राधेश्याम पटेल, परवानीपुर, १० वैशाख/
वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत परवानीपुरमा सञ्चालित ‘वाइवाको होटल’ ले स्थानीय र सो क्षेत्र भएर आवतजावत गर्नेहरूको मन जित्न सफल भएको छ।
उक्त सडकखण्डका यात्रुदेखि सवारीचालक र स्थानीय बासिन्दाले समेत खाना खानु पर्दा परवानीपुरस्थित ‘वाइवाको होटल’ सम्झन्छन्। ज्योति फर्मअगाडि रहेको उक्त होटल अगाडि खाना खान साइकल चढ्नेदेखि लिएर कार चढ्नेसम्मको भीड लाग्ने गर्छ। एकपटक खाना खाएपछि अर्कोपटक उक्त होटलमा खाना खान आउन लालायित हुने गरेको सो होटलमा फेला परेका सेवाग्राहीहरूले बताए।
सिन्धुपाल्चोक, कोरो गाउँ–२ स्थायी घर भई ४८ वर्षसम्म परवानीपुर ज्योति फर्ममा क्यान्टिन चलाएका राम सिंह पाख्रिन ‘वाइवा’ हाल ६७ वर्षका छन्। उनले विगत २३ वर्षदेखि ज्योति फर्मनजिकै परवानीपुरस्थित राजमार्गमा खानाको होटल सञ्चानल गर्दै आएका छन्।
राम सिंह पाख्रिन उर्फ वाइवा नाम र दामसँगै होटल व्यवसायमा रमाइरहेका छन्। उनले आफूले होटल व्यवसाय शुरू गरेपछि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताए।
बिहान ६ बजे उठेपछि पाख्रिनकी पत्नी, छोरा, बुहारी, छोरी, नाति–नातिनीहरू खाना बनाउन जुट्छन्। १० बजेपछि ३ बजेसम्म करिब १५० प्लेट खाना बिक्री हुन्छ। रु. १२०/– को दरले मासु–भात भरपेट खान पाउँदा यात्रु तथा चालकहरू खुशी हुन्छन्।
“वीरगंज–परवानीपुर क्षेत्रबाट माल लोड गरी काठमाडौं वा अन्य क्षेत्र जानु पर्दा भने हामीले यही खाने गरेका छौं,” ट्रकचालक समीर थापाले भने,“ वाइवाको होटलको खाना बहुतै मीठो छ।”
वाइवाले दैनिक करिब २० हजारको खाना बिक्री गरी दैनिक ५ हजार रुपैयाँ बचत गर्ने
गरेका छन्। साथै उनले घरका सदस्यहरूलाई होटलमा काम गरेबापत तलब पनि दिने गरेका छन्। “राम्रैसँग दुई परिवार पालेको छु,” वाइवाले भने।
वाइवाका जेठा छोरा विजय लामा १२ वर्षअगाडि रोजगारी खोज्दै मलेसिया पुगे तर ११ महिनापछि खाली हात नेपाल फिर्ता आए।
“त्यसैले युवाहरूलाई म के भन्छु भने, आफ्नै देशमा होटल व्यवसाय गरेर आम्दानी गर्न सकिन्छ तर विदेश जानुहुँदैन,” प्रतीकसँग वाइवाले भने।