमानको फगुवा’ शीर्षक लेखमा एभिन्यूज टेलिभिजनले बुधवार होलीको दिन वीरगंज गहवामाई मन्दिर अगाडि आयोजना गरेको होली समारोह कार्यक्रममा होरीको भोजपुरी गीत हराएको भनेर लेख्नुभएको लेखप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
लेखक द्विवेदीसरलाई मैले यही होली समारोह कार्यक्रम दौरान चिनेकी हुँ । उहाँ राजु सरसँग भेट्न एभिन्यूज टेलिभिजनको कार्यालयमा आइरहनु हुन्थ्यो । त्यही दौरान हामीले उहाँलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणसमेत गरेका थियौ । उहाँले त होरियाको गीत पनि ल्याउँछु भन्नुभएको थियो ।
अब रहयो कुरा भोजपुरी भाषाको होलीको गीतको । जहाँसम्म मलाई लाग्छ एभिन्यूज टेलिजिभनले आयोजना गरेको होली विशेष समारोहको प्रत्यक्ष प्रसारणको कार्यक्रममा चारवटा भोजपुरी होली नृत्यका साथै भोजपुरी भाषाको जगिरा सररररर ...सहित दुईवटा होली गीत पनि प्रस्तुत गरिएको थियो । त्यसैले एभिन्यूज टेलिभिजनको होली विशेष समारोहबाट भोजपुरी होरिया गीत हराएको छैन बरु उहाँ आफैं कार्यक्रमको बीचबाट हराउनुभएकोले होला कार्यक्रममा बजेको भोजपुरी होली नृत्य र गीतहरू सुन्न पाउनुभएन ।
अन्त्यमा द्विवेदीसर एभिन्यूज टेलिभिजनले तराईमा खेलिने होली र यहाँ गाइने भोजपुरी होलीको गीतसँगै धर्म, संस्कृति र परम्पराको सम्वद्र्धन होस् भन्ने एक मात्र उद्देश्य बोकी वीरगंजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भयो । हो कार्यक्रममा गीत गाउने र नृत्य गर्ने केही कलाकारहरू नआई दिंदा कार्यक्रम सञ्चालन गर्न केही गार्हो भएको थियो । किनभने हामीले कार्यक्रममा विशेषगरी भोजपुरी भाषालाई नै महत्त्व दिएका थियौं । अब रहयो होली पर्वको अवसरमा भोजपुरी गीत र स·ीतको कुरा, यो दायित्वमा एभिन्यूज टेलिभिजन खरो उत्रेको म दाबी गर्छु ।
काजल बेरीवाल
एभिन्यूज टेलिभिजनकर्मी
काजलजी,
तपाईंको प्रतिक्रिया पाएर मलाई आश्चर्य लागेको छ । मैले उक्त लेखमा गाउँमा होरी गाउने परम्परा हराउँदै गइरहेको र यस्तो अवस्थामा एभिन्यूज टिभीले वीरगंजको माईस्थान चोकमा होली उत्सव गरेर सोको प्रत्यक्ष प्रसारण गरेको प्रयासलाई पारम्परिक होलीको जगेर्नाको दिशामा आशलाग्दो तथा स्तुत्य प्रयास रहेको तथा त्यसमा सफलता पनि प्राप्त भएको कुरा उल्लेख गरेको छु । त्यहाँ गाइएका होली गीतहरू गाउँहरूमा गाइने पारम्परिक होरी गीत नभएको तथा संस्कृति संरक्षणतर्फ राम्रो प्रयास भएपनि पारम्परिक होरी गीत हराउँदै गएको अफशोचसम्म मात्र गरेको हुँु । यसलाई सो टिभी न्यूज च्यानलले अन्यथा लिन नहुने अनुरोधसम्म गर्न चाहन्छु ।
प्रतिक्रियादाताले होरी गीत भनेको नबुझ्नु भएकोजस्तो लाग्यो । परम्परागत होरी गीत, राम खेले होली लक्षुमन खेले... होलीलगायतका केही गीतका शीर्षकहरू मैले लेखमैं उल्लेख गरेको छु । भोजपुरी भाषामा लेखिंदैमा होली शब्द समावेश भएका विभिन्न गीतहरू आधुनिक होली गीत मानिएला, त्यसलाई परम्परागत होरी गीत मान्नु हाम्रो देहातको वा परम्परागत
होरीको र होरी गीतको अवमानना गर्नु मात्र हो ।
– उमाशड्ढर द्विवेदी ‘दधीचि’